राष्ट्रिय सुरक्षाका मामलामा सरकारका कारण कमजोरी भएको छ : पाण्डे

राष्ट्रिय सुरक्षाका मामलामा सरकारका कारण कमजोरी भएको छ : पाण्डे

  • शुक्रबार, जेष्ठ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

अहिले देश विपत्तिमा छ । जनताको जीवन ठूलो जोखिमबाट गुज्रिरहेको छ । खाने, बस्ने , लगाउने सबै कुराको समस्या छ । यस्तो अवस्थामा दलहरु राहतको भागवण्डाको विवादमा केन्द्रित छन् । सरकार सुस्त देखिएको छ । सभाददहरु वानेश्वरमा पाल बोकेर हिडिरहेका छन् । विदेशी दातृ निकाय र सरकारबीच एउटा अन्तरविरोध देखिएको छ सहयोग र पुननिमार्णको पारदर्शीता र प्रकृयाको विषयमा यसले कस्तो असर पार्छ नेपाललाई । यो विपत्तिमा १८ बढी देशबाट उद्धार र राहत टोली नेपाल आयो । त्यसमध्य कतिपय छिमेकी मुलुकहरुको गतिविधि खास गरी भारतीय पक्षका गतिविधिहरु आलोचनाको विषय पनि बनेको छ । तर पनि विदेशीको सहयोग यो बेला नेपाललाई आवस्यक छ ।

यस्तोमा अन्तराष्ट्रिय समुदाय र दातृ निकायहरु सरकार प्रति विश्वस्त हुन सकिरहेका छैनन् कि उनिहरुले दिएको सहयोग कसरी कार्यन्वयन हुन्छ?

यि समग्रल विषयले नेपालको, यसको राष्ट्रिय सुरक्षा र पुर्ननिर्माणको विषयमा राम्रो प्रभाव र असर पर्ला ?  पूर्व परराष्ट्र मन्त्री तथा कुटनीतिक मामलाका जानकार रमेशनाथ पाण्डेसग‘ मिर्मिरेका लागि नेपाली बाबुले गरेको कुराकानीः

भूकम्पले गर्दा उत्पन्न भएको राष्ट्रिय विपतमा सरकार वा राज्यको उपस्थिती वा तदारुकता लाई कसरी हेर्नु हुन्छ ?

विगत केही वर्ष देखि हामीलाई विशेषज्ञ र अन्तराष्ट्रिय समुदायले निरन्तर पूर्व चेतावनी दिइरहेका थिए । तिमी भुक्म्प जोनमा छौ विनास हुन सक्छ । भुकम्प जानुभन्दा ठ दिन अधि पनि याहा विशेषज्ञहरु आएका थिए र नेपाल सरकारलाई चेतावन िदिएका थिए । हामीले थाहा पाएर पनि  तयारी गरेका रहेनछौ । तयारी भन्नाले हामीले केही कुरामा तयारी गर्नु पर्दथ्यो । तर राज्य विदामा बसि दियो । राज्यलाई पनि काही‘ शनिबारको दिन विदा हुन्छ ? एउटा शक्तिमान कानुन सम्मत संयन्त्र बनाएर राखेको हुनु पर्दथ्यो ।

हाम्रा देशका प्रधानमन्त्रीलाई आफ्नो देशको विपतको खबर भारतीय प्रधानमन्त्री मोदीको ट्वीटबाट थाहा भयो भन्ने आयो । किन यति कमजोर भयो  हाम्रो राज्यको सुचनाको संयन्त्र ?  
जिम्मेवारी प्राप्त भएको मानिसले आफुलाई जिम्वेवार ठान्नु पर्छ । राज्यका प्रत्यक उत्तरदायी पदहरुमा हामीले आफ्ना मानिस खोज्दै नियुक्त गर्यौ । भाग बन्डाको संस्कृति चलायौं । किनबेच बाट नियुक्त हुने प्रचलन भयो । राज्यको  मूल प्रशासनको राजनीतिकरण भयो । विभिन्न राजनीतिक दलहरुमा निजामती प्रशासन विभाजित भयो । योग्यता अनुभव भएन । जो जेहेन्दार युवाजनशक्ति अवसर नपाएर विदेशीए । अनुभवी मानिसहरुलाई पन्छाएर राखियो । यसरी राज्य विस्तारै कमजोर भएर विपक्तिमा राज्यले जनतालाई सम्वोधन गर्न सकेन ।

भनेपछि त अहिलेको राजनीतिक पूस्ताले त राणाहरुले बनाइदिएको विरासतमा भोग गरेर बसेको रहेछ है ?  ढल्नको लगि आफुले बनाएका कुनै संरचना देखिए न त भएका सम्पदालाई नै बनाउने कुनै कुने तत्परता देखियो ?  

– यतिबेला दोषी को भनेर फैसला गर्ने बेला होइन । यो कुरा जनतामा छोडिदिउँ । यतिबेला को दोषि भन्ने कुराको निर्णय गर्ने अधिकार सर्वाधिकार सम्मपन्न जनतालाई छोडिदिउँ न ।

अहिले विपतको बेला मिराष्ट्रहरुको सहयोगको लागि देखिएको आपसी प्रतिस्पर्धा र उनीहरुले देखाएको अस्वाभाविक तदारुकतालाई कसरी हेर्नु हुन्छ ?

– हाम्रा मित्रराष्ट्रहरुले विपत्तिको बेलामा जुन तदारुकता देखाए । स्वत स्फुर्त ढंगबाट हाम्रो सहयोगमा आए त्यसबाट हामी प्रसंन्न हुनु पर्छ कि हाम्रा  मित्रहरु रहेछन् नेपालीहरु एक्लै रहेनछौ । राजनीतिक नेतृत्वले सोच्नु पर्दथ्यो कि त्यो विपत्ति आउने वित्तिकै के के हुन सक्दछ । ती दृश्य कस्ता कस्ता दृश्य बन्न सक्छन् । जनता विचल्लिमा हुने छन् । त्यतिबेला मित्रराष्ट्रहरु हर किसिमको सहयोग गर्न नेपालमा आउने छन् । त्यतिबेला आउने विदेशी मित्रहरुलाई मैले कसरी व्यवस्थापन गर्ने । उनीहरुबाट आउने. सहयोगलाई परिचालन गर्ने छु । त्यो सहयोगलाई मेरो राज्य संयन्त्रसंग संयोजन कसरी गर्ने छु । ता कि मलाई हित होस, अहित नहोस । मेरो सुरक्षा व्यवस्थामा खलल नपरोस् । सहयोग पाइयो सद्भावना पाइयो सहयोग पाइयो भनेर खसी हुनु पर्नेमा दुखि हुनु परिरहेको छ ।

सहयोग र उद्धारमा आएका विदेशी विमानहरुले जसरी नेपाली आकासमा मनपरि तरिकाले सयर गरे यो पनि स्वाभाविक नै थियो वा उद्धारको आडमा कुृनै पोलिटिकल इन्टरेस्ट पनि थियो ?

हाम्रो आफ्नै पूर्व तयारी र कोडिनेसनको अवावमा यस्तो भएको हो ।

सहयोगको लागि आएका मित्रराष्ट्रहरु कोहि भित्र आएर मजाले घुम्न पाए कोहि कोही भित्र छिर्ने पाएनन् किन यस्तो भएको होला ?
होइन तपाईले बेलायतका हेलिकप्टर अनुमती नपाउदा सहयोगमा आउन पाएनन भन्ने प्रसंग होला । जुन कुरा पहिल्यै नै गर्नु पर्दथ्यो महाविपत्तिको बेलमा मानवशक्ति आउने छ ।  सामानहरु लिएर विमान पनि आउने छन् । त्यो त हामीले त्यही बेलामा सोच्नु पर्दथ्यो । त्यो राहतको सामाग्री कस्तो खालको चाहिन्थ्यो । भनेर हामीले सोचेर त्यो तयार गरेको भए विपत्ति आउने वित्तिकै नेपालले मित्रराष्ट्र हरुलाई सार्वजनिक रुपमै भन्न सक्थ्यो, हामीलाई यस्तो सामन चाहिएको छ, यस्तो मानव शक्ति चाहिएको छ । यस्तो किसिमको मात्र विमान मलाई चाहिएको छ । यस्तो किसिमको विमानमात्र मेरो विमानस्थलले धान्न सक्छ । यति ओटा मात्र विमान मेरो विमानस्थलले धान्न सक्छ । त्यहि अनुसारको सहयोग मित्र राष्ट्रहरुले जुटाउन सक्थे । बेलायतलाई के थाहा हाम्रो विमानस्थलको क्षमता यति छ भन्ने ।   सरकारको भनाई के छ भने मेरो एयरपोर्टले थेग्न सक्दैन भनेको छ ।

अनि नेपाली सेनाले विज्ञप्ति जारी गरेरै हामीलाई विदेशी सेना चाहिदैन भन्दा भन्दै अमेरीकी सेना आउनुको कारण के होला ?
– मलाई थाहा छैन । राष्ट्रिय सुरक्षाको विषयहरुलाई उदाङगो पार्ने बेला होइन यो ।
सचेत हुने बेला पनि त होलानि यो ? धमिलो पानमिा माछा मार्नेहरु पनि त हुन सक्छन् नी ?
–होइन हामी यस्ता विषयमा एकदमै सोच विचार गरेर बोल्नु पर्छ । विपत्ति आई सकेपछि त्यसलाई समाल्न नसक्ने अनि त्यसको प्रतिकृयामा ठूलो–ठूलो कुरा गर्ने । अस्ती यो विपत्ति आईसकेपछि भारतीय प्रधानमन्त्रीले हाम्रा प्रधानमन्त्रीले २ पटक कुरा गरिसक्नु भएको छ । पहिलो पटक कुरा गर्दा उहाको टोन र त्यसमा व्यत्त उहाको सोच र दोस्रो पटक कुरा गर्दाखेरीको टोन फरक छ । त्यही भएर हामिले हाम्रा कमजोरी हरु सच्चाउनु पर्छ ।

मोदीको नेपाल प्रतिको सदासयता ठिक होला तर उहॉका कर्मचारी संयन्त्र र उहाका पत्रकारहरु जसरी प्रस्तुत भए  नेपालमा जनताको स्तरबाट त्यसको विरोध हुन्छ भने त त्यसलाई त उहाले पनि आफ्नो कमजोरीको रपमा स्विकार्नु प¥यो नि ?  

– होइन, यसलाई यसरी व्याख्या गर्न मिल्दैन । यो अर्कैै विषय हो ।

भारतीय प्रधानमन्त्रीको चीन भ्रमण र उनीहरुवीच भएका विचार विर्मर्शमा हाम्रो भूकम्पीय क्षतिको विषय पनि उठेको छ । यि दुई ओटा मित्र राष्ट्रहरुको सदासयता मिल्यो भने हाम्रो पुर्ननिर्माणमा सहयोग पूग्ने आस गर्न सकिन्छ ?

– होइन हामीले यसलाई कसरी हेर्नु प¥यो भने । भारत र चीन वीचको सम्बन्धलाई हामीले तात्कालिन रुपमा हेर्नु भन्दापनि हाम्रो नेपालको भारत र चिनसंगको सम्बन्धमा र अमेरीकासंगको सम्बन्धमा तादात्म्यता मिलाउने बेला नेपालको निम्ति पहिलो हो । अर्को कूरा हामीले भारतिय प्रधानमन्त्रीको चीन भ्रमणमा भएका तथ्यहर छन् यसबाट पर्ने प्रभावहरु छ ।  खासगरी भारत र चिनको अमेरीकास‘ग प्रर्ने प्रभाव छ, त्यसलाई हामीले ढंग पु¥याएर अध्ययन गर्नु आवश्यक छ । त्यो मूल्याङ्कन गरेर निष्किएको निष्कर्षसंग हामीले हाम्रो अन्र्तराष्ट्रिय सम्बन्धलाई र आन्तरिक राजनीतिलाई स्थिरतावादी बनाएर अगाडी बढ्नु पर्छ ।

अहिले राहात वितरण र पुर्नंस्थापनाको विषयमा दातृ संस्थाहरु को सहयोगलाई कसरी परिचालन गर्ने भन्ने विषयमा बहस छ ?

हामीले अब पूर्ननिर्माणलई पूरानो ढंगबाट अगाडी बढाउन सकिदैन । विदेशीहरुले हामीले दिएको पैसाको सहि सदुपयोग हुन्छ कि हुदैन भनेर शंका गरेका छन् । किन यो भन्दा अगाडी विदेशी राष्ट्रहरुले हामीलाई दिने सहायोगमा सोझै हामीले खर्च गछौ भनेन् किन अहिले भने ?   विदेशीहरुलाई हामीले विश्वास दिलाउनै पर्छ हामी तिमीहरुले दिएको सहयोगलाई दुरुपयोग गर्दै नौ । हामीले विश्वास युक्त नेतृत्वको विकास गर्नुपर्छ । जसको भिजनमा सबैको विश्वास होस् ।

यसको पिछाडी नेपालको अहिलेको राजनीतिक सक्रमणको फाइदा उठाउदै विदेशीहरुको कुनै राजनीतिक स्वार्थ त कारण होइन ?

बढी संका उपसंकाहरु गरेर बादलमा बाघ देखेर त्यसको कुनै अर्थ राख्दैन ।  मुल कुरा के हो भने अर्थमन्त्री जी ले पछिल्लो हप्ता विदेशी दातृ निकायहरुका प्रतिनिधीहरुलाई बोलाउनु भयो त्यति बेला विश्व बैंकका प्रतिनीधिका निकायहरले भनेका थिए तपाईहरु नयाँ निकाय नबनाउनुस । विदेशी समुदायहरले भन्दा भन्दै ३ ओटा पार्टीका नेताहरु मिलेर एउटा निर्णए गरिदीनु भयो उच्चस्तरिय सर्वाधिकार सम्मपन्न प्राधिकरण बनाउने संकल्प पास गरिदनिु भयो हाउसबाट । उनीहरुले अस्वीकार गरिरहेका बेला किन यस्तो गर्नु भयो । अब तपाईले फेरी फसाई दिनु भयो । मुलुकलाई त्यो संयन्त्रलाई विश्वले नमान्ने उहाहरुले संसदबाट पास गरि।सकेको छ रिजेक्ट गर्न नमिल्ने ।  उहॉहरुले हामीले दलहरु बिच एकता देखाएका छौ भन्नु भएको छ । उहॉहरुको एकता चाहिएको होइन मलाई तत्काल एउटा घर देउ, खाने बस्ने बातावरण बनाईदेउ भनेका छन् ।

संगै हाम्रो राष्ट्रियता पनि बचाईदेउ भनेका छन् नि ?

–एउटा कुरा प्रष्ट होउँ यो देशलाई हाक्ने भन्दा बढि राष्ट्रभक्त यो देशका जनता छन् । उनिहरुको राष्ट्रभत्तिमा शंका नगरौ ।

त्यसो भए जजस्ले जसरी आ–आफ्नै तरिकाले राहात र पुर्नस्थापनाको काम गर्दै हिड्दा हुन्छ ?

हैन मैले त्यो पनि भनिन जजस्ले हामीलाई सहयोग  दिने हो त्यसलाई हामीले विश्वास दिलाउनु पर्छ । उसले के कारणले  हामीलाई विश्वास गरिरहेको छैन त्यो अविश्वासलाई हटाउनु पर्छ । यो एक द्वार कि दश द्वार लाई थाती राख्नुृस् ।  सिधै नेपाली जनताले निर्णय गरुन आज कि मलाई यस्तो नेतृत्व चाहिन्छ भनेर, जुन नेतृत्वले देलाई यो समस्याबाट मुक्ति दिन सकोस । जसले सम्पूर्ण विश्व जगतलाई विश्वासमा लिन सकोस र पुर्ननिर्माणको काममा जुट्न सकोस ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी