मासु विकल्पमा मुसुरो , हेर्नुस् मुसुरोको फाईदा

मासु विकल्पमा मुसुरो , हेर्नुस् मुसुरोको फाईदा

  • आइतवार, भदौ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 39.1K
    SHARES

तपाईलाई मासु खाने ईच्छा छैन तर त्यसबाट प्राप्त हुने पौष्टिक तत्व कम भएर समस्या हुने हो कि भन्ने सोचमा पर्नुभएको छ भने चिन्ता नलिनुहोस् ।

मसुरोमा अत्यावश्यक भिटामिन, फाइबर र खनिजको साथै प्रोटिन पनि हुने भएकाले यसलाई मासुको विकल्प मान्न सकिने अध्ययनवाट पत्ता लागेको छ ।

म’सुरोको दाल सुपाच्य त हुन्छ, यो प्रोटिनको राम्रो स्रोत पनि हो । मुसुरोको दाल रातो, खैरो, पहेँलो र हरियो रङको हुन्छ । अन्य दाल र गेडागुडीको दाँजोमा सजिलै पाक्ने मसुरोको दालमा फाइबर धेरै पाइन्छ ।

मुसुरोको एक कचौरा पाकेको दालमा दुई सय ३० क्यालोरी, १८ ग्राम प्रोटिन, एक ग्राम चिल्लो, १६ ग्राम फाइबर र ४० ग्राम कार्बाेहाइड्रेट हुन्छ ।

यसैगरी, एक कचौरा दालले हामीलाई दैनिक चाहिने फोलेटको ९० प्रतिशत, फलामको ३७ प्रतिशत, म्याग्निजको ४९ प्रतिशत, फस्फोरसको ३६ प्रतिशत, थियामिनको २२ प्रतिशत, पोटासियमको २१ प्रतिशत र भिटामिन बी६ को १८ प्रतिशत आपूर्ति गर्दछ । मुसुरोको दालबाट हामी रिबोफ्लाभिन, नियासिन, म्याग्निज, जिङ्क, तामा र सेलेनियम पनि पाउँछौँ ।

कतिपय अनुसन्धानले मुसुरोको दालजस्ता वनस्पतिमा आधारित खाद्यवस्तुमा बढी खाने गरेमा मधुमेह, मोटोपना र मुटुको रोगको जोखिम कम हुने जनाएका छन् ।

मुसुरोके दालमा पाइने फाइबर, फोलिक एसिड र पोटासियमले मुटुको स्वास्थ्य सुधार्नमा योगदान गर्छन् । अमेरिकन हर्ट एसोसिएसनकाअनुसार फाइबर अधिक खाएमा हानिकारक कोलेस्टोरल एलडीएल कम गर्न सकिन्छ ।

आहारामा मसुरोको दाल समावेश गरेमा हामीले अत्यावश्यक भिटामिन, फाइबर र खनिज त पाउँछौँ नै प्रोटिन पनि हुने भएकाले यसलाई मासुको विकल्प मान्न सकिन्छ । उच्च मात्रामा स्याच्युरेटेड र ट्रान्स चिल्लो हुने मासुको सट्टामा धेरै फाइबर हुने मसुरोको दाल खाने गरेमा मुटुको रोगको जोखिम थप कम हुन्छ ।

यसैगरी, मुसुरोको दालमा पाइने पोटासियम, क्याल्सियम र म्याग्नेसियमले प्राकृतिकरूपमै रक्तचाप घटाउँछन् । गर्भवती महिलालाई मसुरोको दाल उपयोगी हुन्छ । बच्चामा जन्मबिकार नहोस भनी गर्भावस्थाको सुरुका दिनमा महिलाले पर्याप्त मात्रामा फोलिक एसिड खानुपर्छ र मसुरोको दालमा फोलिक एसिड पाइन्छ ।

गर्भ रहनु एक वर्ष पहिलेदेखि नै महिलाको शरीरमा फोलिक एसिड पर्याप्त मात्रामा भएमा समय अगावै बच्चा जन्मने खतरा ५० प्रतिशतले कम हुन्छ ।

अर्काेतर्फ मुसुरोको दालमा पाइने सेलेनियम प्रायः अन्य खाद्यवस्तुमा हुँदैन । सेलेनियमले हाम्रो शरीरमा इन्फ्लामेसन रोक्छ, ट्युमर बढ्न दिँदैन र प्रतिरक्षा प्रणाली सबल पारेर रोगाणु समाप्त पार्न मद्दत गर्दछ ।

साथै शरीरको सफाइमा गरेर क्यान्सरजन्य तत्वहरूलाई पनि बाहिर निकाल्छ । शरीरमा फलाम तत्व कम भएमा बढी थकाइ लाग्छ । मसुरोको दालमा पर्याप्त मात्रामा फलाम हुने भएकाले थकाइ धेरै लाग्नेहरूलाई यो उपयुक्त छ ।

फाइबर धेरै हुने भएकाले पाचन प्रणालीलाई पनि मुसुरोले हित गर्छ । कब्जियत र अपच हुने मानिसले मसुरोको दाल खाएर लाभ पाउँछन् । धेरै फाइबर हुने भएकाले मसुरोको दाल खाएपछि पर्याप्त पानी पिउनु पर्छ । अन्यथा पेटमा समस्या आउनसक्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी