गर्मीमा फलफूल र पेय पदार्थ खाँदा सावधानी अपनाउ : चिकित्सक

गर्मीमा फलफूल र पेय पदार्थ खाँदा सावधानी अपनाउ : चिकित्सक

  • सोमवार, जेष्ठ ३२, २०७२
  • मिर्मिरे अनलाइन

  • 16.1K
    SHARES

काठमाडौं, ३२ जेठ ।

गर्मी मौसममा फलफूल र पेय पदार्थ खाँदा सावधानी अपनाउनसुझाव दिएका छन् ।

गर्मीको महिनामा  शितलका लागि खाइने फलफूल, जुस र पेय पदार्थले स्वास्थ्यमा हानी पुर्याउन सक्ने भन्दै डाक्टरले सावधानी अपनाउन यस्तो सुझाव दिएका हुन् ।

सडकपेटीमा फलफूल नछोपीकन र सफा पानीले नपखाली राखिने भएकाले त्यस्ता ठाउँका फलफूल खान भनिएको छ । गर्मी हुने बित्तिकै बजारमा पाइने पेय पदार्थ नखान पनि डाक्टरको सल्लाह छ ।

यसैबीच एकहप्ता यता बालबालिकामा झाडापखाला र आउँको समस्या बढ्दै गएको पाइएको छ ।

सडकपेटीमा राखिएका खानेकुरा र दूषित पानीको प्रयोगका कारण झाडापखाला र आउँका विरामी बढेको कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर गणेश राईले बताउनुभयो ।

अहिले झाडापखाला र आउँका ३ देखि ४ सय बिरामी उपचारका लागि पुग्ने गरेको कान्ति अस्पतालले जनाएको छ । खानेकुरा, पिउने पानी र सरसफाईमा ध्यान दिन सके यस्ता रोगबाट बच्न सकिने डाक्टरहरुको सुझाव छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी