रक्तदान कार्यक्रम सम्पन्न

रक्तदान कार्यक्रम सम्पन्न

  • मङ्लबार, साउन १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

भक्तपुर ।

नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखाको आयोजना तथा नमस्ते नेपाल समाज भक्तपुरको सहआयोजनामा रक्तदान कार्यक्रम भएको थियो ।

हिन्दुहरुको पवित्र स्थान डोलेश्वर केदारनाथ धाममा भएको कार्यक्रममा महिला १३ जना गरि कुल ७० जनाले रक्तदान गरेको नमस्ते नेपाल समाज भक्तपुरका अध्यक्ष दिपेन्द्र कुमार थापाले जानकारी दिनु भयो ।

उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका उपसभापति किरण थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

समाजका अध्यक्ष थापाले खेर जाने रगत दान गरे, रगतको अभावमा ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

यस अघि नमस्ते नेपाल समाज भक्तपुरले सिन्धुपाल्चोक जिल्लाको ठुलो पाखर गाविस वडा नं ५ का स्थानिय महिलाहरुलाई सामुदायिक महिला भवन करीव ६० हजारको लागतमा तयार गरि हस्तान्तरण गरेको समाजका अध्यक्ष थापाले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी