क्षयरोग निको हुने दर सय प्रतिशत

क्षयरोग निको हुने दर सय प्रतिशत

  • शनिबार, माघ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

कञ्चनपुर, २३ माघ ।

कञ्चनपुरको दैजीमा रहेको स्वास्थ्य चौकीमा क्षयरोग निको हुने दर सय प्रतिशत रहेको छ ।

स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा निःशुल्क क्षयरोगको उपचार हुन थालेपछि रोग निको हुने दर सय प्रतिशत पुगेको हो ।

स्वास्थचौकीमा रहेको प्रयोगशालामा निःशुल्क बिरामीको खकार जाँच गरी क्षयरोग भएका बिरामीलाई स्वास्थ्यकर्मीकै उपस्थितिमा नियमित औषधि खुवाउने कार्यले क्षयरोगका बिरामी घट्दै गएको स्वास्थ्यचौकीका प्रमुख सिद्धराज भट्टले बताउनुभयो ।

क्षयरोगका बिरामीलाई छ महिनादेखि आठ महिनासम्म निगरानीमा औषधि खुवाइ अन्तिममा पुनः खकार चेकजाँच गरी रोग निको भए नभएको एकिन गर्दै आएको उहाँले बताउनुभयो ।

गतवर्ष स्वास्थ्य चौकीमा क्षयरोगका ४५ जना बिरामीको उपचार गरिएकोमा यसवर्ष बिरामीको सङ्ख्या घटेर १२ जना पुगेका छन स्वास्थ्यचौकीका प्रमुख भट्टले भन्नुभयो “गतवर्ष उपचार गरिएका सबैजना क्षयरोगबाट मुक्त छन् ।”

क्षयरोगको नियमित औषधि खाने गरेमा र नियमित चेकजाँच गरेमा ९० प्रतिशत व्यक्ति क्षयरोगबाट बच्नसक्ने उहाँले बताउनुभयो ।

जनस्वास्थ्य कार्यालय कञ्चनपुरका क्षयरोग, कुष्टरोग अधिकृत उद्धव ठगुन्नाकाअनुसार कञ्चनपुरमा क्षयरोगीको सङ्ख्या एक हजारको हाराहारीमा रहेको छ । जसमध्ये बिचमै औषधि खान छाडनेको सङ्ख्या तीन प्रतिशत रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी