पाल्पा,१२ चैत २०७२ ।
आठ बर्षीय छोराको उपचारका लागि ६८ लाख रुपैयाँ लाग्नेभएपछि यहाँको एक दम्पती तनावमा परेका छन् । उनीहरु आफ्नो छोरा बचाउँन अहिले सहयोगको हात थाप्न बाध्य भएका छन् ।
रेसुङ्गा नगरपालिका–११, सिमीचौर गाउँका वीनबहादुर बस्नेतका छोरा अमित बस्नेतलाई ‘एल्पाष्टिक एनियमिया’ नामक रोग लागेको छ । शरिरमा रक्त उत्पादन नहुने र अरुबाट चढाईएको रगत समेत एकैछिनमा निष्कृय हुने उक्त रोगको उपचार खर्च निकै महँङ्गो हुने रेसुङ्गा अस्पताल एण्ड रिशर्च सेन्टर तम्घासका डाक्टर लक्ष्मण भुसालले जानकारी दिए ।
विरामी वालकका पिता वीनबहादुरले छोराको उपचारका लागि ६८ लाख रुपैयाँ खर्च लाग्ने डाक्टरले बताएको जानकारी दिए । ‘यत्रो रकम कहाँबाट खोज्ने रु उनले भने, ‘मेरो सवै घर–सम्पत्ती बेच्दा पनि सम्भव छैन ।
हामी श्रीमान–श्रीमति वेचिएरै भए पनि छोरा बचाउन चाहन्छाँै । तर, हामीलाई कसले किन्छ र डाक्टर लक्ष्मण भुसालले भने, ‘यो सवै भन्दा बढि उपचार खर्च लाग्ने रोग हो ।’ उनले यो रोगको उपचार काठमाडौं शिक्षण अस्पतालमा हुने बताए ।
जिवन मरणको दोसाँधमा रहेका छोरालाई लिएर सहयोगको हात फैलाउँदै हिडेका वस्नेत दम्पत्ती तत्कालका लागि ८ लाख रुपैयाँ चाहिने भएपछि बस्नेत दम्पतीले सहयोग खोज्दै जिल्ला प्रशासन र रेसुङ्गा नगरपालिका कार्यालय पुगेका थिए । ती दुई कार्यलयलेसहयोगको अपिल सम्वन्धी सिफारिस पत्र बनाईदिएका छन् ।
त्यही लिएर बस्नेत दम्पती सडकमा सहयोगको हात फैलाउँदै हिडेका छन् । वस्नेत दम्पत्ती छोरा बचाउन आफुहरुको आँखा वा मुटु बेच्न पनि तयार भएको बताउँछन् ।
वालककी आमा जशोदा बस्नेतले रुदै भनिन्, ‘मेरो आँखा वा मुटु कतै विक्रि हुन्छ भने गरी दिनुहोस्, म वेच्न तयार छु छोरा बचाउनका लागि ।’
भारतमा मजदुरी गर्ने वस्नेत दम्पत्तीले छोराको जीवन रक्षाका लागि देश विदेशमा रहेका सवै नेपाली र संघ–संस्थासँग सहयोगको अपिल गरेका छन् । उनीहरु 9847262559 मा भेटिन्छन् । बस्नेत दम्पतीको यो नियती, हाम्रो राज्य प्रणालीमाथि प्रश्न उठाउने गतिलो उदारण हो ।