आर्थ्रोस्कोपि सोसाइटी अफ नेपालको सफल शुभारम्भ 

आर्थ्रोस्कोपि सोसाइटी अफ नेपालको सफल शुभारम्भ 

  • आइतवार, चैत्र ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

७ चैत्र २०७२ आइतबार ।  नेपाल आर्थ्रोस्कोपि संघ / आर्थ्रोस्कोपि सोसाइटी अफ नेपाल (आसोन) सफल शुभारम्भ भएको छ ।

आफ्नो औपचारीक शुरुवातसँगै संघले नेपालमा पहिलोपटक भिडियो क्यामेरा र दूरबिन प्रबिधि (आर्थ्रोस्कोप) बाट घुँडाको चोटको उपचार सम्वन्धि क्याडाभरीक कार्यशाला ( मृत शरिर मा प्रयोगात्मक अभ्यास सहित गरीने कार्यशाला ) ह्यान्डस् अन क्याडाभरीक वर्कसप इन नि-आर्थ्रोस्कोपि सफलतापुर्वक सम्पन्न गरेको छ ।

कार्यशालाको सैद्धान्तिक र शैक्षिक अंश काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा संचालन गरीएको थियो भने प्रयोगात्मक अंश त्रिबि चिकित्शा शास्त्र अध्ययन संस्थान महाराजगंज क्याम्पसको फरेन्सिक मेडिसिनको सहयोगमा एनाटोमी ल्याबमा संचालन गरीएको थियो ।

कार्यशालामा आर्थ्रोस्कोपि सोसाइटी अफ नेपाल (आसोन) का अध्यक्ष डा.चक्रराज पाण्डे, उपाध्यक्ष डा. शिशिर लाखे, महाँसचिव डा. अर्जुन लामिछाने सँगै अन्य बिशेषज्ञहरु डा.इशोर प्रधान, डा.अमित जोशी, डा.रुपेश कुमार बैद्य, डा.सुदिप बैद्य, डा.अर्जुन श्रेष्ठ,डा. चन्द्र बहादुर मिश्र लगायतका फ्याकल्टीहरु र  नेपालका बिभिन्न अस्पतालबाट आउनुभएका बिशेषज्ञ सर्जनहरुले प्रशिक्षण दिनुभएको थियो ।

त्यसैगरी, आर्थ्रोस्कोपि सोसाइटी अफ नेपाल (आसोन) को निमन्त्रणामा कार्यशालामा सहभागिहुन भारतबाट आउनुभएका आर्थ्रोस्कोपि सर्जन डा. आइपिएस ओवरोयले कार्यशालामा आफ्नो अनुभव आदान प्रदान गर्नुभएको थियो ।

कार्यशालामा डायग्नोष्टिक आर्थ्रोस्कोपि , एन्टेरियर क्रुसियट लिगामेन्ट रिकन्स्ट्रक्सन लगायतका सिपहरुवारे सहभागिहरुलाई प्रयोगात्मक र ब्यवहारिक प्रशिक्षण दिइएको थियो ।

घुँडामा चोट लागेका बिरामीहरुको भिडियो क्यामेरा र दूरबिन प्रबिधि (आर्थ्रोस्कोप) बाट उपचार गर्न आवश्यक बेसिक तथा एडभान्स सीपहरु आर्थ्रोस्कोपिक सर्जनहरुलाई सिकाउन आयोजना गरिएको कार्यशालामा बिभिन्न अस्पतालमा  कार्यरत २९ जना अर्थोपेडिक सर्जनहरु सहभागि रहेको आसोनका अध्यक्ष डा.चक्रराज पाण्डेले जानकारी दिनुभएको छ ।

यसैबीच, आर्थ्रोस्कोपि सोसाइटी अफ नेपालले आफ्नो संस्थाको औपचारीक शुभारम्भ कार्यक्रम सँगै नेपालमा आर्थ्रोस्कोपिक सर्जरीको क्षेत्रमा अतुलनीय योगदान दिनुभएका बरिष्ठ अर्थोपेडिक सर्जनहरु डा. अशोक कुमार बाँस्कोटा,डा.एम पि श्रीवास्तव, डा.प्रेमलाल श्रेष्ठ, डा.किरण प्रसाद रिजाल, डा. बच्चुराम केसी, डा.दिपक महरा लगायतका अग्रजहरु सँगै भारतबाट आउनुभएका अतिथि आर्थ्रोस्कोपिक सर्जन डाक्टर आइपिएस ओवरोयलाई समेत सम्मान गरेको छ ।

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी