औलोको उच्च जोखिममा रहेका गाविसमा ‘सुपानेट झुल’ वितरण

औलोको उच्च जोखिममा रहेका गाविसमा ‘सुपानेट झुल’ वितरण

  • शुक्रबार, माघ २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

नेपालगन्ज, २९ माघ ।

औलो (मलेरिया) रोगको उच्च जोखिममा रहेका बाँके जिल्लाका १५ गाविसका नागरिकलाई नेपाल रेडक्रस, बाँकेले ‘सुपानेट झुल’ वितरण गरेको छ ।

पपुलेसन सर्विस इन्टरनेसनल संस्था र नेपाल रेडक्रस केन्द्रीय कार्यालयबीच सुपानेट झुल वितरणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि रेडक्रसले करिब ६० हजार थान झुल वितरण गरेको हो ।

जिल्लाको राप्ती नदी वारिपारि क्षेत्रका लक्ष्मणपुर, कटकुइया, कालाफाँटा, नरैनापुर, गङ्गापुर, फत्तेपुर, मटेहिया, बेतहनी, कम्दी, वनकट्टी, होलियाका सबै घरपरिवारलाई र बैजापुर, बिनौना, कचनापुर तथा खासकुश्मा गाविसका गर्भवतीका लागि झुल वितरण गरिएको छ ।

त्यसैगरी, ती गाविसमा रहेका सबै बर्थिङ सेन्टर, नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा भर्ना भएका गर्भवती तथा सुत्केरी, क्षयरोग निवारण केन्द्रका डट्स उपचारका बिरामीलाई पनि झुल उपलब्ध गराइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार, ओखतीसहितको विशेष प्रविधिबाट तयार गरिएको सुपानेट झुल वितरण गरिएपछि ती गाविसका करिब ९४ हजार नागरिक औलो रोगबाट सुरक्षित हुने विश्वास गरिएको छ । झुलको ओखती प्रभाव र गुणस्तर तीन वर्षसम्म रहने जनाइएको छ ।

सन् २००६ मा जिल्लाको फत्तेपुर, गङ्गापुर र होलियामा महामारीका रुपमा कडाखालको औलौको सङ्क्रमण फैलिँदा ३३ जनाको मृत्यु भएपछि जनस्वास्थ्य कार्यालयको अगुवाइमा औलो रोग नियन्त्रण र त्यसबाट नागरिकको सुरक्षाप्रति विशेष कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

कडाखालको औलौ सङ्क्रमण भएका बिरामीमा एक्कासि ज्वरो आउने, शरीर काप्ने र बान्ता हुनेजस्ता लक्षण देखिने चिकित्सकहरुले बताएका छन् ।

सुपानेट झुलको प्रयोगले औलो मात्र नभई लामखुट्टेको टोकाइबाट हुन सक्ने सबै रोगबाट बच्न सकिने जनस्वास्थ्य प्रशासक जीवन मल्लको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी