फार्मसी बन्द भएपछि गण्डकी अस्पतालमा बिरामी मर्कामा

फार्मसी बन्द भएपछि गण्डकी अस्पतालमा बिरामी मर्कामा

  • शुक्रबार, भदौ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

पोखरा,४ भदौ  ।

पश्चिमाञ्चल क्षत्रिय अस्पतालमा बिरामीका लागि प्रदान गरिदै आएको फार्मसी सेवा बन्द भएपछि बिरामीहरु मर्कामा परेका छन ।

यस अघि अस्पतालले निजि क्षेत्रलाई फार्मसी सञ्चालनको ठेक्का दिने गरेपनि पछिल्लो समय अदालतले अस्पताल आफैले फार्मसी सञ्चालनको लागि आदेश दिएपछि निजि फार्मसी बन्द भएको थियो ।

केही महिना अगाडी एक फार्मसीलाई ठेक्का दिईसेकेपछि अदालतले निजि क्षेत्रलाई फार्मसी सञ्चालन गर्न दिन रोक लगाएको थियो । अस्पताल प्रसासनले भने ठेक्का दिईसकीएकोले रोक्न नमिल्ने भन्दै लविङ्ग गरीरहेको छ ।

अदालतमा परेको रिटको अन्तिम फैसला बाँकी भएपनि अन्तरीम आदेश मार्फत निजि क्षेत्रलाई फार्मसी सञ्चालनको लागि अनुमति नदिन अदालतले आदेश दिएपछि अस्पताल अप्ठेरोमा परेको छ । स्पष्ट रुपमा आफै फार्मसी सञ्चालनको लागि आदेश गरेपनि अस्पतालले भने फार्मसी सूरु गरेको छैन  ।

आफुहरु संग फार्मसी सञ्चालन गर्ने क्षमता नभएकोले तत्काल सञ्चालन गर्न नसक्ने अस्पतालका मेडिकल सुपरीटेन्डेन डा। श्रीकृष्ण श्रेष्ठले बताए । फार्मसी सञ्चालनको तयारी भैरहेको र केही समयपछि सुरु गरीने उनको भनाई छ ।

अस्पताल हातामा भएको औषधी पसल बन्द भएपछि सेवाग्राहीहरु भने असुबिधा भोग्न बाद्य भएका छन । औषधी किन्न १० मिनेट हिडेर अस्पताल परिसर भन्दा बाहिर रहेको फार्मसी पसलमा जानुपर्ने बाद्यता छ । आपतकालीन औषधी किन्न पर्ने बिरामीहरुको लागि अत्यन्त अप्ठेरो परेको अस्पतालमा उपचारका लागि आएका बिरामीका आफन्तहरुले गुनासो गरेका छन ।

केही दिन अगाडी स्याङ्गजा जिल्ला घर भएका एक बालकको औषधी किनेर ल्याउदै गर्दा मृत्यु भएको मृतकका आफन्तहरुले बताएका छन ।

दिनरात जति बेला पनि औषधी किन्नुपर्ने र अपरेशन थियटरमा भएका बिरामीहरुको लागि आबस्यक पर्ने आपतकालिन औषधीहरु किन्न समेत गेट बाहिर भएका औषधी पसलहरुमा जानु पर्ने भएकाले सेवाग्राहीहरुले अप्ठेरो भोग्न परेको छ ।
औषधी जस्तोे संबेदनशिल बस्तुमा समेत अस्पताल प्रसासनले बेवास्था गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी