पूर्वमा पहिलो पटक हिपजोर्नीको सफल प्रत्यारोपण

पूर्वमा पहिलो पटक हिपजोर्नीको सफल प्रत्यारोपण

  • सोमवार, पुस २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

मोरङ, २७ पुस ।
न्युरोकार्डियो एण्ड मल्टी हस्पिटल प्रालि, विराटनगरले पूर्वाञ्चलमा पहिलो पटक कम्मरमुनिको जोर्नीको सफल प्रत्यारोपण गरेको दाबी गरेको छ ।
सो अस्पतालका विभागीय प्रमुख एव्म हाडजोर्नी नसा रोग विशेषज्ञ डा नवीनकुमार कर्णसहितको विशेषज्ञको टोलीले धरान–१५ पानमाराका ७५ वर्षीय वीरबहादुर राईको कम्मरमुनिको जोर्नीको सफल ‘सिमेन्टेड’ प्रत्यारोपण गरिएको अस्पतालका प्रमुख सञ्चालक डा. वीरेन्द्र विष्टले जानकारी दिए ।
डा. नवीनकुमार कर्णका अनुसार राई अस्पताल आउँदा उहाँको जोर्नी नै तलमाथि भएको थियो । हप्ता दिनसम्म ट्र्याक्सनको सहायताले जोर्नीलाई पुरानो स्थानमा फर्काउने काम भएको थियो ।
सो अस्पतालमा उपचार गराउँदै आउनुभएका ७५ वर्षीय् राईले उपचारका लागि भारतका विभिन्न अस्पतालमा पुगेर थुप्रै पैसा खर्चिएको बताए । राईले भने ‘उपचार सम्भव हुन्छ भन्ने कल्पनामै सीमित थियो ।
सफल शल्यक्रिया सम्पन्न भएको हप्ता दिन पुगेको छ । सफल शल्यक्रिया भएको हप्तादिनपछि न्युरो कार्डियो एण्ड मल्टी हस्पिटल प्रालिले आइतबार बेलुका विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुसँग राईले आफू हिँडडुल गर्न सक्ने भएकामा निकै खुसी व्यक्त गरे। राईले भने – ‘मैले नयाँ जीवन पाएको छु त्यसैमा मलाई खुसी लागेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी