काठमाडौ १७ मंसिर ।
नवलपरासी जिल्लामा ४२ जना बालबालिकामा एचआइभी सङ्क्रमित रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।
जिल्लामा एचआइभी सङ्क्रमितको क्षेत्रमा काम गर्ने संस्था लुम्बिनी प्लसले सार्वजनिक गरेको तथ्यांक अनुसार संक्रमित ४२ मध्ये २१ बालक र २१ बालिका रहेका छन् ।
४९४ जना एचआइभी सङ्क्रमितले आफ्नो पहिचान खुलाएर बाहिर आएको र त्यसमा २४३ पुरुष र २५१ महिला सङ्क्रमितको सङ्ख्या रहेको तथ्याङ्कमा उल्लेख छ ।
समाजको व्यवहारका कारण कयौँ सङ्क्रमित अझै खुलेर बाहिर आउन नसकेको संस्थाका अध्यक्ष निर्मला पौडेलले बताउनुभयो ।
सङ्क्रमितमध्ये २५४ जनाले जिल्लाभित्र र बाहिरबाट दैनिक रुपमा आयु लम्बाउने एआरटी औषधि सेवन गरिरहेका छन् । संस्थाका अनुसार हालसम्म जिल्लामा एचआइभी सङ्क्रमितबाट ८३ जनाको ज्यान गइसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline