भूकम्पको सम्भावित जोखिमबाट त्रशित होइन, सचेत चाहि बनौ : प्रमूख- राष्ट्रिय भूकम्प मापन केन्द्र

भूकम्पको सम्भावित जोखिमबाट त्रशित होइन, सचेत चाहि बनौ : प्रमूख- राष्ट्रिय भूकम्प मापन केन्द्र

  • बुधबार, बैशाख २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 16.5K
    SHARES

बैशाख १२ गते अकस्मात आएको महाभुकम्पबाट ठूलो धनजनको क्षतीसंगै त्रसित बनेको जनजिवन विस्तारै सामान्य बन्दै गइरहेको छ । राजधानिमा भुकम्पको डरले खुला स्थानमा बसिरहेका मानिसहरु घरमा आएर समान्य जिवन विताउन थालेका छन् । साथै भुकम्पका सानासाना झट्काहरु महसुस हुने क्रम भने अहिले सम्म रोकिएको छैन । भुकम्पका झड्काहरु अहिलेसम्म पनि नरोकिदा मानिसहरुको मनमा केही त्रास र भय कायमै छ । संगै काठमाडैलाई नै केन्द्र बनाएर ठुलो भुकम्प आउनसक्ने अफवाहहरु पनि चलिरहेको छन् । यस्तो अवस्थामा के हामी अब महाभुकम्पको आसपासमा आउन सक्ने भनिएका सहायक भुकम्पको जोखिमबाट सुरक्षित बन्दै गइरहेका छौ त ?

राष्ट्रिय भुकम्प मापन केन्द्रका प्रमुख लोक विजय अधिकारीसंग मिरर्मिरे अनलाईले गरेको कुराकानी ।

महा–भूकम्पको आसपासमा आउन सक्ने सहायक भुकम्पहरुको जोखिमबाट हामीहरु अब विस्तारै सुरक्षित बन्दै गइरहेको अवस्था हो ?

बैशाख १२ गते गोर्खामा केन्द्रबिन्दु बनाएर जुन ७.९ रेक्टर स्केलको जुन बुकम्प गयो, त्यो महा-भुकम्प थियो । जलेले वर्षौ देखि संचित भएर बसेको ठुलो शक्ति स्खलन भएको हुदा अब १२ गतेको जत्रो ठुलो भूकम्प जने संवाभना छैन ।

पहिलो भन्दा तुलनात्मक रुपमा साना मापन गरिएका भूकम्पका झड्काहरु खासगरी गोर्खा, धादिंग र सिन्धुपाल्चोकलाई केन्द्र बनाएर लगातार यहि आसपास मै घुमिरहेको देखिन्छ, यसरी एकै ठॉउमा केन्द्र बनाएर आउनुको कारण के होला ?

अहिले भुकम्पबाट बढी प्रवावित भएको क्षत्र पहिलेदेखि  नै जोखिमयुक्त क्षेत्र हो र यहाँ कुनै पनि बेला महाभूकम्प जान सक्छ भन्ने पूर्वानुमान गरिएको थियो । यो क्षत्रमा हरेक ७५ देखि १०० वर्षकोे बिचामा ठुला भूकम्पहरु  गएका इतिहासहरु छन् । त्यतिबेला पनि यो Ôत्रमा साना भूकम्पका धक्का ठुलो भूकम्प गएको धेरै दिनसम्म पनि अनुभव गरिएको थियो । १९९० को भुकम्पमा पनि मनिसहरु ७ दिनसम्म बाहिर बसेका थिए भनिन्छ । त्यसैले ठुलो भूकम्प गएका ठाउँमा त्यही आसपासमा सयौ साना भूकम्प गएका विश्वका कयौ अनुभवहरु छन र यो स्ववाभाविक नै हो ।

अहिलेको भूकम्प काठमाण्डौं आसपासमा मात्र नभएर एउटै भूकम्पीय जोखिम क्षत्र अन्र्तरगत रहेका  देशका अन्य भागमा पनि केन्द्र बनाएर जान सक्ने जोखिम कत्तिको रहन्छ ?

संवावाना रहदै नरहने त भन्न सकिदैन, तर यतिबेला हाम्रो क्षत्रको भुगर्वमा ठुलो भूकम्पीय शक्तिको क्षय  भईसकेको अवास्स्थामा अर्को भुकम्पको संभावना देखिदैन र अहिलेको समयमा नँया भूकम्पको चर्चा गर्नु त्यति सान्दर्भीक पनि हुदैन ।

१९९० को भूकम्पलाई मानिसहरुले दन्त्य कथाका रुपमा मात्र लिएका थिए, तर अहिले आफ्नै आखा अगाडी घटेको यो घटना देशका अनन्य भूभागका लागि पाठ संगै सम्भावित जोखिमबाट सचेत हुने अवसर पनि हो नि होइन र ?

एकदमै! हामिले ९० सालको भूकम्पबाट जुन शिक्षा  लिनु पर्दथ्यो, त्यो लिन सकेनौ यो हाम्रो ठुलो गल्ती थियो । तर अब चाही हामीले आफ्नै पुस्तामा आएको महा–प्रलयबाट पाठ सिक्नै पर्छ ।

राज्यले जनताहरु आतंकित हुन्छन् भनेर संवाभिवत जोखिमका सुचानाहरु लुकानउने गर्दछ भन्ने हल्ला छ नि बाहिर ?

होइन हामीले कुनैपनि सुचना लुकाएका छैनौ । भुकम्पको भविश्यवाणी गर्ने मेसिन संसारमा अहिलेसम्म बनेको छैन र अर्को कुरा यसबाट बच्नको लागि भागेर अन्तै गएर बस्ने भन्ने कुरा पनि आउदैन । हामी आफ्नै ठाउँमा व्यवस्थित भएर बस्ने हो । हाम्रो विज्ञानसंग भएको अहिलेसम्मको अनुभवमा नेपालमा अब ठुलो भुक्म्प जाने सम्भाावना कम छ भन्दा हुन्छ । सत्य सूचना यहि हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रको काम कहाँ कति भूकम्प गयो भनेर नाप्ने मात्र हो ?

होइन हामीले भूकम्प मापन संग–संगै चेतना र प्रचार प्रसारका कामहरु पनि गर्छौं । गाउँ–गाउँमा जान त सकेका थिएनौ तर भूकम्पको सम्भावना र जोखिमको बारेमा चाही हामीले बारम्बार जानकारी गराएका थियौ  ।

तपाईहरुले भूकम्प आएपछि ढोकाको मुनि उभिनुस , बलिया प्लंग र टेबल भित्र बस्नुस भनेर प्रचार प्रसार त गर्नु भयो । तर राजधानी मै धरहरा, पाटनदरवार, हनुमानढोका लगाएतका मानिसहरुको बढि भिड हुने ठाउँ संगै उपत्यकाका पुराना बस्तीहरु उच्च जोखिममा रहेछन  बेलैमा सचेत बनाउन किन सक्नु भएन ?

हाम्रो काम भुकम्प सम्बन्धि अध्ययन गर्नु हो । तर यो एउटा भुगर्भ विभागको एउटा केन्द्रले मात्र गरेर हुदैन, यसको लागि राज्यले नै आफ्नो विकास योजना मै भुकम्पको विषयलाई समावेस गरेर लैजानु पर्छ । अर्को कुरा सम्भावित जोखिमयुक्त भवनहरुको बारेमा तपाईहरुले पहिलेनै किन पूर्व जनकारी किन गराउन सक्नु भएन भन्नु भयो । यस विषयमा काम गर्ने राज्यका अन्य निकायहरु छन् उहाहरुले गर्नु भयो होला । हामीले भौगोलीक बनावट र आकारका हिसाबले कुन क्षेत्र जोखिम युक्त छन् भनेर मात्र भन्न सक्छौ कुन भवन र कुन संरचना जोखिम युत्त छ भनेर भन्ने काम अरुको नै हो ।

एक पटक भुकम्प आईसकेको अवस्थामा भुकम्पबाट प्रभावित संरचनामा बस्नको लागि अब सर्बसाधरणले कस्तो किसिमको सचेतनाका उपयाहरु अपनाउने ?

भुकम्प जतिबेला पनि आउन सक्छ र जहापनि आउन सक्छ भन्ने सम्झनु पर्छ । यस घटनाले हामीलाई सचेत बनाएको छ । हामीले कस्ता खालका पूर्वतयारी गर्नु पर्ने रहेछ भन्ने कुार प्रत्यक्ष भोग्यौ । साना साना पराक्पनहरु आईरहन सक्छन् । चर्केका क्षति पुगेका भवनहरु प्राविभिकबाट चेकजाच नगराएर भित्र नछिर्ने । र सबैभन्दा महत्वपूर्णकुरा हल्लाको पछाडी नदगुर्ने ।

अन्तमा, धेरै मानिसहरुको मनमा लागिरहेकोे कुरा, विज्ञान अहिले माथी आकासमा मंगल ग्रहसम्म पुगिसक्यो तर वैज्ञानिकहरुले आफ्नै धर्तीको गर्व भित्रको कुरा थाहा पाउन सकेनन् । संसारमा भुकम्पको पूर्व अनुमान गर्न सक्ने प्रविधिको विकास हुन सक्छ आसलाग्दो कुरा केही छ ?

अहिलेसम्म पक्ता लाग्न सकेको छैन । वैज्ञानिकहरु यो विषयमा निरन्तर लागिरहेका छन् । विज्ञानमा असंभव भन्ने कुारा हुदैन, आस गर्नुपर्छ एकदिन त्यो दिन पनि आउन सक्छ ।

समय र संवादको लागि धन्यवाद 

तपाइहरुलाई पनि धन्यवाद

प्रस्तुतिः– नेपाली बाबु

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी