नेताले दह्रो खुट्टा टेके भारत विरुद्धको लडाई नेपालले जित्छः नेपाल,कुटनीतिज्ञ

नेताले दह्रो खुट्टा टेके भारत विरुद्धको लडाई नेपालले जित्छः नेपाल,कुटनीतिज्ञ

  • बुधबार, अशोज १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

पछिल्लो समय भारतले अघोषित रुपमा नाकाबन्दी गरेर नेपालको जनजीवन प्रभावित बनाए पछि त्यसको संसारभर विरोध तीव्र बन्दै गएको छ । यसले भारत विरुद्ध घोषित अघोषित रुपमा राष्ट्रसंघीय महासभा देखि विभिन्न क्षेत्रमा विरोध भईरहेको छ । मधेश आन्दोलनको बहानामा भारतले नेपालमाथि दवाव दिन सिमा नाकामा पेट्रोलियम पदार्थ रोकेर दुखः दिए पछि भारत विरुद्ध देशैभर प्रदर्शनहरु भईरहेका छन् । यस सन्दर्भमा कुटनैतिज्ञ एवं विष्लेषक जापानका लागि पूर्व राजदुत डा. विष्णुहरी नेपालसग‘ मिर्मिरेका लागि प्रज्वल श्रेष्ठले गरेको कुराकानीको सम्पादित अशः–

भारतीय नाकाबन्दी के को अभिव्यक्ति हो जस्तो लाग्छ ?
वामपन्थी आन्दोलनको झण्डा म आफैले उठाएको पनि ५० वर्ष भएछ । हामीले यो आन्दोलनको क्रममा आज सम्म भारतलाई विस्तारवादी राष्ट्रको रुपमा चित्रित गर्दै आएका थियौं । अझ पहिला अर्ध औपनिवेशीक राष्ट्रको रुपमा प्रतिध्वनित गर्दै आएका थियौं र हामीले केही समय पहिले पनि भारतलाई नवऔपनिवेशीक राष्ट्रको रुपमा आएको छ भनेका थियौं । यसो भन्दा कतिपय साथीहरुले हामीलाई अतिसयोक्ति गर्नु हुन्छ भनेका थिए । तर अब जनतालाई प्रत्यक्ष थाहा भयो कि वास्तवमा भारत एउटा विस्तारवादी राष्ट्र रहेछ र वास्तवमा नेपालमाथि नवउपनिवेशवादको भूमिका खेलेको रहेछ भनेर ।
नेपालमा अस्थीरता सृजना गरेर नेपाललाई आफ्नो छाता भित्र राख्ने सोच प्रष्ट देखिन्छ । यहा नेपाललाई भुटान जस्तो बनाउने मात्र कुरा आएन । तर भुटान बनाउन सक्दैन र नेपाल भुटान हैन । यो राज्यलाई विखण्डन गराउन ७० को दशकमा ईन्दीरा गान्धीले जुन योजना बनाएकी थिईन् , त्यसै अनुसार मोदी पनि आएको जस्तो देखियो । त्यसैले मैले मोदी , राजनाथ सिंह र सुष्मा स्वराजलाई ट्वीट गर‘े कि “तपाई र ईन्दीरा गान्धीमा के फरक भयो ? ”
ईन्दीरा गान्धीले नेपालको तराई खण्डलाई अस्थीरता सृजना गरेर भारतमा गाभ्ने जुन योजना बनाएकी थिईन् । अहिले तपाईले पनि त्यही फलो गर्नु भयो कि भनेर उनीहरुलाई सोधे ।
सुष्मा स्वराजलाई मैले भने कि जब बिहारमा चुनाव आउछ तपाईहरु नेपाल कार्ड नखेल्नुस् । अघिल्लो पटक बिहारमा चुनाव हुदा सुष्मा स्वराजले के लेखेकी थिईन् भने सिद्धार्थ नेपालमा जन्मेका थिए तर बुद्ध भारतमा जन्मिएका थिए भनेर विस्वलाई भ्रममा राख्ने खालको कुरा गरे पछि मैले विरोध गरेको थिए । जुन बेला ३८ हजार फलोअरले मलाई समर्थन गरेको थिए । त्यो बेला मैले उमा भारती मार्फत कुरा गरे पछि गल्ती भयो भनेर स्वीकार गरेकी थिईन् । त्यस्तो मान्छे अहिलेको विदेश मन्त्री छिन् । मोदी आउदा मैले के लेखे भने तपाईले नेपालको ससदमा , सार्क सम्मेलनमा आउदा र पद ग्रहण गर्दा व्यक्त गरेको उद्गार कहा बिर्सनु भयो भनेर सोधेको थि‘ए । सुष्मा स्वराज, राजनाथ सिंहलाई सुनेर मात्र तपाई गृहमन्त्री हुन सक्नु हुन्छ भनेर ध्यानाकर्षण गराए ।

नेपालले अहिले भारतलाई दिएको दवाव विगतको कुनै समयसग‘ तुलना गर्न सकिन्छ ?

यो त भारतको दवाव मात्र हैन । यो त कस्तो भयो भन्नु हुन्छ बाख्राको पाठोले किन पानी धमिल्याईस् भने जस्तै हो । यो पाठो खाने नियत जस्तै हो ।
एक चोटी म बनारस हिन्दु विश्व विद्यालयमा भ्रमणमा गएको बेलामा त्याहा मालवीय भवनमा हरेक आईतबार गीता प्रवचन हुन्छ । त्यो बेला शंकराचार्य आउनु भयो म अग्रपङिक्तमा बसेको थिए । त्यो बेला शंकराचार्यले के नारा लगाए भने अखण्ड भारत की जय भनेर नारा लगाउनु भयो । अनि मानिसहरुले त्यस्तो नारा लगाए । शंकराचार्यले अखण्ड भारतका मतवल होता है १९४७ से पहलाका जो भारत है वो है भन्नु भयो । त्यसो भने पछि हामी सगै रहेका अर्याल डाक्टरसाप हुनुहुन्थ्यो । उहालाई हिड्नुस भने तर उहा मान्नु भएन म हिडे किन कि १९४७ पछि बनेका मुलुक पाकिस्तान, बंगलादेशसग‘ हाम्रो कुटनीतिक सम्बन्ध छ । यो खालको मनस्थिति भारतमा छ ।
उनीहरुले सन् २००२ मा अमेरीकाको सिनेटमा अहिलेका अमेरीकी विदेश सचिव जोन केरी परराष्ट्र समितिको प्रमुख थिए त्यति बेला । त्यो बेला भाजपाका प्रधानमन्त्री अटल बिहारी बाजपेयीले अब वार पारकी लडाई हो कि भनेका थिए । त्यो बेला ७ लाख फौज भारतले पाकिस्तानको सिमानामा तैनाथ गरेको थियो । जोन केरीले त्यो बेला दक्षिण एशियामा दुई वटा आणविक शक्तिहरुलाई युद्धमा जानबाट रोक्यौं भनेर रिपोर्ट दिएका थिए ।
अहिले दक्षिण एशियामा त झन भारत लडाई नगरी बसेकै छैन । १९४७ मा पाकिस्तानसग‘ भयो । १९४९ मा फेरी पाकिस्तानसगै भयो र १९६२ मा चीनसग‘ भयो । १९६५ फेरी पाकिस्तानसग‘ भारतले युद्ध गरीसकेको छ । १९७१ मा पूर्वी पाकिस्तानमा हस्तक्षेप गरेर टुक्र्याएर बंगलादेश बनाउन सहयोग गरीन् इृन्दीरा गान्धीले ।
अलिकति सार्क गठन भए पछि भारतले आराम गरेको छ तर छिमेकीहरुलाई दुखः दिने काम भारतले रोकेको छैन । एक पटक मात्रै राम्रो पक्ष आएको थियो जसलाई हामीले गुजरायल डक्ट्रीन भन्यौं । त्यसै कारणले राजा महेन्द्रले भारतसग‘को १९५४ को कोशी, १९६५ को हतियार सम्बन्धि सन्धी गरे । त्यस पछि राजा वीरेन्द्रको पालामा भारतसग‘ कुनै सम्झौता गरेका थिएनन् ।
अहिले हामीले भारतको नवउपनिवेशवादी भूमिका खेलिरहेको छ भन्न सकिन्छ ।

नेपालको राजनीतिक नेताहरुले जुन अडान देखाए यो टिक्ला जस्तो लाग्छ कि लाग्दैन ?
प्रचण्ड जी जब दिल्लीबाट एयरपोर्टमा फर्कने क्रममा अन्तवार्ता दिदा भन्नु भएको थियो कि भारतको चाहना रेखांकन सहितको सविधान ल्याउनु पर्छ भन्ने रहेछ मलाई पनि ठीकै लाग्यो भन्नु भयो । प्रचण्ड अलि सोझो पनि हुनुहुन्छ । मैले त्यतिबेला भनेको थिए कि अब भारतले नेपालमा सविधान चाहेन भनेर लेखेको थि‘ए ।
पछिल्लो पटक भारतीय दुत जय शंकरलाई प्रचण्डले भन्नु भयो कि तपाई कि अलि पहिला आउनु भएको हुन्थ्यो या पछि आउनु भएको भए हुन्थ्यो भन्नु भयो । दिल्लीको पछिल्लो तीर्थयात्री प्रचण्ड थिए । केपी कमरेडले पनि पार्टीको कार्यक्रममा राम्रै शब्दमा बोल्नु भएको थियो । प्रधानमन्त्री भएकोले पनि कोईरालाले धेरै बोल्न नमिलेको होला । तर तीन नेताको पछिल्लो अडान सकारात्मक छ । त्यो कति दिन टिकाउनु हुन्छ भन्न सकिन्न ।
हाम्रो पार्टी ड्यास माओवादीले पनि सविधानको अन्तरवस्तु मिलेको छैन , प्रकृया मिलेको छैन हामी मान्दैनौ भनेर वक्तव्य दिएको छ । तर यसका नाममा भारतले गरेको हस्तक्षेप हामी मान्दैनौ भनेर हाम्रो पार्टीले भनिसकेको छ ।

अर्को तिर टिकापुरको घटना पछि भारत लखनउको नजिकै महाराजगञ्ज भन्ने ठॉउ रहेछ त्याहा राजनाथ सिंह आएर के भन्नु भयो भने एक करोड भारतीयहरु नेपालमा बस्छन् त्यसको संरक्षण गर्छौ हामी । त्यसलाई ईन्डिया टुडेले नबुझी लेखेको थिएन होला । यो नियोजित थियो । ३१ अगष्टमा उहा बोल्नु भयो , एक सेप्टेम्बरमा भारतीय दुतावासको वक्तव्य आयो । यो नियोजित र पूर्व तयारी अनुसार थियो भन्न सकिन्छ ।
त्यस पछि फेरी सात बुदे पठाए पछि आलोचना भयो । हामीले सात बुदे दिएका छैनौ भनेर वक्तव्य निकालियो । सार्कको सब भन्दा बलियो राष्ट्रले राजनीतिक नैतिकता विहीन मानसिकता राखेर छिमेकीलाई दुखः दिन्छ भने त्यो कसरी मान्ने ? मैले यस्तो कुराहरुलाई एउटा लेखमा बिग जोक भनेर लेखेको छु ।
हिजोको सोभियत संघ रहदा साना राष्ट्रहरुको पक्षमा बोल्ने कुरा थियो । भाजपाकै सरकार हुदा २००३ मा चीनमा वाजपेयी जादा तिव्वतको बारेमा भारतले नबोल्ने र सिक्किमको बारेमा चीनले नबोल्ने भनेर सहमति भएको थियो ।
अहिले लिपुलेक जुन सहमति भएको छ त्यो नेपालको हित विरोधी छ । यो कुराको सुझाव मैले चीनलाई पनि दिएको छु ।
भारतले खुल्ला रुपमा बच्चा बच्चाले पनि थाहा पाउने गरी दवाउने काम गरेको छ भने तीन नेताले दह्रोसग‘ खुट्टा टेके भने भारत विरुद्धको लडाईमा जीत हाम्रो हुन्छ ।

अब यदी २०४५ कै जस्तो नाकाबन्दी भयो भने हुन्छ के ?
एस. डी. मुनीले पहिलाको नाकाबन्दी जस्तै अवस्थामा पुग्यो भनेका छन् । उनी नेपाल खाने नीति बनाउनेहरुको गुरु भन्छन् उसलाई तर मसग‘ अलि डराउछन् मुनि । उनीसग‘ म धेरै पटक बहस गरेको छु । मैले अहिले पनि एसडी मुनिलाई के लेखिदिए भने नेपाली गुन्द्रक र ढिडो खाएर हिड्न सक्छन् तोरी उत्पादन गर्न सक्छन् । प्रचण्डले भने जस्तो नेपालको प्रधानमन्त्री पनि त साईकल चढेर हिड्नु होला नि त भनेर मैले त्यसलाई समर्थन गरे‘ । हामीसग‘ तेल पनि छैन भनेर मोटर लगायत महंगो साधनहरुलाई हटाएर विकल्प खोज्न सकिन्छ ।
नाकाबन्दीको यो अवस्थाबाट नेपाललाई झुकाउन खोजेको जस्तो देखिन्छ । यत्रो विनाश भएको नेपालमा नाकाबन्दी गराउने भारतको मन कस्तो हो ? यही बेला मे १५ मा चीनलाई झुक्याएर लिपुलेक सम्झौता गर्यो । त्यसैले एउटा कुटनीतिक रुपको समाधान खोज्नु पर्छ । तर जनताले दुखः भन्दा राष्ट्र ठूलो भएकाले सहनु पर्छ ।
मलाई के लाग्छ भने भूकम्प पछि एक खर्ब रुपैया दिने जुन बचन दिएको छ त्यो नदिन यो चाल चालेको हुन सक्छ । जुरे पहिरोको बेला पनि दिने भनेको एक खर्ब दिएको छैन ।
प्रचण्डलाई नौमुरे परियोजना दिने भनेर फेरी नदिए जस्तै हो कि जस्तो लाग्छ । मैले तीन जना भारतीय कुटनीतिज्ञहरुसग‘ कुरा गर्दा छाड्दिउ अब भन्छन् उनीहरु ।

२०४५ सालको नाकाबन्दीको सामना कसरी भएको थियो ?

त्यो नाका बन्दी भोगेको देखेको , लेखेको र लडेको हो हामीले । तर राजा वीरेन्द्रको परिवारको मुल्यमा । ५८ सालमा आएर उनीहरुको परिवारको विनाश भयो । धेरै सन्दर्भहरु त्यसमा आएका छन् । त्यो नाकाबन्दीलाई भारतले प्रजातन्त्रसग‘ जोडियो । अहिले पनि मधेशी जनजाति जस्ता विषय उठाएको छ ।
नेपालमा अहिले प्रशान्त झा खालका केही मान्छेहरु छन् नेपाललाई भारतको शत्रुको रुपमा उक्साएर लेखिरहेका छन् । यसलाई जनताले थाहा पाउनु पर्छ । झाले हिन्दुस्तान टाईम्समा लेखेका छन् । त्यसरी लेख्नेहरुको प्रतिकार हामीले गर्नु पर्छ ।

त्यो बेलाका प्रधानमन्त्री मरीचमान ले नझुकी कनै कतिपय सामानहरु हवाई जहाजबाट सामान ल्याउने कुरा पनि भएको थियो । तिव्वत सम्म रेल पनि आएको थिएन । तर अब अहिले त्यस्तो हुदैन । रेल आएको छ । बाटो खोलिएको छ । अब चीनले ग्यारेन्टी लिन्छ ।
हामीले ५ खर्ब ७० अर्बको प्रति वर्ष घाटा खाएर हामीले भारतलाई नाफा दिईरहेका छौं । उनीहरुको केही पनि सित्तैमा नेपालले खाएको छैन । कोशी, गण्डकी, अरुण, अपर कर्णाली जस्ता परियोजना बरु भारतले सित्तैमा लगेको छ नेपालको ।
त्यसैले भारत जस्तो मुलुक सुरक्षा परिषद्मा जान मिल्दैन । स्थायी सदस्य भारत भयो भने नेपाल भुटान जस्ता मुलुकको गति के हुन्छ ? भनेर सोच्नु आवस्यक छ । यस्तो अवस्थामा नेपालले भारतलाई सयुक्त राष्ट्रसंघमा च्यालेञ्ज गर्न सक्छ ।

अन्त्यमा के भन्न चाहनु हुन्छ ?
भारतले असल मित्रको रुपमा हामीलाई व्यवहार गरोस् । उपनिवेशको रुपमा नेपाललाई खाने दृष्टि भारतले नराखोस् । त्यसको विरुद्ध हामी सम्पूर्ण नेपाली एकीकृत भएर त्यसको विरुद्ध जाई लाग्नु पर्छ भन्ने म जनतालाई अपील गर्न चाहन्छु ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी