मृगौला हाम्रो शरीरको अत्यन्त महत्वपूर्ण अंग मध्येको एक हो । पछिल्लो समयमा हाम्रो देशमा मृगौलामा पत्थरी पलाउने समस्या चर्को रुपमा दिनानुदि बढीरहेको छ । ग्रामिण क्षेत्रमा बसोबास गर्ने भन्दा शहरी क्षेत्रमा बसोबास गर्नेहरुमा मृगौलाको पत्थरी सम्बन्धि समस्या अझ जटिल छ । यसको मुख्य कारण खानपानमा आएको परिवर्तनका साथै मासु जन्य खाध्य पदार्थ र बोसोको प्रयोग नै हो । साथै फाष्टफुड र जंगफुडको कारणले पनि मृगौला र मुत्र नलिमा पत्थरीको समस्या आउने गरेको छ ।
पछिल्लो समय बढीरहेको मृगौला तथा मुत्रनलिको पत्थरी सम्बन्धि समस्या र त्यसको निकारणका लागी अबलम्बन गर्नुपर्ने बिभिन्न उपायहरु लगायतका बिषयमा निदान हस्पिटल, पुल्चोक ललितपुरमा कार्यरत मुत्र रोक विशेषज्ञ तथा सर्जन डा सुबोध रेग्मी साग सिर्जना तिम्ििसनाले गर्नुभएको कुराकानी प्रस्तुत छ ।
मुत्र रोग भनेको के हो ?
मुत्र रोग भनेको पिसाव बनाउने सम्बन्धी सिस्टमको रोग हो । यसमा गृगौला सम्बन्धि रोग , मुत्र नलिको रोग ,पिसवको थैलीको रोग ,प्रस्टेड र थुरेथ्रा अथार्त पिसाव फेर्ने नलीको रोगहरु मुत्र रोग भित्र पर्दछन् । र यसमा सबै बिभिन्न प्रकारका रोग छन् । प्राय देखिने समस्या भनेको ढुङगा सम्बन्धि (पत्थरी) को समस्या हो । त्यस्तै उमेर बढ्दै गएपछि धेरैमा अर्थात सय जनामा ८० जना जतीमा ६० बर्ष उमेर कटेपछि देखिने समस्या प्रोस्टेड सम्बन्धि समस्या हो । त्यसैगरी पिसावको यी सबै अंगहरुको क्यान्सर पनि एकदमै बढ्दै गएको हामिले देखिरहेका छौ र यी सबै समस्याको मुत्र रोग बिशेषज्ञहरुले हेर्छौ ।यसको साथ साथै व्रशाणुगत रुपमा जन्मका साथ मुत्र नली र किड्नीमा हुने अनेकौ समस्या पनि मुत्र रोग अन्तरगत नै पर्दछन् ।
मुत्र रोगका बिरामिको सुरुवातमा देखिने र विकास हुदै गएपछिका लक्षणहरु के के हुन् ?
मुत्र रोगको लक्षण कुन अंगमा रोग छ त्यो अनुसार नै देखा पर्दछ । धेरैजसो देखिने भनेको गृगौला सम्बन्धि रोगहरु हुन् । मृगौला सम्बन्धि पत्थरी , गृगौलामा भएका ट्युमरहरु , मृगौलामा केहि कारणले भएका रोकावटहरु भएको हुन्छ ,यी समस्याहरु देखा पर्दा कोखामा दुखने समस्या हुन्छ । यो सबै भन्दा धेरैमा देखिने समस्या हो । यो दुखाई कहिलेकाहि कोखाबाट तलतिर पेटको तल्लो भागतिर सर्ने पनि गर्दछ ।
यो दुखाई मृगौला सम्बन्धि दुखाईका लागि विशेषता ( ट्रिपिकल ) दुखाई भन्दछौ । यसलाई अग्रेजीमा चबलष्यअयलष्अ वा गचयचभतष्अयलष्अ भन्ने गरिएको छ । यसले पेटमा निमोठेजस्तो गरेर सारै दुख्छ । यो दुखाई माथि कोखाबाट तल तीर सर्ने गर्छ । साथ साथै पिसावमा रगत देखिने पनि मुत्र रोगको प्रमुख लक्षण हुन्छ ,चाहे त्यो किड्नीमा या मृगौलामा भएको ट्युमर वा पत्थरी होस् या पिसावको थैलीको ट्युमर वा पथ्थरी होस । यी सबै समस्यामा पिसाबमा रगत देखिने सम्भावना बढी हुन्छ । साथै प्रस्टेटको समस्यामा भने प्रस्टेट र पिसव फेर्ने युयेथ्रा नलिको समस्यामा भने पिसाब फेर्न गाह्रो हुने ,जोड लगाउनु पर्ने ,छिनछिनमा पिसाब फेर्न जानुपर्ने ,राती धेरै पटक पिसाब गर्न उठ्नुपर्ने र पिसाब फेर्दा पनि आफुल पुरा राहत नपाएको अनुभुती हुने समस्याहरु यसको लक्षणका रुपमा देखिन्छ ।
मुत्र रोग अर्थात मुत्र नलीमा के कारणले पत्थरी हुन्छ ?
यसका कराण्हरु अनेकौ छन् । हामीले नेपालको अवस्थालाई हेर्दा के कारणले भईरा छ र कति मात्रामा छ भन्ने ठोस कारण छैन । तर बिश्वको वा छिमेकी राष्ट्रको अवस्था हेर्दा बिगतका बर्षहरु भन्दा अहिलेका १५ – २० बर्षमा यसको सङख्या बढ्दै गएको देखिएको छ । यसमा अनेकौ कारणहरु देखिाईएको छ । सबैभन्दा मुख्य कारण खानालाई नै दोसि ठहर्याईएको छ । र अत्याधिक वजन (तौल) हुने ,साथसाथै पिउने पानीमा कमी र माच्छा मासुको अत्याधिक उपभोगले ढुङगा बनाउनलाई प्रोतसाहन गर्छ भन्ने बिश्वास छ । त्यसको साथसाथै अरु किड्नी वा किड्नीको पिसाब बनाउने जुन संयन्त्रहरु छन् तीनिहरुमा नै कुनै प्रकारको दोषहरुको कारणले पनि ढुङगा बन्न सक्ने सम्भावना बढ्दो छ । साथसाथ बच्चा बच्चीमा हुने ढुङगाको समस्याको कारण भने कुनै बंषाणुगत समस्या नै भएको देखिन्छ । त्यसैले समग्रमा भन्नु पर्दा मुत्रनलिको प्रमुख कारणहरुमा हामिले गर्ने भोजन वा खानामा दोष , मृगौलामा भएका आफ्नै संयन्त्रमा हुने खराबी र कहिलेकाहि बच्चाहरुमा हुने बंशाणुगत दोषहरुको कारणले मृगौलामा पथ्थरी हुने प्रबल सम्भावन हुन्छ ।
भनिन्छ मृगौला र मुत्रनलीको पत्थरी ग्रामिण भेगमा भन्दा शहरी भेगका मानिसमा बढी पाईन्छ भनिन्छ यो कत्तिको बास्तविकता हो ?
यो सत्य हो । तपाईहरुले विचार गर्दा वा ध्यान दिनुभयो भने गााउ घरमा बसेको मानिस भन्दा शहरमा बस्ने मानिसमा पथ्थरीको समस्या बढी देखिएको छ । यसको प्रमुख कारण भनेको हम्रो परिवर्तीत जीवनशैली नै हो । हामी बिस्तारै अहिले २१ औ शताब्दीमा होमिदै गइरहेका छौ र यो सागसगै हाम्रो रहनसहन र खानपिनमा ज्यादा परिवर्तन आईसकेको छ । पहिलेको साधा र स्वस्थय खाना थियो त्यसबाट हामि बिमुख हुदै यो पश्चिमा खानपान तर्फ बढी अग्रसर हुदै गईरहेका छौ । त्यसले निम्त्याएको मोटोपन र खानामा हुने बिकारहरु यी सबै चिजले गर्दा सहरी भेगमा बस्ने मान्छेको ढुङगा बन्ने अर्थात पथ्थरी हुने सम्भावना बेसि देखिएको छ ।
मुत्रनलीमा हुने पत्थरीका कारणले मृगौलालाई असर गर्ने हो अथवा मृगौलामा कुनै संक्रमण भएपछि पत्थरी हुने हो ? सर्वसाधारण बिरामीमा नै अन्यौल छ ।
यसमा मृगौला ,मुत्र नली र पथ्थरीको बीचमा गहिरो अन्तरसम्बन्ध छ । अब मैले भने जस्तै ढुङगा बन्नलाई कि त मृगौलामा कुनै प्रकारको बिकार हुनु पर्यो ।त्यो भएपछि ढुङगा बन्न सक्ने सम्भावना बढी हुन्छ । साथसाथै पिसावमा हुने संक्रमणहरु बारम्बार जुन महिलामा हुने पत्थरीमा देख्छौ ,पिसाबमा बारम्बार महिलाहरुमा संक्रमण हुन सक्ने सम्भावना भएका कारणले उहााहरुमा त्यस्तो अबस्थामा ढुङगा बन्न सक्ने सम्भावना हुन्छ । अब यो ढुङगा बनिसकेपछि यसले मृगौलाको बिभिन्न भागमा गएर जमेर बस्छ र पछि यी ढुङगाहरु कहिलेकाहि झरेर मुत्र नलिमा पनि आउन सक्छ । मृगौलामा भएको ढुङगा बढ्दै जान सक्छ र मुत्र नलीमा भएको ढुङगाले बिस्तारै मृगौलाको मुत्र नलीको पिसावको प्रवाहलाई रोकिदिन्छ र दोस्रो बढ्दै गएको ढुङगाले मृगौलामा पनि पिसावको प्रवाहलाई रोक्न सक्ने प्रवल सम्भावना छ । साथमा रोवट भएपछि पिसाममा संक्रमण हुने , बिभिन्न थरिका ब्याक्टेरीयाले पिसाबमा ईन्फेक्सन पनि साथसाथ गर्ने हुदा मृगौलाको सम्पुर्ण संरचना नै खराब गर्न सक्ने सम्भावना रहन्छ । र बिश्वमा हाम्रो जस्तो राष्ट्रमा ढुङगाको कारणले कमसेकम १५ देखि २० प्रतिशत मान्छेको किड्नी फेल भएको पनि पाईएको छ । हुनत बिदेशी राष्ट्रहरुमा किड्नी ट्रान्सप्लान्ट (प्रत्यारोपण ) का लागी जानलाइ यो त्यत्ति सामान्य कारण हैन तर हाम्रो राष्ट्रमा ढुङगाको कारणले किड्नी फेल हुदा प्राय २० प्रतिशत मान्छेहरुमा किड्नी प्रत्यारोपण गर्नु पर्ने अवस्था समेल आउन सक्छ ।
यसअघि कुराकानीमा यहाले पत्थरी भईसके पछि क्यान्सर पनि हुनसक्छ भन्नु भयो । यो कसरी हुने हो ?
पत्थरीबाट क्यान्सर हुन एकदम कम सम्भावना हुन्छ । सय मा एक जनालाई हुन सक्छ । तर यो लामो समयसम्म पत्थरीको उपचार नगरि बसिरह्यो भने त्यसले मुत्र नलिको भित्री सतह अर्थात न्युकोसा लाई ईरिटेड (ष्चचष्तबतभ ) गरिहन्छ र त्यो ईरिटेड गर्ने बाहेक म्युकोसाको प्रकृति परिवर्तन हुन जान्छ । र त्यस्तो परिवर्तन हुदा बिस्तारै त्यो क्यान्सरमा परिणत हुन सक्ने पनि सम्भावना पनि छ । ढुङगाको कारणले बिश्वमा जति मृगौला फेल हुन्छ त्यो भन्दा धेरै कम मृगौला र पिसावको थैलीको क्यान्सर ढुङगाको कारणले भएको दखिएको छ ।
पत्थरीको कुरा गरिरहदा ढुङगा भन्ने गरिन्छ । यो पथ्थरी भएपछि ढुङगा नै हुन्छ कि कुनै पदार्थ हो ?
मान्छेले अचम्म मान्छन् तर यो ढुङगा नै हो । खोलानालामा बग्ने जस्तो ठुलो ढुङगा त हुदैन । तर यसमा जुन तत्वहरु छन् ती सामान्य खनिजहरु नै हुन् । जस्तो प्रचुर मात्रामा क्याल्सीयम हुन्छ । र क्याल्सियम भएकोले यसले जुन बनोट र आकृति लिन्छ त्यो हेर्दा बास्तबिक रुपमा खोलामा बग्ने ढुङगा हुन्छ त्यस्तै देखिन्छ । र पिसाबको थैलीको ढुङगाहरु कहिलेकाहि उपचार नहुदा खेरि ८ देखि १० सेन्टिमिटर सम्मको भाको पाईएको छ । हाम्रो देशमा भने अझै पनि यो समस्या यथावतै छ ।
पत्थरीको उपचारको कुरा गरिरहदा शहरी क्षेत्रमा समस्या आउनासाथ हस्पिटल जान्छन चिकित्सकको परामर्श अनुसार औषधि सेवन गर्छन तर ग्रामिण भेगमा यो अबस्था कम छ । उनीहरु आयुर्वेदिक औषधि खाएपछि पथ्थरी गयो भन्ने गरेको भएपछि पुन पछि बल्झिने गरेको छ । पत्थरीलाई पुर्ण रुपले निको पार्न कस्तो उपचार पद्धति अपनाउन सकिन्छ ?
सबैभन्दा मुख्य कुरा भनेको पत्थरी हुन नदिनु नै हो । पत्थरी हुन नदिनु नै यसको मुख्य उपचार मान्दछु । किनभने सबैभन्दा धेरै युवाहरुलाई नै बढी पथ्थरी भएको देखिएको छ । यसले गर्दा देशको आर्थिक विकासमा नै असर परिहेको छ । काम गर्न सक्ने उमेर भएका २० देखि ५० बर्ष सम्मका युवाहरुलाई बढी पत्थरी हुने गरेकाले आफ्नो पारिवारी र देशको अर्थतन्त्रमा योदान दिन नसक्ने हुदा यसलाई हुन नदिनु नै राम्रो उपचार हो ।
पत्थरी हुन नदिनलाई के के उपायहरु अपनाउन सकिन्छ ?
त्यसमा मुख्य दुई तीन वटा कुरा छन् । सबैभन्दा महत्वपूर्ण भनेको पानीको प्रयोग हो । किनभने हामिले साधारणतया तर्कपुर्ण रुपमा सोच्दा पनि कुनै पनि बस्तु जुन पानीमा घुल्न वा मिसिन सक्छ ( जस्तो पत्थरी बन्ने खनिजहरु छन् ती सामान्यतया पानीमा घुल्न सक्छन् ।जुन पिसाबको मुख्य कम्पोनेन्ट हो ) र यी पानीको अर्थात पिसाबको मात्रा बढ्न गयो भने यी चिजहरु घुलेको अबस्थामा रहन सक्छन् भने पानीको मात्रा कम हुदा यी चिजहरु नघुलेर ढुङगा बन्नमा अग्रसर हुन्छन् । त्यसैले सबैभन्दा महत्वपूर्ण भनेको हामिले आफुलाई पुग्ने मात्रामा पानी पिउनु पर्यो ।
अब पानी कति मात्रामा पिउने भनेर मापन नै भने गरिएको छैन । हाम्रो देशमा कोहि लिटरको लिटर पानी पिए भन्छन् तर यसरि पानी पिएर त खासै फाईदा छैन । मुख्य कुरा भनेको पिसाबको मात्राका आधारमा पानी कति पिउने हो बिचार गर्नुपर्छ । हामीले नर्मली भन्दा दिनमा (२४ घण्टामा ) दुई देखि अढाई लिटर सम्म पिसव भयो भने ढुङगा भईरहन रोक्दछ । जसले ढुङगा बनाउन मदत गर्छ ती चिजहरु पानी अर्थात पिसावमा घुलेकै अवस्थामा रहन जान्छ र ढुङगा बन्ने सम्भावना रहदैन । त्यसैले २४ घण्टामा २ लीटरको हाराहारीमा पिसाव हुनेगरि पानी पिउनुपर्छ ।
अब गर्मिमा कति पानि पिउने भन्नेमा सो समय पसिना बढी आउछ र जाडोमा कम पसीना आउने भएकाले सोहि अनुसार पानी पिउनुपर्छ । र कसरि आफुले दुई लिटर पानी पिए भनेर मापन गर्न त गाह्रो नै हुन्छ । तर एउटा नर्मल मानिसले पिसाव लागेको अबस्थामा तीन सय एम एल देखि पाच सय एम एल सम्मको पिसाव फेर्ने गर्दछ । त्यो हिसाबमा हामीले २४ घण्टामा सात आठ पटक राम्ररी पिसाव लागेर फेरेको अबस्थामा यतिमात्रामा पिसब हुन्छ भन्ने अनुमान गर्नुपर्यो ।
यी भए पत्थरी रोग लाग्न नदिनका कारणहरु ,पत्थरी भईसकेपछिका उपचार पद्धतिहरु के के छन् ?
पत्थरी भईसकेपछिका उपचार पद्धतिहरु धेरै छन् ।सबैभन्दा फलदायी उपचार पद्धति अहिलेसम्म सर्जरी नै हो । अब यो सर्जरी पतरिकाहरु पनि धेरै छन् । ढुङगा कुन ठाउमा भएको हो ,कुन ठाउमा छ जस्तो किड्नीमा छ कि ? मुत्र नलिमा छ कि ? पिसाव थैलिमा छ त्यो अनुसारले उपचार पद्धतिहरु फरक फरक पर्न जान्छन् । साथसाथै ढुङगाको साईज कत्रो छ , कहिलेकाहि साना साना ढुङगाहरु पानी राम्ररी पिउदा र केहि औषधिहरु छन् ती औषधिको सेवनले पिसावको माध्यमबाट बाहिर निकाल्नलाई मदत गर्छ र आफै फुटेर पथ्थरी बाहिर निस्कन्छ । बिशेषगरी ५ mm भन्दा सान ढुङगाहरुलाई पिसावबाट निकाल्नमा पानी र त्यस्ता औषधिले मदत गर्छ । यस्ता धेरै अवस्थामा आफै ढुङगा बाहिर पनि गएको छ ।यसलाई कन्जभेटिभ उपचार भनिन्छ ।
कुनै पनि प्रकारको ढुङगाहरु जस्तो युरिक एसिड भएका मानिसहरुमा कहिलेकाहि युरिक एसिडको ढुङगा बन्न जान्छ जुन सहजै एक्स्रेमा देखा पर्दैन । र यो कहिलेकाहि सहि औषधि उपचारको प्रयोग भयो भने आफै घुलेर जान पनि सक्ने अवस्था हुन्छ ।
युरिक एसिड भएको बिरामिलाई युरिक एसिडबाट कसरि पत्थरी बन्ने हो ?
युरिक एसिड भएको बिरामिलाई युरिक एसिड बढ्ने मात्र हैन अरु समस्याहरु पनि हुन्छ । जसलाई हामि मेटापोलिक सिन्डोम भन्छौ । यी मेटापोलिक सिन्डोम भएका बिरामिलाई पिसाबमा हुने अम्लपना बढ्न जान्छ र युरिक एसिड जस्ता तत्वहरु पिसाबमा नघुलेर यी कृष्टल बन्न जान्छन् । यस्तो हुदा यी युरिक एसिडको ढुङगा बन्न सक्ने सम्भावना हुन्छ । अब यसले आफै पनि ढुङगा पनि बनाउछ साथसाथै अरु तत्वहरुको ढुङगा बनाउन पनि मदत गर्दछ । त्यसैले युरिक एसिड भएका बिरामिले ढुङगासाग सधै सतर्क रहनुपर्ने अबस्था आउछ ।
अहिले वालवालिका होस या युवाहरु सबै मानिसले जङफुडको अत्याधिक प्रयोग गर्ने गरेका छन् यसले पत्थरी हुनलाई कत्तिको प्रभाव पार्छ ?
जङफुडले नै पत्थरी बनाउने त हैन तर यसले शरीरकमा धेरै परिवर्तन ल्याउछ जसले पत्थर बनाउन बनाउछ । सबैभन्दा महत्वपुर्ण कुरा भनेको नियमित जङफुड खाने मान्छेहरुको वजन त्यहि अनुसारले बढ्दै गएको देखिन्छ । यो अन्तराष्ट्रिय स्तरका धेरै जङफुड स्टलहरु हामिकहा खुलिसकेका छन् । त्या नियालेर हेर्ने हो भने त्यहा बस्ने मानिसहरु मोटा घाटा चाहिनेभन्दा धेरै वजन भएकाहरु बढी पाईन्छ । हाम्रो देशमा मात्र हैन बिदेशमा पनि यहि समस्या हो । जङफुडले गराउने यो मोटोपना पनि रोग नै हो । मोटोपनाले गर्ने समस्या मेटापोलिक सिम्डोम हो । यसले गर्दा शरिरमा युरिक एसिड बढ्न सक्ने ,पिसाबमा युरिक एसिडको मात्रा बढ्ने र पिसाबको अम्लपना बढ्न (एसिडिक ) हुन जाने गर्दछ । यहि कारणले ढुङगा बनाउन सक्ने क्षमता बढाउछ ।
दोस्रो कुरा जङफुडमा सोडियम अर्थात नुनको मात्रा अत्याधिक रहेको हामिले पाएका छौ । र नुन ( सोडियम) ले अत्याधिक सोडियमले पिसाबमा ढुङगा बनाउनलाई मदत गर्ने पनि धेरै अनुसन्धान ,अन्वेशषणले पनि पत्ता लगाईसेको र सत्य कुरा हो ।
तेस्रो चिज एनिमल प्रोटिन अर्थात माछा मासुको प्रयोग बढी हुन्छ ।त्यसमा पनि रातो मासु ( खसि ,रागा र सुगुरको मासुलाई रातो मासु भनिन्छ ) को प्रयोग बढी हुनाले त्यसको प्रयोगले सोहि मात्रामा युरिक एसिड र पिसावमा अम्लपना बढ्ने सम्भावना अत्याधिक बढेर जान्छ । जङफुडमा यी सबै तत्वहरु मिलेको हुनाले यसले ढुङगा बनाउने समस्या गराउन सक्छ ।
मृगौला र मुत्र नलिमा पत्थरी भएर उपचार पछि ठिक भईसकेका बिरामिहरुमा पुन पत्थरी हुने सम्भावना कत्तिको हुन्छ ?
सबैलाई सुन्दा डर पनि लाग्न सक्छ तर एक पटक पत्थरी भईसकेका बिरामिलाई पुन बल्झन्छ । संसारभर भएका अनुसन्धानमा पनि एक पटक पत्थरी भईसकेपछि फेरी दोहोर्याएर पत्थरी हुने सम्भावना १० बर्ष ५० प्रतिशत सम्भावना छ । भनेको एकपटक उपचार गराएर पत्थरी मुत्त भईसकेका मान्छेहरुलाई १० बर्ष फेरी दोहोर्याएर पत्थरी हुन्छ । यो सबैभन्दा ठुलो समस्या हो । यसको कारण भनेको आफ्नो जीवन शैलीमा परिवर्तन गर्न सकेनौ ,त्यहि हिसावले पानीको मात्रा लिन या पर्याप्त पानी पिएनौ या शरीरमा कुनै समस्या वा कुनै संयन्त्रमा खराबि छ भने दोहोर्याएर पत्थरी गराउन सक्ने सम्भावना छ ।
पत्थरीका बिरामीहरुलाई बिभिन्न लक्षण वा स्वास्थ्य समस्या देखिएर बिभिन्न हस्पिटल गएर उपचार गराउदा सुरुमै रोग पत्ता नलाग्दा र उपचार प्रक्रियामा समस्याभईरहेको गुनासाहरु बढी सुनिन्छन् । नेपालमा हाल कुन कुन हस्पिटलमा पत्थरीको सहजै उपचार गराउन सकिन्छ ?
अहिले नेपाल अधिराज्य भरी नै धेरै जना मुत्र रोग बिशेषज्ञहरु आईसक्नुभएको छ । ७५ वटै जिल्लामा नभएपनि कमसेकम नेपालका पाच मध्ये चार विकास क्षेत्रमा मुत्ररोग विशेषज्ञ अहिले कार्यरत हुनुहुन्छ । र काठमाण्डौमा ठुला सान अस्पताल गरेर कमसेकम ४०/४२ वटा अस्पताल छन् । ती मध्ये एक तिहाई भन्दा बढी अस्पतालमा मुत्र रोगको पत्थरी सम्बन्धि उपचारको सुबिधा उपलब्ध छ । यस्तै हामी अहिले गरिरहेको निदान अस्पतालमा पनि बिगत दुई बर्षदेखि मुत्र रोग सम्बन्धिी पत्थरीको उपचार भईरहेको छ ।
निदान हस्पिटलले कुन कुन पद्धतिबाट मृगौला र मुत्र नलिमा लागेको पत्थरीको उपचार गरिरहेको छ ?
मृगौलाको पत्थरी र मुत्र नलिको पत्थरी धेरै तरिकाको हुन सक्छ । एउटा अप्रेसनबाट गरिन्छ त्यसमा पनि चिरेर गर्ने र नचिरि गर्ने दुई प्रकारको हुन्छ । तेस्रो पद्धती हो बिना अप्रेसन जुन मेसिनबाट फोडेर गरिन्छ । अहिले हामि निदान अस्पतालमा अप्रसन द्धारा चिरेर गर्ने र त्यो भन्दा बिशेषत नचिरिकन गर्ने अप्रशनहरुबाट मृगौला र मुत्र नलिमा भएको पत्थरीको उपचार गरिरहेका छौ । त्यसमध्ये मृगौलामा जुन पत्थरी छ त्यसलाई पछाडि ढाडमा ५ mm देखि १ सेन्टिमिटर सम्मको सानो प्वाल बनाएर सिधै किड्नीमा गई त्यहाको पत्थरीलाई मेसिनद्धारा फोडेर पत्थरीलाई निकालेर किड्नीलाई क्लियर गर्ने गर्दछौ । त्यस्तै मुत्र नलिमा र पिसाबको थैलीमा भएको पत्थरीका लागि चिर्नु र प्वाल पार्नु आवश्यक छैन ।
सिधै पिसब फेर्ने नलिबाट दुर्बिन हालेर पिसबको थैली र मुत्र नलिको पत्थरीको मेसिनद्धारा फोडेर निकालेर क्लियर गर्ने उपचार पद्धती अपनाईन्छ । मुत्र नलि र पिसाबको थैलीको पत्थरीको उपचार गर्ने पद्धतीलाई युआरएस भनिन्छ ।
औषधिको सेवनबाट उपचार गर्ने पद्धतीलाई समान्य मानेपनि अप्रेसनद्धारा गर्ने उपचारपद्धतीलाई अपनाउन बिरामिहरु डराउने पनि गरेका छन् नि ?
प्राकृतिक रुपमा नै अप्रेसन भन्ने बित्तिकै सबै डराउने गर्छन् । केहि समयसम्म बेहोस पनि पार्नु पर्छ तर अहिले बिज्ञानले धेरै प्रगति गरिसकेको छ । हामी काठमाण्डौ र नेपालमा तथा निदान अस्पतालमा पनि यो प्रगतिबाट धेरै पछि रहेका छैनौ । हामिले पहिला पहिला कमसेकम दुई भित्ता लामो चिरेर अप्रेसन गर्नुपर्थो ढुङगा निकाल्न तर अहिले पाच एमएम देखि एक सेन्टिमिटरको प्वाल भनेको खासै ठुलो अप्रेसनको समस्या हैन । अहिले अप्रेसन गरेको भोलीपल्ट वा पर्सिपल्ट नै डिस्चार्ज भएर घर जान सक्छ । त्यसमा पनि मुत्र नलिको अप्रेसन गरेका बिरामी त अप्रसन गरेको सोहि दिन पनि डिस्चार्ज गर्न सकिन्छ । त्यसैले अप्रेसनलाई लिएर त्यति आत्तिनु पर्ने अवस्था पहिले जस्तो छैन ।
निदान अस्पतालमा मृगौला र मुत्र नलिमा भएको पत्थरीको उपचारका क्रममा बिरामिले किम्िितमा कति खर्च गर्नुपर्छ ,कति लाग्छ ?
यति नै खर्च लाग्छ भनेर भन्न त अप्ठ्यारो छ । सामान्यतया अप्रेसनको चार्ज २० देखि २५ हजार र कहिलेकाहि ३० /४० हजार सम्म खर्च लाग्न सक्ने सम्भावना छ । यो अप्रेसनको प्रकृति ,ढुङगाको कम्प्लेक्सिटि र त्यसले कत्तिको असर गरेको छ र कति अप्ठ्यारो छ ,कति प्राविधिक चिहरु उपयोग हुन्छन् त्यसमा भर पर्छ । काठमाण्डौ र नेपालको समग्र अस्पतालहरुको खर्चको तुलनामा निदान अस्पतालले पहिले देखि नै सहुलियत दरमा नै उपचार पद्धतिहरु बिरामिलाई उपलब्ध गराउदै आएको छ ।