महिलाको यौन क्षमता बढाउन भियग्रा आउदै , जान्नुस किन उमेर बढ्दै जादा महिलामा यौन ईच्छा कम हुन्छ ?

महिलाको यौन क्षमता बढाउन भियग्रा आउदै , जान्नुस किन उमेर बढ्दै जादा महिलामा यौन ईच्छा कम हुन्छ ?

  • बिहिबार, जेष्ठ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 32.6K
    SHARES

बारबरा गात्सुओ ४० वर्ष भन्दा माथि पुगीरहेकी थिईन् । यसै समयमा पहिलो पटक उनलाई पतिसग‘को यौन सम्बन्धका सन्दर्भमा फरक अनूभूति हुन थालेको थियो । तै पनि मैले मेरा श्रीमान्सग‘ यस विषयमा केही भनिन । मैले अनूभूति गरे कि मलाई यौन ईच्छामा कमी भएको छ ।
अहिले ती नै बारबरा ६६ वर्षकी भएकी छन् र उनी श्रीमान्सग‘ यौन सम्पर्क राख्नु नपरोस् भनेर बेलुका पनि चाडै सुत्न हिड्छिन् भने बिहान श्रीमान् उठ्नु भन्दा अगावै उठ्छिन् ।
तर यदी श्रीमान्ले ईच्छा देखाए भने उनी यौन सम्मर्कका लागि अस्वीकार गर्दिन थिईन् किन भने श्रीमान्लाई ठेस नपुगोस् भनेर ।
उनी भन्छिन् “ केही समय पछि मैले सोच्न थाले म पतिसग‘ प्यार गर्छु , भव्य विवाह भएको हो , सुन्दर बच्चा छ तर के भईरहेको छ ? समस्या एउटै थियो यौन ईच्छाको कमी ।
हुनत धेरै लामो सम्बन्ध कायम भएका मानिसहरुमा समय सग सगै चाहना र शक्ति कम हुदै जान्छ ।
बारबराको लागि श्रीमान् मात्रै हैन जो सुकै पुरुष भए पनि आकर्षित गर्ने कुरा थिएन ।

४ जुन भित्रमा महिलाका लागि नया औषधी आउने ?

यौन मामलामा मनोचित्सिकहरुले यौन ईच्छामा उत्तार चढाप आउनु सामान्य कुरा भएको बताउछन् । उमेर बढ्दै गए पछि महिलाहरुमा यौन ईच्छा कम हुन्छ । केही चिकित्सकहरुले अध्ययन गरेर भनेका छन् कि दिमागको केमिकलमा हुने असन्तुलनका कारण महिलाको उमेर वृद्धि भए सगै‘ यौन ईच्छा कम हुदै जाने भनेका छन् । यस्ता महिलाहरु जो उमेर बढ्दै जादा पनि यौन ईच्छा कायम राख्न चाहन्छन् भने उनीहरुका लागि भियग्रा आउदै छ ।

अमेरीकी फुड एण्ड ड्रग्स एडमिनिस्ट्रेसन ( एफडीए ) ३ या ४ जुनदेखि एक सल्लाहकार समितिको बैठक बोलाउदै छ । यसै समितिले महिलाका लागि फ्लििवानसेरिन ( फिमेल भियग्रा ) को प्रयोगमा अनूमति दिन आवस्यक छ या छैन भन्ने विषयमा निर्णय गर्ने छ ।

महिलामा यौन ईच्छा किन कम हुन्छ ?

महिलामा ईच्छाको कमीको वास्तविकताको बारेमा वैज्ञानिकनै पनि अन्तिम कुनै निष्कर्षमा पुगीसकेका छैनन् । तर पनि मस्तिष्कसग‘ यसको सम्बन्ध रहेकोमा वैज्ञानिहरुको विस्वास छ ।
सेन्ट डिएगो स्थित क्यालिफोनिया विश्वविद्यालयका मनोचिकित्सक स्टीफन स्टाहल भन्छन् “ पुरुषमा यौन मामलामा तीन समस्या हुन्छ । ईरेक्सन , ईरेक्सन फेरी ईरेक्सन । उनी अगाडी थप्छन् महिलाको यौन समस्या पनि तीन खालकै छ डिजायर , डिजायर फेरी डिजायर ।
एक द्धिान्त छ कि हाईपो एक्टीभ सेक्सुअल डिजायर डिस अर्डर अर्थात महिलाको यौन चाहनाको कारण दिमागको अलग अलग हिस्साको स्वीच अफ् हुन नपाउनु हो । यो हिस्साले दिन दैनिक कार्यहरुको याद गर्दछ ।
कल्पना गर्नुस् कि यौन कार्यको समयमा मानिस यही सम्झन्छ कि कसलाई वर्थडे कार्ड पठाउनु छ , घर मर्मर गर्नु छ , गाडीमा राम्रो सजावट बाकी छ । आदि । तर जब दिमागको यो सर्किट गडबड हुन्छ तब प्रेरणा र ईच्छाशक्तिमा कमी पैदा हुन्छ ।
पुरुषका लागि भियाग्रा बने लगत्तै महिलाहरुको बारेमा पनि अनुसन्धान नभएको हैन । तर त्यस्तो दवाईको खोजी भएको छ जसले महिलाको दिमागमा असर गर्छ , गुप्ताङगमा हैन ।
यसै सन्दर्भमा विकसित गरिएको फ्लििवानसेरिन एन्टी डिप्रेसेन्ट दवाईको रुपमा थियो । तर यसले मानिसको दिमागमा केही परिवर्तन गरेन । तर यसको क्लिनिकल ट्रायलमा एक महिलामा साईड ईफेक्ट देखियो कि यो औषधी ग्रहण गरे पछि उनमा यौन ईच्छा वृद्धि भयो ।
यो औषधीले मस्तिष्कमा डोपामाईन , नोराड्रेनालाईन र सेरोटनिन्को सन्तुलित गर्न मद्धत पुर्याउछ ।
स्टीफन स्टाहल भन्छन् “ यसले सामान्य सन्तुलन कायम गरीदिन्छ । महिलाको दिमागको सर्किटमा केही सन्तुलन पैदा हुदा यौन ईच्छाको वृद्धि हुन सक्छ । ”
यौ दवाईको परीक्षणका समयमा महिलाहरुले यौन ईच्छा बढेको बताएका थिए तर सन् २०१० मा एफडीआईले यसलाई खारेज गरेको थियो ।
तर पछि गएर प्रमाणित भयो कि यो दवाईले महिलाको यौन चाहनामा वृद्धि गर्छ । एजएसडीडीका लागि दवाईको अभियानका नेतृत्व गरीरहेका ‘ईभन द स्कोर’ का सुसान सकेनलान भन्छन् “ औसत अमेरीकीमहिला महिनामा तीन पटक यौन सम्पर्क राख्दछन् , यदी यो दवाई पछि पनि महिलाले तीन पटक पनि सेक्स गरेन पनि के दवाई असफल हुन्छ ? ”

पीडित महिलाहरुले दवाई नलिएको अवस्थामा महिनामा १.५ पटक यौन सम्पर्क गर्न सक्दछन् । भने दवाई लिए पछि २८ दिनमा २.५ पकट यौन सम्पर्क राख्न सक्दछन् ।
६६ वर्षीया वारवरा गात्सुओले २०११ मा यो औषधीको ट्रायल गर्ने कुरामा आफूलाई सामेल गरीन् । उनलाई पहिला प्लेसिवो दिईएको थियो तर त्यसले केही काम गरेन । तर जब उनलाई फ्लिवानसेरिन दिईयो तब उनमा एक सातामै परिवर्तन आयो ।
सधै पति भन्दा छिटो सुत्ने मान्छे राति पनि उठेर पतिलाई प्यार गर्ने , आपसी सम्बन्धमा न्यानोपना आयो ।
यो दवाईको केही साईड ईफेक्ट पनि देखिएको भनिएको छ । निन्द्रा कम लाग्ने , चक्कर लागे जस्तो हुने र मात लागे जस्तो हुने तर गात्सुओ भन्छिन् यो सामान्य कुरा हो ।
सुसन भन्छिन् “ पुरुषको दवाई भियग्रा र यस्तै खालका २६ औषधीहरु प्रयोग गर्दा हुने साईड ईफेक्टहरु हृदयघात, अन्धोपना, आकस्मिक मृत्यु र गुप्ताङगको क्यापिलरी घट्नु आदि हुन् । ”
कतिपयले यो दवाई बजारमा आए पछि आपसी छलफलले सुल्झिने पारीवारीक मामलाहरु हुदा हुदै पनि मानिसमा दवाई प्रयोग गर्ने कुरा बृद्धि हुन सक्छ ।
बेलायतको साउथैम्पटन विश्वविद्यालयकी श्वास्थ्य मनोविज्ञ सिन्थिया ग्राहम भन्छिन् “ चाहनाका लागि आपसी सम्बन्धको भूमिका महत्वपूर्ण हुन्छ । सन्दर्भ र परिस्थिति पनि महत्वपूर्ण हुन्छ मुड र प्राईभेसीले पनि महत्वपूर्ण भूमिका खेल्छ ” ।
उनले दवाईको य्रयोग केही हद सम्म स्वीकार गरे पनि साईड ईफेक्टका बारेमा अध्ययन गर्न आवस्यक रहेको बताईन् ।

दवाईको आवस्यकता

गात्सुओ अन्तिम आशाको रुपमा महिला भियग्राको प्रयोग नै रहेको बताउछिन् । स्टीफन स्टाहल भन्छन् “ तपाईको यौन ईच्छामा कमी भएको छ भने प्रश्न गर्नुस् कि खाली पतिसग‘ मात्र यस्तो भएको हो ? अरु पुरुषसग‘को ईच्छा छ ? यो यौनका लागि कुनै ईच्छा नै छैन ? यो निश्चित छ कि दवाईले बेमेल विवाह भएको छ भने काम गर्दैन । ”
जब यो दवाई फेरी आउछ भन्ने मैले सुने म केवल आफ्नो बारेमा मात्रै निरास भएको थिईन । म जस्ता लाखौं महिलाहरु छन् उनीहरुलाई यो दवाईको आवस्यकता छ । ” गात्सुओले बीबीसी  संबाददाता लिंडा गेडेस सँगको क’राकानीमा भनिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी