भूकम्प प्रभावित १४ जिल्लामा आजदेखि पोषण सप्ताह सुरु हुँदै

भूकम्प प्रभावित १४ जिल्लामा आजदेखि पोषण सप्ताह सुरु हुँदै

  • आइतवार, असार १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

काठमाडौं, १३ असार ।

भूकम्प अति प्रभावित १४ जिल्लामा आजदेखि पोषण सप्ताह सुरु हुँदैछ ।

बालस्वास्थ्य महाशाखा अन्तर्गतको पोषण शाखा प्रमुख गिरिराज सुवेदीका अनुसार उपत्यकाका ३ जिल्लासहित गोरखा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, धादिङ, नुवाकोट, रसुवा, ओखलढुंगा, मकवानपुर, सिन्धुली, रामेछापमा एक हप्ताभरी पोषण सम्बन्धी कार्यक्रम गरिदैछ ।

सुवेदीका अनुसार यी जिल्लाका गर्भवती, सुत्केरी र बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्थाबारे जानकारी लिइनेछ  भने गर्भवती र महिलाका लागि आइरन चक्की, फोलिक एसिड चक्की वितरण तथा मातृ पोषण परामर्श समेत गरिनेछे ।

कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्षसम्मका सबै बालबालिकाको  पोषण अवस्था थाहा पाउन पाखुराको नाप लिइनेछ ।

अभियानका लागि भूकम्प प्रभावित जिल्लाका गाउँटोलमा स्वास्थ्यकर्मी र स्वंयसेविका खटिनेछन् । प्रभावित जिल्लामा स्वास्थ्यकर्मीले ५ वर्ष मुनिका बालबालिकामा कुपोषण छ, छैन भन्नेबारे अनुगमन गर्ने र त्यस्तो पाइएमा उपचार र औषधीको व्यवस्था पनि गरिएको सुवेदीले बताउनुभयो ।

भूकम्पपछि अति प्रभावित १४ जिल्लामा एकसय भन्दा बढी बालबालिकामा कुपोषण भएको पाईएको छ । पोषण सप्ताहमा ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्ष मुनीका बालबालिकालाई जुकाको औषधी पनि खुवाईनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी