घाईतेले निशुल्क उपचार पाउने

घाईतेले निशुल्क उपचार पाउने

  • बुधबार, बैशाख २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

भुकम्पमा परि घाईते हुनुभएको छ र उपचारका लागी पैसा छैन भन्ने चिन्ताले सताईरहेको छ भने अब ढुक्क हुनुहोस् । जुनसुकै अस्पताल गएपनि तपाईको निशुल्क उपचार हुनेछ । सरकारले वैशाख २० गते सबै हस्पिटलहरुलाई पत्र पठाई भुकम्पबाट घाईते भएकाहरुको निशुल्क उपचार गर्न निर्देशन दिएको छ । स्वास्थ्य आपत्कालिन सेन्टरका प्रवत्ता डा गुणराज लोहनीका अनुसार भुकम्पमा परि घाईतेभएकाहरुले जस्तो सुकै उपचारपनि निशुल्क रुपमा पाउने छन् । मिर्मिरे अनलाईनसाग कुरा गर्दै डा.लोहनीले निजी या सरकारी जुन भएपनि आफुहरुलाई पायक पर्ने स्थानमा रहेका हस्पिटलसम्म पुगेर घाईतेहरुले उपचार सेवा लिन आग्रह गर्नुभएको छ ।

यस्तै कोहि घाईतेहरु हस्पिटलसम्म पुग्क्ष्न सकेका छैनन् भने उनीहरुलाई हस्पिटल पुर्याउन वा सम्बन्धित निकायसम्म पुयाई सहयोग गर्न पनि सबैलाई आग्रह गर्नुभयो । सरकारले हस्पिटलहरुलाई पठाएको पत्रमा प्रत्येक बिरामिको उपचारका लागी २५ हजार रुपैया प्रदान गर्ने सहमती भएको छ । सो रकमको आधा तत्काल निकासा गरि नम्बरका आधारमा हस्पिटललाई दिने तयारि भएको पनि प्रवत्ता डा. लोहनीले जानकारी दिनुभयो ।

यसैगरी ,सरकारले भुकम्पबाट बिस्तापित भएकाहरुको बसोबासका लागी उपत्यकामा स्थापना गरिएका अस्थाई सिविरहरुमा पनि हेल्थ डेक्सको स्थापना गरिएको र सो क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन सक्रिय रुपमा काम गरिरहेको छ । सिन्दुपाल्चोक ,गोरखा, दोलखा ,रसुवा लगायतका क्षेत्रमा पनि शिविर तथा स्वास्थ्य सेवा पुर्याईरहेको डा लोहनीले बताउनु भयो । कहि कसैले उपचार नपाएको वा पैसा तिर्नु परेमा टोल फ्र नम्बर १६६ ००० १३३ ४४४ मा सम्पर्क गर्न पनि आग्रह गर्नुभएको छ ।

यता, हस्पिटलहरुले अहिलेसम्म सामान्य शुल्क लिएर घाईतेको उपचार गराईरहेकोमा अब निशुल्क उपचार गर्ने जनाएका छन् । यसअघि सरकारले सन्चारमाध्यममा मात्रै घाईतेको निशुल्क उपचार गर्न आग्रह गरेको तर कुनै आधिकारीक पत्र या मौखिक रुपमा पनि नभनेका कारण दोधारमा रहेका हस्पिटलहरुले अब देखि सहज रुपमा घाईतेको उपचार गर्ने भएका हुन् ।
तर २५ हजारमा बिरामिको उपचार ,समान्य सल्यक्रिया भएपनि कतिपय बिरामिलाई यति रकमको सामाननै लाग्ने भएकाले कतिपय निजी हस्पिटलले सो रकम नलिने घोषणा गरेका छन् । हस्पिटल एसोसिएसन (अफहिम)का वरिष्ठ उपाध्यक्ष तथा अल्का अस्पतालका अध्यक्ष कुमार थापाले यति रकमले बिरामिको उपचारमा केहि राहत भएपनि पर्याप्त नभएको भन्दै बाहिरबाट किनेर ल्याउनुपर्ने औषधि बाहेकको सबै खर्च निशुल्क गर्ने बताउनु भयो । अहिलेसम्म उपचारमा आएका बिरामिहरुलाई पनि केहि मात्रामा लागत बराबरको पैसा लिएपनि प्राथमिक उपचार सबैलाई निशुल्क गरेको उहाले बताउनु भयो ।अहिलेसम्म अल्कामा ६ सय घाईतेले उपचार पाएर घर फर्किएका छन् भने ११ जना हाल भनाई भई उपचारका क्रममा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी