‘सिक्कल सेल एनिमिया’ नेपालमा पनी देखियो

‘सिक्कल सेल एनिमिया’ नेपालमा पनी देखियो

  • शनिबार, साउन २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाण्डौ ।

‘सिक्कल सेल एनिमिया’ रोग पछिल्लो समय नेपालको पश्चिमी क्षेत्रमा देखिएको छ । अफ्रिकी मुलुकमा सबैभन्दा पहिला देखापरेको सो रोग पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली, दाङ, कन्चनपुर,  नवलपरासीलगायतका जिल्लामा बसोबास गर्ने थारु समुदायहरुमा यो रोग देखा परेको हो ।

सिक्कल सेल प्रभावित बिरामीमध्ये सबैभन्दा बढी ५४ प्रतिशत बर्दियाका छन् ।
२ देखि ६० वर्षसम्मका व्यक्तिमा यो रोग देखिएको छ । तर, ११ देखि ३० वर्ष उमेर समूहका व्यक्तिमा बढी देखिएको चिकित्सकहरुले बताएका छन् । सिक्कल सेल वंशानुगत भएकाले अन्य माध्यमबाट नसर्ने बताइन्छ ।

सन् १९९१ मा औलोको अनुसन्धान गर्दा नेपालका १० प्रतिशत थारु समुदायमा देखिएको सिक्कल सेल एनिमिया हिजोआज तीव्र रुपमा बढ्दै गएपछि जनस्वास्थ्य समस्याका रुपमा स्थापित भएको छ ।

नेपालमा औलो रोगको महामारी हुँदा तराईमा बसोबास गरेका थारु समुदायको शरीरमा औलो रोग खेप्न सक्ने क्षमता विकास हुनेक्रममा रक्त कोषिकाहरु सिक्कल वा हसिँया आकारमा विकास हुँदै गएकाले अहिले यो अवस्था रोगको रुपमा सिर्जना भएको चिकित्सकहरु बताउँछन् ।

मानवशरीरमा पाइने रातो रक्त कोषिका ‘आरबीसी’ प्राकृतिक रुपमा गोलाकार हुन्छन् । तर, सिक्कल सेल एनिमिया संक्रमण भएका व्यक्तिमा भने यी कोष अर्धगोलाकार वा हसिँया आकारका हुन्छन् । विशेष गरी सिक्कल सेल एनिमियाका बिरामीमा जन्डिस, बाथ, शरीर दुख्नेलगायतका लक्षण देखिने र अन्त्यमा रगत उत्पादन प्रक्रियामा नोक्सानी पुग्ने भएकाले शरीरमा रगतको कमी भै रक्तअल्पता हुने गरेको पाइन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी