तुलनात्मक रुपमा नेपालमा वालमृत्युदर घटेको छ । तर पनि वाल श्वास्थ्य वर्तमान अवस्थामा संवेदनशील छ । बच्चा पेटमा आएदेखि काख र कोक्रो हुदै स्कूल जादा सम्म र अझ भनौ १५/१६ वर्ष सम्म उसको समग्र श्वास्थ्यका लागि अभिभावकहरु चिन्तित हुने गर्दछन् । त्यसैले वच्चाहरुको श्वास्थ्यमा हामीले ध्यान दिनु पर्ने कुराहरु के छन् ? बच्चामा देखिने निमोनिया, झाडापखाला लगायतका विभिन्न समस्याहरुको कारण के हो ? यसको समाधान कसरी हुन्छ आदि विषयमा अल्का अस्पतालमा कार्यरत वाल तथा किशोर रोग विषेशज्ञ डा. धर्मागत भट्टराईसग‘ मिर्मिरेका लागि सिर्जना तिम्सिनाले गरेको कुराकानी:
नेपाली परीवेशमा बालबालिकामा के कस्ता जटिल समस्या देखिने गर्दछन् ?
अधिकाशं विकासउन्मुख देशहरुमा देखिने प्रकोप भनेको स्वास र पाचन सम्बन्धि सरुवा रोग हो । नेपालमा पनि झाडापखाला र स्वास प्रस्वास सम्बन्धी रोगहरु नै बढी देखिन्छन् । आन्द्रा र पेटमा भएको समस्याका कारण झडापखाला हुने गर्छ । अर्को बच्चामा देखिने धेरै समस्या स्वास प्रस्वास नै हो । अहिले हाम्रो देशमा बाल मृत्युदर बढाएको प्रमुख रोगहरु मध्य पनि यी दुई मुख्य हुन् ।
भर्खर जन्मेको बच्चामा जन्मजात या क्रोमोजोमको गडबडिले गर्दा देखिने समस्याहरु पनि बढी छन् । त्यस्ता कतिपय बच्चाहरु धेरै बाच्ने सम्भावना पनि रहदैन । सुरुको अवस्थामा बाल मृत्युदर बढाउने एक मुख्य कारण यो पनि हो । तर समग्रमा बाल मृत्युदरका कारण अहिले पनि नेपालमा झाडापखाला र स्वास प्रस्वासको समस्या नै हो ।
नाबालक शिसुमा कस्तो समस्याहरु देखिन्छ मुख्य गरी ?
हाम्रो जस्तो विकासोन्मुख देशमा सबैभन्दा बढी देखिने समस्या भनेको पााच बर्ष भन्दा मुनिको बच्चालाई देखिन्छ । त्यसमा पनि नवजात शिशु जन्मिएदेखि २८ दिन सम्मका बच्चामा थुप्रै समस्या देखिश्न्छ । त्यसलाई पनि दुई भागमा बिभाजन गर्न सकिन्छ । ४० हप्ता पुगेर जन्मिएको बच्चा र ४० हप्ता अघि नै जन्मिएको बच्चा बच्चा सामान्यतया ४० हप्तासम्म आमाको गर्भमा रहनुपर्छ तर सबै बच्चा त्यति समय गर्भमा रहदैनन् । धेरै भने ४० हप्ता अघि नै जन्मन्छन् ।
३७ हप्ता भन्दा पछि जन्मने बच्चालाई टर्म वेवी भनिन्छ ,तीनिहरुमा म्याचुरिटी अलि राम्रो हुन्छ तर कम अवधिमा जन्मिएका (प्रि टर्म) मा कम हुन्छ । प्रि टम बच्चा हुर्काउन आमाको पेट भित्र भएको जस्तै वातावरण दिनुपर्छ । तातो अर्थात न्यानो बनाएर उसलाई राख्नुपर्छ । चिसो ,ईन्फेक्सन सहदैन ,रोग साग लड्न सक्ने क्षमता पनि कम हुन्छ , फोक्सो पनि पुरै विकसित भएको हुदैन ।
(आमाको पेटमा हुदा बच्चाले फोक्सोले स्वास लिदैन, सालबाट मात्रै स्वास लिने गर्छ । जब बच्चा आमाको गर्भबाट बाहिर आएर रुन्छ तब मात्र उसको फोक्सो फुल्छ । त्यसपछि मात्र फोक्सोले स्वास प्रस्वास सुरु गर्छ । )
त्यसैले प्रि टम बच्चाले त्यो सामथ्र्य विकास गरीसकेको हुदैन । यस्ता धेरै कुराले २८ हप्ता भन्दा अघि नै जन्मिएको बच्चालाई हाम्रो परीवेशमा बचाउन निक्कै गाह्रो हुन्छ । बिदेशमा भने त्यस्ता बच्चाहरु पनि बचाउन कृत्रिम अत्याधुनिक क्षेत्र उपलव्ध छन् जहॉ २२ /२४ हप्ताको वा ६ सय ग्रामको बच्चापनि बचाउन सकिन्छ ।
समग्रमा भन्नुपर्दा सुरुमा देखिने ग्लुकोज कम हुने र स्वास प्रस्वासको समस्या बच्चा जन्मिने बित्तिकै नरुनुको कारण समस्या हुन्छन् । कारण जे सुकै भए पनि तिनमा रक्तसन्चार र स्वास प्रस्वास रोकिने हुन्छ र यसले क्रमिक समस्याहरु देखिदै जान्छन् ।
अर्को समस्या ईन्फेक्सन र हाईपोथर्मिया ( चिसो हुनु ) हो । नवजात शिशुले चिसो सहन सक्दैन त्यसैले अहिले बच्चालाई सिधै आमाको छातिमा टासेर राखिने कंगारु मातृ स्याहार भनेर डब्लु एच ओ ले प्रोगाम ल्याएको छ । यसले बच्चालाई तातो राख्ने, संक्रमणबाट बचाउने र वजन बढन मद्धत गर्ने गर्छ । नवजात शिसुको शरीर कमजोर हुनाले तिनमा संक्रमणको संभावना बढी हुन्छ । त्यसैले हामीले संक्रमणबाट बचाउन ध्यान दिनु पर्ने हुन्छ ।
प्राय सबै बच्चामा जन्डिस देखिन्छ , यो के कारणले हो ?
सानो बच्चामा रातो रक्तकोषमा हुने हेमोग्लोविनको पोरफाईरिन भन्ने तत्व टुक्रिएर विलिरुविन वन्छ जसले सरफेस पहेलो बनॉउछ । रक्तकोष बन्ने र टुक्रिकेक्रम बच्चामा ज्यादा हुन्छ । त्यहि कारणले नवजात जण्डिस हुन्छ । यो भनेको रातो रक्तकोष बढ्नु हो । लगभग ५० देखि ६० प्रतिशत नवजात शिसुमा यस्तो जण्डिस हुन्छ तर ती सवै उपचार चाहिने हुन्नन् । तोकिएको विन्दु भन्दा बढी विलिरुविन देखिएमा फोटोथेरापी या अझै बढी भएमा ब्लड एक्सचेन्ज गर्नु पर्ने हुनसक्छ ।
यो लाईटको मुनि राखेर फोटो थेरापि गराए निको हुन्छ ।
अमेरीकन एकेडेमी अफ पेडियाटिक्स ( एएपी ) ले एउटा चार्ट दिएको छ त्यसबाट जण्डिसको मात्रा हेरेर उपचार गर्नु पर्ने वा नपर्ने छुट्याईन्छ । सामान्यतया समग्रमा ३५ हप्ता भन्दा माथि जन्मिएको बच्चाको जण्डिसको मात्राको सुरक्षित लेवल पहिलो दिनबाट बढ्दै गएपनि निश्चित विन्दु सम्म नर्मल हुन्छ ।
नवजातमा हुने जण्डिस हामी एडल्टमा हुने जण्डिस भन्दा फरक कारण र प्रकृति हो । यी दुवैलाई एकै तरीकाले हेर्ने सामाजिक अन्धविस्वासहरु गलत हुन् । अरु या ठूला बच्चाहरुमा देखिने जण्डिस धेरै जसो फोहोर पानी र खानाबाट देखिने हेपाटाईटिस ए र ई हो । यो भाईरस खाना पानीको कारणले बच्चाको शरीरमा घुस्छ र कलेजोमा असर गरेर लिभरमा ईन्फेक्सन गराउछन् । यस्तो बच्चालाई विश्राम तथा सपोर्टिभ उपचार गर्नु पर्ने हुन्छ । त्यसैले नवजात शिशु र अलि ठुला बच्चामा देखिने जण्डिस फरक हो । यी बाहेक रगतबाट / वीर्यबाट/ संक्रमित आमाबाट जन्मेका बच्चामा गर्भावस्थामा सर्ने खालको हेपाटाईटिस वी भन्ने भाईरसको कारण हुने जण्डिस पनि छ । त्यो गलत प्रकृतिको हुन्छ र उपचार पद्धति पनि फरक छ ।
धेरै बालबालिकामा झाडा पखाला बारम्बार भईरहेने हुन्छ । के कारणले हो ?
बच्चाको उमेर बढ्दै जादा उसमा आउने परीवर्तनहरुले पनि समस्या हुन्छ । बच्चाले हाल चलाउने तथा जे हातमा आयो त्यहि मुखमा लगेर खाने गर्दा पाचनप्रणालीमा जाना साथ थुप्रै भाईरस ब्याक्टेरीया एमिवा तथा एक कोषीय जीवाणुहरुले संक्रमण गर्ने र रोग लाग्ने हुन सक्छ ।
यस्तै ,खानपानमा ध्यान दिएन भने पनि बच्चा कुपोषणको सिकार हुन पुग्छन् । कतिपय ठाउमा अज्ञानताको कारणले , त कहि सन्तुलित आहारको कमी र सचेतनाको अभावमा पनि बच्चालाई कुपोषण हुने गर्छ । अनि कुपोषित बच्चा एकातिर रोग क्षमता शक्ति कमजोर हुन्छ भने अर्कोतिर सर्ने बढी पखाला, स्वासका समस्याबाट पीडित हुने गर्छन् ।
बच्चा छ महिनासम्म नहुन्जेल आमाको दुध मात्रै खुवाउनुपर्छ । आमाको दुधले रोगसाग लड्न सक्ने क्षमतामा बृद्धि हुन्छ भने पनि ब्यावहारमा त्यो अझै लागु हुन सककिरहेको छैन । खोप लगाएर बच्चालाई सुरक्षीत गर्नुभन्दा आमाको दुधले थुप्रै बिरामिबाट लड्न सक्ने क्षमता बढी पाउछ । पुरा ६ महिना आमाको दुध मात्र खुवाईएका बच्चामा झडापखाला र स्वास प्रस्वासको समस्या वोटलबाट अरु दुध खुवाईएको बच्चामा भन्दा धेरै कम हुन्छ । ती पूर्व स्तनपान भएका बच्चामा थुप्रै बीमारसग‘ लड्ने तत्वहरु हुन्छन् ।
धेरै आमाहरुले अहिले पनि छ महिना पुरा आफ्नो दुध मात्र खुवाउदैनन् । दुध पुगेन भन्ने पनि गरेका छन् के छ ?
छ महिना अघि बच्चा बिरामी भएमा औषधि खुवाउनु हुन्छ तर अन्यथा दुध बाहेक अन्य कुनै कुराहरु भने खुवाउन हुदैन र पर्दैन । आमाको दुधमा नै खाना पानी र सबै आवश्यक पर्ने सबै तत्वहरु प्राप्त हुन्छ । धेरै आमालाई मेरो दुध पुगिरहेको छ कि छैन भन्ने आसङका हुन्छ ।
पर्याप्त दुध पुगेको बच्चामा यी कुराहरु पाईन्छन् ।
पहिलो : आफ्नो बच्चाले दिनमा सात पटक भन्दा बढी पिसाव गर्छ ।
दोस्रो : दिनमा २० देखि ३० ग्राम भन्दा बढी वजन बढेको छ ।
तेस्रो : बच्चा दुध पिउने बित्तिकै उसको चिड्चिडापन हटाएर केहि समय आरामसाग सुत्छ ।
चौथो : बच्चालाई दुध पिलाएपछि त्यो स्तनमा आमालाई हल्का अनुभव हुन्छ ।
यसको लागी हरेक १ हप्तामा बच्चाको वजन बढेको छ छैन भनेर चेक गर्न सक्नु हुने छ ,यदी वजन बढेको छ भने तपाईको बच्चालाई दुध पुगेको छ । तर बच्चाको वजन बढेको छैन भने तपाईलाई थाहा नहुने कुनै रोग लागेको हुनुपर्छ या दुध कम भईराखेको बुझ्नु पर्छ त्यसबेला चिकित्सिकसाग परामर्श लिन पर्न सक्छ ।
के कारणले बच्चाको वजन कम हुन्छ ?
जन्मिएपछि बच्चाको वजन घट्छ तर त्यो पहिलो दुई हप्तामै परिपूर्ति हुनु पर्छ । यो सामान्य प्रक्रिया हो । तर १० दिन पछिका कुनै पनि दिनमा वजन कम भयो भने त्यो राम्रो हैन । बच्चा भनेको बृद्धि र विकासको अवस्थामा हुन्छ । त्यसमा तौल कहिल्यै घट्नु हुन्न । सुरुमा बढी वजन बढ्ने र पछि कम बढ्ने हुन्छ । यदि बच्चाको वजन बढेको छैन भने हामिले निम्न कुरा ध्यान दिनुपर्छ– बच्चामा पोषण पुगेको छैन । सन्तुलित आहार पाएको छैन । उसलाई दिभर जति आवश्यक्ता खानपान बाट चाहिन्छ त्यसमा कमी छ । अथवा हामीले नदेखेको बाहिरी वा भित्री कुनै रोग छ । यसलाई पहिल्याएर त्यसको निदानमा अभिभावक अग्रसर हुनुपर्छ । कतिपय अबस्थामा बच्चालाई जंङक फुड खुवाउदा पनि वजनमा थप घट हुनुका साथै अन्य स्वास्थ्य समस्या आउन सक्छ । हाम्रो देशमा नभएपनि भारतको थुप्रै राज्यमा सिलियाक रोग भन्ने ग‘हुको एलर्जी बच्चामा देखिएको छ । यो गहु‘बाट बनेको खानेकुरा बच्चालाई खुवाउदा हुने समस्या हो । गहुवाट बनेको खानेकुरा खादा बच्चामा रक्क्त अल्पत्ता हुने र उसको वृद्धि विकासमा समस्या आउने आदि थुप्रै समस्या देखिन्छन् ।
बालबालिकाको वौदिक विकासलाई धेरै अभिभावकले ध्यान नदिएको पाईन्छ, यसबाट कस्तो असर परिरहेको छ ?
बिश्व स्वास्थ्य संगठनले तयार पारेको चार्ट अनुसार प्रत्ये महिना तौल , उचाई शिरको वृद्धि कति छ जॉचेर हेर्न सकिन्छ । त्यसरी हेर्दा दुई तीन महिना सम्म पनि उसको वजन ,उचाई ,तौल नबढेमा बच्चा नर्मल छैन भन्ने बुझ्नु पर्छ । खानपानमा कमि पनि गरेको छैन भने त्यस्तो बेला रोग हुने संभावना बढी हुन्छ जसको लागि जाच निरीक्षण गर्नु पर्दछ ।
कस्ता बालबालिका निमोनियाको बढी सताउछ ?
पााच बर्ष मुनिका बालबालिकामा निमोनियाले बढीे सताउ‘छ । त्यसमा पनि सन्तुलित आहार नपाएका, स्तनपान नगराईएका यो बढी हुने गर्छ । बच्चालाई स्वासप्रस्वास सम्बन्धी समस्या भए नभएको छुट्याउन सजिलो छ । यदि बच्चालाई रुघाखोकि मात्र लागेको छ भने धेरै अत्तिनु पर्दैन । रुघाखोकि सागै निमोनिया हुने सम्भावना बढीरहेको छ या छैन भन्ने जान्न डब्लु एच ओ ले निम्न कुराहरु उल्लेख गरेको छ । बच्चालाई निमोनिया भएको छ /छैन भनेर घरमा नै छुट्याउन सकिन्छ । बच्चालाई तीन ग्रुपमा छुट्याउनुहोस् । पहिले त बच्चाको स्वासको गति हेर्नुहोस् ।
उमेर स्वास प्रस्वासको गति समय
० देखि २ महिना – ६० भन्दा बढी प्रति मिनेट
२ महिना देखि १२ महिना -५० भन्दा बढी प्रति मिनेट
१२ महिना देखि ५ बष – ४० भन्दा बढी प्रति मिनेट
यो माथिको चार्टमा देखाए जस्तै उमेर अनुसार बच्चाको स्वास प्रस्वासको गती छ भने स्वास प्रस्वासको समस्या अझ जटिल बनेर निमोनिया हुने सम्भावना तिर जादै भन्ने बुझौं ।
नर्मल बच्चाको जति रुघा लागेर नाक बन्द भए पनि कोखा हान्दैन । करङ र पेटको जोर्नीको भाग भित्र बाहिर गर्ने प्रकृया र दुई करङवीचको भाग सक्किने भएको छ भने त्यो खतराको संकेत हो ।
जति बच्चा सिरीयस हुदै गयो दुईवटा करङको बीचको भाग पनि जोडले भित्र बाहिर गर्छ र स्वासप्रस्वासको गति बढीरहेको छ भने निमोनिया भएको हुन सक्छ । यो वाहेक बच्चा सुस्त हुदै गएको छ, एक्टीभीटी कम हुदै गएको छ, व्यवहारमा चिडियापन आएको छ भने ती पनि खतराका संकेत हुन् ।
बच्चाहरुले किन खोकिरहन्छ ?
बच्चाले खोक्नु धेरै चिन्ताजनक हैन । मौसम परीवर्तनका क्रममा पनि खोक्ने समस्या देखिन्छ । तर यो प्रक्रिया बढेर अति धेरै भयो भने पक्कै पनि निगरानी जाचको जरुरत पर्दछ । अधिकाश भाईरलका कारणले उपल्लो स्वास प्रस्वासको नलीमा हुने ईन्फेक्सनले खोकी ल्याउन सक्छ जसमा एन्टीवायोटिक चाहिदैन । घरेलु स्याहारबाट ठीक पार्न सकिन्छ । बच्चालाई न्यानो बनाउने, पसीना आयो भने धेरै बेर त्यसै नछाड्ने , दुध बारम्बार खुवाईरहने आदि स्याहारका पक्षहरुलाई निरन्तरता दिनु पर्दछ ।
बालबालीकामा दम र बाथ बालबालिकामा हुदैन भन्ने बुझाई छ । बास्ताविकता के हो ?
बच्चालाई पनि बाथ ,दम हुन्छ । तर ठुलो मान्छेमा हुने भन्दा फरक हुन्छ त्यसैले यसको उपचारपद्धती पनि फरक हुन्छ । बच्चामा बाथ अथवा दम भयो भने र उपचार गरिएन भने पछि अझ जटिल र दिर्घकालीन समस्याहरु देखिन सक्छन् । तर प्रकृति अलग हुन्छ बच्चा र ठूलो मान्छेको दममा । बच्चालाई हुने बाथलाई जेवेन्नाईल आर्थराईटीस भनिन्छ । यो ठूलो मान्छेमा हुने आर्थराईटीस भन्दा अलग हुन्छ र उपचारको पद्धति पनि अलग हुन्छ ।
दमको कुरा गर्दा सामान्यतया बच्चाको चार पााच बर्षको उमेर भन्दा पहिला ठ्याक्कै दम नभए पनि हाईपर एक्टीभ एयर वे डिजिज भन्ने हुन्छ । यो स्वास प्रस्वास नली नाकबाट शुरु भएर फोक्सो सम्म पुग्छ यसलाई एयर वे भनिन्छ । यो एयर वे मा भएका रोग क्षमता प्रतिकृया चाहिने भन्दा बढी हुदॉ दमको समस्या देखिन सक्छ । बच्चाको दम चाही समयमै उपचार गर्दा पूर्ण रुपले निको हुन्छ । अत्यन्त आशाबादी हुन सकिन्छ । हामीले यसलाई वेवास्ता गर्नु हुदैन । नियमित उपचारको जरुरत पर्ने गर्छ वच्चाको दममा ।
बच्चामा मुटुको समस्या देखिन्छ । तर जाच गर्दा समस्या केही छैन भन्नु हुन्छ के हो यो समस्या ?
वच्चाको मुटुको समस्या कतिपय जन्मजात हुन्छ र पछि मात्र देखा पर्ने हुन्छन् । बच्चाको मुटु दुख्ने समस्या खास गरी बच्चामा पटक पटक घाटी दुख्ने समस्या समयमै निको पारिएन भने पनि आउन सक्छ । घाटीको समस्याले रिमिटेक हर्ट डिजिज बनाउछ । त्यसैले बच्चाले घाटी दुख्यो भने समयमै उपचार गराउनु आवस्यक हुन्छ । यी बाहेक मुटुका भल्भमा हुने समस्या , मुटु बाहिर पानी जम्ने तथा मुटुको पम्पिङमा समस्या आउने बिरामीहरु मुटुका आफ्नै या शरीरका अरु प्रणालीगत विरामीको प्रस्तुतिका रुपमा देखिन सक्छन् । यी समस्याहरु डाक्टरको क्लिनिकल जॉच र केही रेडियोलोजिकल ईमेजिनबाट थाहा पाउन सकिन्छ ।