काठमाडौं, १२ असोज ।
आज १५ औं विश्व मुटु दिवस । नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरि मनाइदै छ ।
यस बर्ष ‘स्वस्थ मुटुका लागि मुटुमैत्री वातावरण निमार्ण गरौँ’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो । अस्वस्थ खानपान र अव्यवस्थित जीवनशैलीका कारण मुटु सम्बन्धी समस्या देखिन थालेको भन्दै यस वर्ष दिवसका अवसरमा मुटुलाई स्वस्थ राख्नु पर्नेमा विज्ञहरुको जोड छ ।
खानपान र जीवनशैलीमा ध्यान नदिँदा हरेक वर्ष मुटु सम्बन्धी समस्या बढ्दै गएका छन । १० वर्ष अघिसम्म ५० वर्ष नाघेकालाई मुटु सम्बन्धी समस्या देखिने गरेको भएपनि केही वर्षयता युवा र बालबालिकामा पनि मुटुको समस्या देखिन थालेको विशेषज्ञहरुको भनाई छ ।
सन् २००० को सेप्टेम्बर २४ तारिखदेखि मनाउन थालिएको यस दिवसले डेढ दशक पार गरिसकेको छ । विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा नेपाल लगायत विकासोन्मुख राष्ट्रमा हृदयघातका कारण ज्यान गुमाउनेको संख्या ३५ प्रतिशत भन्दा बढी पुग्ने प्रक्षेपण गरेको छ ।
स्वस्थ मुटुुका लागि स्वस्थ जीवनशैली अपनाउन विशेषज्ञले सुझाव पनि दिएका छन् ।