एजेन्सी ।
तपाई गर्भवती हुनुहुन्छ र धेरै अदुवाको सेवन गर्ने गर्नुभएको छ भने होस् पुर्याउनुहोस् । धेरै अदुवा अदुवा सेवन गर्नु तपाईलाई घातक सावित पनि हुन सक्छ ।
विज्ञहरुका अनुसार गर्भावस्थाको समयमा महिलाले धेरै अदुवा सेवन गर्नाले पाठेघरमा विकशित भैरहेको भ्रुणको सेक्स हर्मोनमा असर पूराउँछ । निकै धेरै अदुवा खानाले गर्भपातको जोखिम समेत हुने बताइन्छ ।
साथै बढि अदुवा खानाले गर्भवती महिलामा सुत्केरी हुने समयमा धेरै रगत बग्ने जोखिम निम्त्याउन सक्ने विज्ञहरु बताउँछन् ।
यद्यपि गर्भवती महिलाले थोरै मात्रामा अदुवा चपाउनु फाइदाजनक नै हुन्छ र यसले बिहानीपख हुने वाकवाकी रोक्न मद्दत गर्दछ । तर सुत्केरी हुने समय नजिकिएपछि गर्भवती महिलाले अदुवाको सेवन नगर्नु नै राम्रो हुने विज्ञहरुको सल्लाह छ ।
अदुवामा हुने तत्वले रगत जम्ने अर्थात् ब्लड क्लटिङको क्रियालाई धीमा बनाइदिन्छ ।
साथै यसले रगतमा ग्लुकोजको मात्रालाई समेत कम गरिदिन्छ । औषधि सेवन गरिरहेका मधुमेहका रोगीले अदुवाको सेवन गर्नु लाभदायक मानिँदैन ।
अदुवाले उनीहरुको रगतको ग्लुकोजको मात्रा अस्वभाविक रुपमा निकै कम गरिदिने खतरा हुन्छ ।
धेरै अदुवाको सेवन गर्नाले मानिसमा अनिद्राको समस्या समेत उत्पन्न हुनसक्छ । महिनावारीको समयमा धेरै रगत बग्ने समस्या भएका महिलाहरुले तरकारी वा अचारमा अदुवाको मात्रा घटाउनु आवश्यक हुन्छ । धेरै अदुवाको सेवनले सरीरमा अम्लपनाको मात्रा समेत बढ्ने बताइन्छ ।
अदुवाको सन्तुलित मात्रा भने सरीरका लागि लाभदायक नै हुन्छ । विज्ञहरुका अनुसार दैनिक २ ग्राम जति अदुवा खानु स्वास्थ्यका लागि सुरक्षित तथा लाभदायक हुन्छ ।
मानव स्वास्थ्यका लागी फाईदाजनक हुदा हुदै यदि धेरै नै सेवन गर्नुभयो भने हानी पनि पुर्याउने हुदा यसको प्रयोगमा कमी ल्याउनु आवश्यक देखिने बिज्ञकोे भनाई छ । एजेन्सीबाट