डेडिकेटर फिडर काटिएपछि निजी क्षेत्रको स्वास्थ्य सेवा प्रभावित

डेडिकेटर फिडर काटिएपछि निजी क्षेत्रको स्वास्थ्य सेवा प्रभावित

  • सोमवार, फाल्गुन २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

चितवन, २४ फागुन ।

विद्युत्् प्राधिकरणले निजी क्षेत्रका मेडिकल कलेज र अस्पतालको डेडिकेटेड फिडरबाट विद्युत् आपूर्ति बन्द गरेपछि चितवनका मेडिकल कलेज र अस्पताल प्रभावित भएका छन् ।

दैनिक १३ घन्टा विद्युत्भार कटौती हुँदा इन्धनको समेत अभावका कारण अत्यावश्यक उपचार सेवा प्रभावित भएको अस्पतालले जनाएका छन् । प्राधिकरणले भरतपुरका दुई मेडिकल कलेजसहित १३ निजी अस्पतालका डेडिकेटेड फिडर फागुन १७ गतेबाट कटौती गरी विद्युत्भार कटौती हुने फिडरमा लाइन जोडेको छ ।

दुई मेडिकल कलेजका एक हजार ५०० श्यया र तिनका उपकरण नियमित सञ्चालन गर्न जेनेरेटर चलाउनका लागि मात्र प्रतिघन्टा ७५ लिटर डिजेल खर्च हुने अस्पतालले जनाएका छन् ।

चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक डा हरिषचन्द्र न्यौपानेले दिनहँु सरदर ५४ वटा शल्यक्रिया, १७१ श्ययाको सघन उपचार कक्ष सञ्चालन हुँदै आएकामा अहिले ती सेवा नियमित सञ्चालनमा कठिनाइ भएको बताउनुभयो ।

विद्युत् आपूर्ति हुँदामात्रै शल्यक्रिया गरिएको छ भने सघन उपचार कक्ष, बाल सघन उपचार कक्ष र भेन्टिलेटरमा बिरामी भर्ना गर्न नसकेको उहाँले बताउनुभयो । जसका कारण अस्पतालले ठूलो नोक्सानी बेहोरिरहेको छ भने बिरामीले उपचार पाउन नसकेको न्यौपानेले बताउनुभयो ।

शल्यक्रिया गर्दागर्दै विद्युत् आपूर्ति बन्द हुँदा महत्वपूर्ण शल्यक्रिया असफल हुन सक्ने चिन्ता उहाँले व्यक्त गर्नुभयो । मुटुको एनजिओप्लास्ट, टाउकोको शल्यक्रिया जस्ता जटिल शल्यक्रिया जोखिमपूर्ण ढङ्गबाट गर्नुपरेको उहाँको भनाइ छ ।

भरतपुरकै कलेज अफ मेडिकल साइन्सेस भरतपुरका निर्देशक डा नटराज प्रसादले मानवीय संवेदनासँग जोडिएकाले अस्पतालहरुलाई विद्युत्भार कटौती हुने फिडरबाट विद्युत् दिँदा जनतालाई सेवा दिन कठिन भएको बताउनुभयो ।

भुइँचालो, नाकाबन्दी, ग्यास, डिजेल अभावजस्ता समस्या भोगिरहेका बेला विद्युत् आपूर्ति असहज बनेपछि बिरामीको उपचार जोखिमपूर्ण बनेको उहाँले बताउनुभयो ।

जिल्लामा निजी अस्पतालको सङ्ख्या १९ वटा रहेको छ । निजी अस्पताल समन्वय समिति चितवनका सचिव पुष्प शर्मा धितालले ३०० सघन उपचार कक्ष, सिटीस्क्यान र एमआरआई गरेर दैनिक १५० प्रभावित भएको बताउँदै दैनिक दुई हजार ५०० को हाराहारीमा बिरामीलाई सेवा दिइरहेकामा सबै सेवा प्रभावित बनेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी