सजिलै रोक्न सकिने विकराल समस्या– न्युरल ट्युव डिफेक्ट ( NTD )

सजिलै रोक्न सकिने विकराल समस्या– न्युरल ट्युव डिफेक्ट ( NTD )

  • मङ्लबार, असार ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

मानव मगज र सुषुम्ना शीर्ष झिल्ली एवं थुप्रै तहले ढाकिएको हुन्छ । भ्रुणअवस्थामा शरीर रचनाक्रममा ती भाग नढाकीईकन बाहिरै सतहमा देखिने या बाहिर निस्कने हुन्छ न्युरल ट्युव डिफेक्टमा । हरेक १० हजार नवजात मध्य पन्ध्र शिसुमा देखिने यो समस्या विकासोन्मुख देशमा ६ गुणा बढी सम्म भएको पाईएको छ ।
गर्भवतीमा जिंक र फोलेटको कमी, विकिरणको ज्यादा मात्रा, मधुमेहको समस्या तथा रक्सीजन्य पदार्थ एवं छारेरोगका केही औषधी आदिले गर्भमा रहेको बच्चामा यो समस्या ल्याउने गर्दछ । यस कारण रोग रोकथामको लागि गर्भ रहनु दुई महिना पल्यिै देखि र गर्भ रहेपछिको तीन महिना प्रत्यक दिन ४ मिलिग्राम सेवन गरे यो डिफेक्ट नहुने पाईएको छ । अहिले त खानामै फोलेट मिसाएको “फोर्टिफाईड फुड” पनि वितरण हुने गरेको छ केही देशमा । एक बच्चामा यो डिफेक्ट देखिएमा ती बाउआमालाई काउन्सिलिङको जरुरत पर्छ किनकि लगत्तै हुने बच्चामा NTD हुने सभावना बढ्छ र तिनमा एक वशाणुगत अध्ययन गर्न जरुरी पनि पर्न सक्छ । त्यस्ता आमाहरुलाई जिंक र भिटामीन ए पनि लाभदायी पाईएका छन् ।
यो डिफेक्ट गर्भावस्थामा अल्ट्रासाउण्डबाट प्रष्ट पत्ता लाउन सकिन्छ भने जन्मे पछि त मगज या सुषुम्ना बाहिरै देखिने हुदॉ सजिलै थाहा हुन्छ । तर यसको गहनता र फैलावट अनुसार नतिजा फरक आउन सक्छन् । मेरुदण्डको तल्लो भागमा बढी देखिने NTD थुप्रै रुप जस्तै “स्पाईना वाईफिडा” “ मेनिङगोमायलोसिल” “एनेन्कोफाली” “ईन्केफालोसिल” “ईनियनकेफाली” आदि नामका हुन्छन् । यो समस्या अरु जन्मजात आगिंक समस्यासगै‘ देखा परेर पक्षघात, दिशा पिशावको समस्या, वौद्धिकस्तरका कमी, टाउको ठूलो हुने, “हाईड्रोकेफालस” जस्ता रोगबाट समेत यी वच्चा पीडित हुन सक्छन् । एनेन्केफाली ( टाउकाको तालुपट्टिको भाग नवनेको ) भ्रुण र नवजात शिशु मृत्युदरको मुख्य कारण हो । “मेनिङगोमायलोसिल” मा हातखुट्टा नचल्ने, छालामा जोर्नीमा तातोचिसा, दुखाई थाहा नहुने, दिशापिशावको नियन्त्रण नहुने हुन्छ ।

समग्र रुपमा NTD भैसके पछि आमावुवाको लागि विकराल समस्या हो । गर्भावस्थामा अल्फा–फिटो प्रोटिन लेवल जॉचेर,अल्ट्रासाउण्ड गरेर थाहा पाउन सकिने यो समस्यामा उपचारको लागि जन्मपश्चात वालरोग बिशेषज्ञ, स्नायुविषेशज्ञ, न्यूरोसर्जन, यूरोसर्जन र अर्थोपेडिक सर्जनको संयुक्त समुहगत एप्रोचको जरुरत पर्छ । त्यस पछि पनि फिजियोथेरापिष्ट र साईकियाट्रिष्ट को भूमिका हुन सक्छ । यसमा गरिने सर्जरी भनेको डिफेक्टको क्लोजर ( बन्द गर्ने प्रकृया ) र हाईड्रोकेफालस ( ठूलो शिर ) भएमा भि.पी. सन्ट ( शिरबाट सिएसएफ पेटको पेरिटोनियममा पाईप माफृत पठाउने अप्रेसन ) नै हुन् ।
यस्ता वच्चामा जन्मनासाथ तत्काल समग्र निदानको जरुरत पर्छ । केही मात्रै ढिला भए हातखुट्टा नचल्ने, शीर बढ्ने, संक्रमण बढ्ने, दिशापिशाबमा समस्या, प्रजनन शक्ति नहुने, मजग विकास नहुने, छारेरोग हुने, ऑखाका समस्याहरु हुने, आदि थुप्रै बिरामहरुबाट बच्चा पीडित हुन पुग्छ । यस्ता वच्चा मध्य २ प्रतिशत हस्पिटल भर्ना भएकै बेला र १५ प्रतिशत १० वर्षको उमेर भित्र मर्न पुग्दछन् ।

यसर्थ, आमालाई सामान्य खनिज पदार्थ र भिटामिन उपलव्ध गराएकै भरमा रोक्न सकिने यो विकराल समस्या जनचेतनाको अभाव र गॉउघरमा गर्भवतीहरु प्राथमिक श्वास्य सेवाको पहुच भन्दा टाढा या वेवास्ताले गर्दा गर्भावस्थाको चेकअप नगराईरहनु जस्ता कारणले न्युरल ट्युव डिफेक्टको अवस्था अझ उस्तै छ । गर्भवतीहरुको लागि फोलिक एसिड, जिंक , भिटामिन ए को चेतना अनि एक नवजातमा NTD देखिईसकेका आमाहरुको अर्को गर्भ रहनु अघि काउन्सीलिङ गर्न सके यो समस्याको जरै देखि हल हुने देखिन्छ । यसका लागि सरकारी पहल, प्राथमिक श्वास्थ्य सेवा पंहुच तथा हामी प्रत्यक नागरिकमा चेतना र प्रतिवद्धता जरुरी छ ।

– डा. धर्मागत भट्टराई

Pediatrician

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी