श्रावण महिनापछि अछामका सम्पूर्ण उप स्वास्थ्यचौकी स्वास्थ्यचौकीमा परिणत हुने

श्रावण महिनापछि अछामका सम्पूर्ण उप स्वास्थ्यचौकी स्वास्थ्यचौकीमा परिणत हुने

  • सोमवार, जेष्ठ ३२, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

अछाम, ३२ जेठ ।

अछाम जिल्लाका सम्पूर्ण उप स्वास्थ्यचौकीहरु आगामि श्रावण महिनावाट स्तरोन्नती भएर स्वास्थ्यचौकीमा परिणत हुने भएका छन । हाल जिल्लामा रहेका ५३ वटा उपस्वास्थ्यचौकीलाई स्तरोन्नती गरी स्वास्थ्यचौकी बनाँउन लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय अछामका जनस्वास्थय अधिकृत मुकेश अधिकारीका अनुसार उपस्वास्थ्यचौकीमा आवस्यक जनशक्ति र सेवासुवीधाको प्रवन्ध मिलाई स्वास्थ्यचौकीमा परिणत गरिने भएको छ । हाल जिल्लामा ५३ वटा उपस्वास्थ्यचौकी रहेकोमा १७ वटा स्वास्थ्यचौकी, २ वटा प्राथमिक स्वास्थ्य केन्द्र, एक सामुदायिक अस्पताल र एक जिल्ला अस्पताल रहेका छन ।

उपस्वास्थ्यचौकीको स्तरउन्नती भई स्वास्थ्यचौकी बनाईएमा नागरिकहरुलाई थप सहज रुपमा स्वास्थ्य सेवा लिन सजिलो हुने अनुमान गरिएको छ ।

यसैबिचः जिल्ला अस्पताल अछामको आयोजनामा सञ्चारकर्मीहरुसंगको जनसंख्या बिषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत तथा कार्यालयका निमित्त प्रमुख मुकेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा अछाममा जनसंख्याको बिभिन्न अवस्थाहरुवारे छलफल गरिएको छ । कार्यक्रममा अछाममा १०० जना महिलामा ८७ जना पुरुष रहेको तथ्यंक प्रस्तुत गरिएको थियो ।

यस्तै जिल्लामा परिवार नियोजनको साधनवारे अधिकाँशलाई पूर्ण रुपमा जाँनकारी भएपनि प्रयोग दर भने ३० प्रतिशत मात्र रहेको पाईएको छ । यस्तो अवस्थामा जिल्लाको कुल जन्मान्तरमा बढावा भईरहेको जिल्ला स्वास्थ्य कार्यालयको भनाई रहेको छ ।

अछामको २ लाख ५७ हजार ४ सय ७७ जनसंखया रहेकोमा ३१ हजार १५ जना बाहीर रहेको तथ्यंक रहेको छ । उनिहरु रोजगारीको शिलशिलामा बिदेश र स्वदेशमै पनि अन्य जिल्लामा रहेको जनाईएको छ ।

अछाममा सबैभन्दा बढी जनसंख्या ५ देखी १५ वर्ष उमेर समुहको झण्डै ३० प्रतिशत रहेको छ  भने युवाहरुको संख्या २४ प्रतिशत रहेको पाईएको छ ।

काम गर्न सक्ने युवा शक्तिलाई स्वास्थ्य र अन्य क्षेत्रमा सही सदुपयोग गर्न सकेमा हरेक क्षेत्रको विकासमा टेवा पुग्ने सहभागि सरोकारवालाहरुले बताएका छन ।

अभिमुखीकरण कार्यक्रममा नेपाल पत्रकार महाँसंघ अछामका सचिव शिवराज ढुंगानाले अछामको जनसंख्याको अवस्थालाई मध्यनजर गर्दै तदनुरपका सुचना सन्देशहरु प्रशारण प्रकाशन गर्न सञ्चारकर्मीहरु लागिपर्ने प्रतिबद्धता जनाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी