बच्चामा एचआइभी सङ्क्रमण रोक्ने अभियान

बच्चामा एचआइभी सङ्क्रमण रोक्ने अभियान

  • बिहिबार, पुस १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

रुपन्देही, १६ पुस ।

एचआइभी सङ्क्रमित आमाबाट जन्मने बच्चामा एचआइभी सङ्क्रमण रोकथाम गर्न रुपन्देहीमा अभियान सुरु भएको छ ।

अभियान जिल्लामा तीन ठूला अस्पतालसहित १८ वटा बर्थिङ सेन्टर (बच्चा जन्माउने केन्द्र)मा सुरु भएको हो ।

यसैवर्षबाट सुरु भएको समुदायमा आधारित आमाबाट बच्चामा सर्ने एचआइभी एड्स रोकथाम कार्यक्रमको सेवा जिल्लाका १८ वटै बर्थिङ सेन्टरका साथै आम्दा अस्पताल बुटवल, देवदह मेडिकल कलेज देवदह र युसिएमएस भैरहवामा उपलब्ध हुने जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख टीकाराम अधिकारीले बताउनुभयो ।

राष्ट्रिय एड्स तथा यौन रोग निवारण केन्द्रका जनस्वास्थ्य अधिकृत कृष्णप्रसाद नागिलाले सङ्क्रमित आमाबाट बच्चामा एचआइभी सङ्क्रमण हुने सम्भावना २० देखि ४५ प्रतिशत हुने भन्दै यो कार्यक्रमलाई प्रभावकारी बनाउन सके उक्त दर दुई प्रतिशतभन्दा तल झर्ने बताउनुभयो ।

उहाँका अनुसार सङ्क्रमित आमाबाट बच्चामा सर्ने सम्भावना गर्भावस्थामा पाँचदेखि १०, सुत्केरी हुनेबेला १० देखि १५ र स्तनपान गराउँदा पाँचदेखि २० प्रतिशतसम्म हुन्छ ।

आमाबाट बच्चामा सर्न सक्ने सङ्क्रमणलाई रोक्न गर्भवती महिलालाई औषधि तथा परामर्श सेवा दिइने र त्यसका लागि सेवा दिने स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ ।

सन् २००५ बाट नेपालमा यो कार्यक्रम लागू भए पनि रुपन्देहीमा यसैवर्षबाट सुरु गरिएको हो । हाल यो कार्यक्रम लुम्बिनी अञ्चलका सबै जिल्लासहित देशभर १५ जिल्लामा रहेको छ ।

यो वर्षको अन्तसम्म ६२ वटा जिल्लामा पु¥याउने लक्ष्य रहेको केन्द्रका अधिकृत नागिलाले बताउनुभयो । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी