चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र वीर अस्पतालबीच पुनः विवाद

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र वीर अस्पतालबीच पुनः विवाद

  • बिहिबार, असार ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

काठमाडौं, ३ असार ।

(ट्रमा सेन्टर सञ्चालन प्रक्रियाबारे चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र वीर अस्पतालबीच पुनः विवाद सुरु भएको छ ।

माघ तेस्रो साताबाट जेनतेन चलाइएको ट्रमा आ–आफ्नै मातहत चलाउन दुवै निकायका उच्च अधिकारीबीच खिचातानी चलिरहेको बेला स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले ट्रमाका लागि छुट्टै दरबन्दी सृजना गरेपछि विवाद थप चर्कने भएको हो  ।

यसअघि वीरअन्तर्गत नै रहने गरी छुट्टै डेपुटी डाइरेक्टर राखेर ट्रमा सेन्टर सञ्चालन गर्ने सहमति भए पनि पछिल्लोपटक न्याम्सअन्तर्गत रहनेगरी कामकारबाही अगाडि बढाइएको वीरका अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डितले जानकारी दिनुभयो ।

जेठ २१ को मन्त्रिपरिषद बैठकले ट्रमा सेन्टरका लागि २ सय ८८ जनाको दरबन्दी स्वीकृत गरी प्रतिष्ठान सक्षम नहुँदासम्म सरकारले नै कर्मचारी व्यवस्था गर्ने निर्णय लिएको थियो ।

ट्रमा सञ्चालनमा सघाउने गरी भएको यस निर्णयले यसअघि ट्रमा वीरअन्तर्गत नै सञ्चालन गर्ने मन्त्रिपरिषदकै निर्णय सच्याएर न्याम्सअन्तर्गत राख्न सहज बनाएको अधिकारी बताउँछन्।

सरकारले हस्तान्तरणपूर्व नै ट्रमालाई स्वास्थ्य मन्त्रालयअन्तर्गत लैजाने निर्णय लिएकोमा पुस ११ को मन्त्रिपरिषदले यसअघिको ‘ट्रमा सेन्टर विकास समिति’ गठन आदेश खारेज गरी पुनः वीर अस्पतालबाटै सञ्चालन गर्ने निर्णय लिएको थियो।

ट्रमा सेन्टरमा रहेका पदाधिकारी स्वतः अवकाश हुने र ट्रमा विकास समितिको चलअचल सम्पत्ति, ऋण तथा दायित्व सम्पूर्ण न्याम्सको स्वमित्वमा सार्ने त्यतिबेलै निर्णय भएको थियो।

यस्तो निर्णयसँगै न्याम्स पदाधिकारीले ट्रमाका दुई विभाग अर्थोपेडिक्स र न्युरो सर्जरीलाई सारेर तत्काल सञ्चालन गर्ने निर्णय गरेका थिए।

यस्तो निर्णयसँगै न्याम्स पदाधिकारीले ट्रमाका दुई विभाग अर्थोपेडिक्स र न्युरो सर्जरीलाई सारेर तत्काल सञ्चालन गर्ने निर्णय गरेका थिए। ट्रमालाई एउटै आर्थिक र प्रशासनिक संरचनाअन्तर्गत वीरअन्तर्गत राखेर डेपुटी डाइरेक्टर नियुक्त गरी चलाउने सहमति भएको निर्देशक पण्डितले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी