बिर्तामोड,११ भदौ ।
मेची आँखा अस्पताल सैनिक मोडले आँखाको नानि प्रत्यारोपण सफलतापुर्वक सम्पन्न गरेको छ ।
भारतको आसाम निवासी २३ बर्षिय हसिना बेगमको आँखामा बुधवार नानि प्रत्यारोपण गरिएको हो ।
उनको दाहीने आँखाको नानि डेड घण्टा लगाएर अस्पतालका आँखाका नानि बिशेषज्ञ डाक्टर बिजय भुषालले सफलतापुर्वक प्रत्यारोपण गरेका थिए ।
एउटा नानी प्रत्यारोपणका लागी १८ हजार देखि २२ हजारसम्म खर्च आउने भएपनि आफुहरुले ५ हजारमै उपचार गराइएको अस्पतालका अर्का डाक्टर पुरुषोत्तम जोसीले जानकारी दिनुभयो ।
यसअघि अस्पतालले ५६ जनाको नानि प्रत्यारोपण गरेको थियो । अस्पतालमा प्रत्येक बर्ष १६ हजार भन्दा बढी आँखाको नानिमा समस्या भएर उपचारका लागि आउने गरेको डाक्टर जोसीले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline