काठमाडौ, १४ जेठ ।
केहि दिन यता देशभर गर्मी बढ्दै गएको छ । गर्मी बढेसंगै आफ्नै दैनिक खानपानमा ध्यान दिन र टन्टलापुर घाममा वाहिर ननिस्कन डाक्टहरुले सुझाव दिएका छन ।
गर्मीमा धेरै पसिना आउने र पसिनाको माध्यमबाटै नुनिलो पदार्थ बाहिर निस्कने भएकाले शरिरमा पानीको मात्रा कम हुने हुदा यस्तो बेला निस्कनै परे पनि केहि खाने कुरा खाएर सनिस्कन सुझाव दिएका छन ।
शरीरमा पानीको मात्रा कम भएपछि हात खुट्टा बाउँडिने, रिंगटा लाग्ने बेहोस हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने भन्दै डाक्टरहरुले तातो हावा चलेका बेला सकेसम्म बाहिर निस्कन नहुने बताएका हुन ।
तातो हावाबाट बच्न घर भित्रै र घर वरिपरिकै खानेकुरालाई सन्तुलन मिलाएर खान सकिने डाक्टर हरुको भनाइ छ ।
गर्मी धेरै भए पानीमा कागती र नुन मिसाएर खाने र तातो पानी, मोहीमा नुन वा चिनी राखेर, नरिवलको पानी, बाबरीको सर्वत वा अचार अनि प्याज खाए शरीरलाई चाहिने तरल पदार्थ र पौष्टिक खानु सकिने बताएका छन । । तर गर्मीमा शीतल हुन्छ भनेर बजारमा पाईने पेय पदार्थ भने खान नहुने डा अरुणा उप्रेतीका सल्लाह छ ।
काठमाडौं उपत्यका सहित देशभर अझै गर्मी बढ्ने मौसमविद्ले बताएका छन् । विशेषगरी पश्चिम तराईमा तापक्रम बढेसँगै तातो हावा लु चल्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
स्थानिय वायुलाई अरव सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुले साथ दिएपछि मौसम बदली भएको हो । यो प्रिमनसुनको प्रक्रिया भएकाले नआत्तिन तर सतर्क पनि आग्रह गरिएको छ ।