धुलिखेल असार ३०
चिकित्साजन्य क्षेत्रमा स्वस्थकर खाद्य सुरक्षाका व्यवस्थापनका विषयमा आवश्यक जानकारी आदानप्रदान गर्ने मुख्य उद्देश्यले हालै धुलिखेल अस्पतालमा खाद्य तथा सरसफाइ सुरक्षासम्बन्धी विशेष प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ ।
उक्त प्रशिक्षण कार्यक्रममा धुलिखेल अस्पतालमा कार्यरत ४० जना जनशक्तिको सहभागिता रहेको थियो । ग्लोबल एकेडेमी अफ टुरिजम् एन्ड हस्पिटालिटी एजुकेशसन (गेट कलेज)को भातृ निकाय गेट भोकेशनलका खाद्य सुरक्षा विज्ञहरूले उक्त कार्यक्रममा खाद्यउपभोक्ताहरूको स्वास्थ्य रक्षा गर्नको लागि आवश्यक सबै उपायहरूका बारेमा विस्तृत प्रशिक्षण प्रदान गर्नु भएको थियो ।
खाद्य उत्पादन तथा यसको सञ्चालन वा व्यवस्थापनकर्ताहरूले थाह पाउनुपर्ने खाद्यसाग सम्बन्धी जोखिम तथा तिनलाई व्यवस्थापन, नियन्त्रण वा न्यूनीकरणका लागि अबलम्बन गर्न सकिने उपायहरूका बारेमा प्रशिक्षण प्रदान गरिएको गेट भोकेशनलका मुख्य प्रशिक्षक कुमार चालिसेले जानकारी दिनु भयो ।
उक्त कार्यक्रममा खाद्यव्यवस्थापनसाग जनशक्तिले ध्यानदिनुपर्ने, व्यक्तिगत सरसफाइ, भान्साघरको सरसफाइ र खाद्यान्नको सरसफाइ, खाद्यान्नको सुरक्षित प्रभावकारी भण्डारण र अन्य जोखिम व्यवस्थापनका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।