नेपालमा मृगौला र मुत्र नलिको पत्थरीका बिरामिको सङख्या बढ्दो

नेपालमा मृगौला र मुत्र नलिको पत्थरीका बिरामिको सङख्या बढ्दो

  • शुक्रबार, चैत्र २७, २०७१
  • मिर्मिरे अनलाइन

  • 25.1K
    SHARES

imagesमृगौला हाम्रो शरीरको अत्यन्त महत्वपूर्ण अंग मध्येको एक हो । पछिल्लो समयमा हाम्रो देशमा मृगौलामा पत्थरी पलाउने समस्या चर्को रुपमा दिनानुदि बढीरहेको छ । ग्रामिण क्षेत्रमा बसोबास गर्ने भन्दा शहरी क्षेत्रमा बसोबास गर्नेहरुमा मृगौलाको पत्थरी सम्बन्धि समस्या अझ जटिल छ । यसको मुख्य कारण खानपानमा आएको परिवर्तनका साथै मासु जन्य खाध्य पदार्थ र बोसोको प्रयोग नै हो । साथै फाष्टफुड र जंगफुडको कारणले पनि मृगौला र मुत्र नलिमा पत्थरीको समस्या आउने गरेको छ ।

मुत्र रोग भनेको के हो ?

मुत्र रोग भनेको पिसाव बनाउने सम्बन्धी सिस्टमको रोग हो । यसमा गृगौला सम्बन्धि रोग , मुत्र नलिको रोग ,पिसवको थैलीको रोग ,प्रस्टेड र थुरेथ्रा अथार्त पिसाव फेर्ने नलीको रोगहरु मुत्र रोग भित्र पर्दछन् । र यसमा सबै बिभिन्न प्रकारका रोग छन् । प्राय देखिने समस्या भनेको ढुङगा सम्बन्धि (पत्थरी) को समस्या हो । त्यस्तै उमेर बढ्दै गएपछि धेरैमा अर्थात सय जनामा ८० जना जतीमा ६० बर्ष उमेर कटेपछि देखिने समस्या प्रोस्टेड सम्बन्धि समस्या हो । त्यसैगरी पिसावको यी सबै अंगहरुको क्यान्सर पनि एकदमै बढ्दै गएको हामिले देखिरहेका छौ र यी सबै समस्याको मुत्र रोग बिशेषज्ञहरुले हेर्छौ ।यसको साथ साथै व्रशाणुगत रुपमा जन्मका साथ मुत्र नली र किड्नीमा हुने अनेकौ समस्या पनि मुत्र रोग अन्तरगत नै पर्दछन् ।

मुत्र रोगका बिरामिको सुरुवातमा देखिने र विकास हुदै गएपछिका लक्षणहरु के के हुन् ?

मुत्र रोगको लक्षण कुन अंगमा रोग छ त्यो अनुसार नै देखा पर्दछ । धेरैजसो देखिने भनेको गृगौला सम्बन्धि रोगहरु हुन् । मृगौला सम्बन्धि पत्थरी , गृगौलामा भएका ट्युमरहरु , मृगौलामा केहि कारणले भएका रोकावटहरु भएको हुन्छ ,यी समस्याहरु देखा पर्दा कोखामा दुखने समस्या हुन्छ । यो सबै भन्दा धेरैमा देखिने समस्या हो । यो दुखाई कहिलेकाहि कोखाबाट तलतिर पेटको तल्लो भागतिर सर्ने पनि गर्दछ ।
यो दुखाई मृगौला सम्बन्धि दुखाईका लागि विशेषता ( ट्रिपिकल ) दुखाई भन्दछौ । यसलाई अग्रेजीमा चबलष्यअयलष्अ वा गचयचभतष्अयलष्अ भन्ने गरिएको छ । यसले पेटमा निमोठेजस्तो गरेर सारै दुख्छ । यो दुखाई माथि कोखाबाट तल तीर सर्ने गर्छ । साथ साथै पिसावमा रगत देखिने पनि मुत्र रोगको प्रमुख लक्षण हुन्छ ,चाहे त्यो किड्नीमा या मृगौलामा भएको ट्युमर वा पत्थरी होस् या पिसावको थैलीको ट्युमर वा पथ्थरी होस । यी सबै समस्यामा पिसाबमा रगत देखिने सम्भावना बढी हुन्छ । साथै प्रस्टेटको समस्यामा भने प्रस्टेट र पिसव फेर्ने युयेथ्रा नलिको समस्यामा भने पिसाब फेर्न गाह्रो हुने ,जोड लगाउनु पर्ने ,छिनछिनमा पिसाब फेर्न जानुपर्ने ,राती धेरै पटक पिसाब गर्न उठ्नुपर्ने र पिसाब फेर्दा पनि आफुल पुरा राहत नपाएको अनुभुती हुने समस्याहरु यसको लक्षणका रुपमा देखिन्छ ।

मुत्र रोग अर्थात मुत्र नलीमा के कारणले पत्थरी हुन्छ ?

यसका कराण्हरु अनेकौ छन् । हामीले नेपालको अवस्थालाई हेर्दा के कारणले भईरा छ र कति मात्रामा छ भन्ने ठोस कारण छैन । तर बिश्वको वा छिमेकी राष्ट्रको अवस्था हेर्दा बिगतका बर्षहरु भन्दा अहिलेका १५ – २० बर्षमा यसको सङख्या बढ्दै गएको देखिएको छ । यसमा अनेकौ कारणहरु देखिाईएको छ । सबैभन्दा मुख्य कारण खानालाई नै दोसि ठहर्याईएको छ । र अत्याधिक वजन (तौल) हुने ,साथसाथै पिउने पानीमा कमी र माच्छा मासुको अत्याधिक उपभोगले ढुङगा बनाउनलाई प्रोतसाहन गर्छ भन्ने बिश्वास छ । त्यसको साथसाथै अरु किड्नी वा किड्नीको पिसाब बनाउने जुन संयन्त्रहरु छन् तीनिहरुमा नै कुनै प्रकारको दोषहरुको कारणले पनि ढुङगा बन्न सक्ने सम्भावना बढ्दो छ । साथसाथ बच्चा बच्चीमा हुने ढुङगाको समस्याको कारण भने कुनै बंषाणुगत समस्या नै भएको देखिन्छ । त्यसैले समग्रमा भन्नु पर्दा मुत्रनलिको प्रमुख कारणहरुमा हामिले गर्ने भोजन वा खानामा दोष , मृगौलामा भएका आफ्नै संयन्त्रमा हुने खराबी र कहिलेकाहि बच्चाहरुमा हुने बंशाणुगत दोषहरुको कारणले मृगौलामा पथ्थरी हुने प्रबल सम्भावन हुन्छ ।

मृगौला र मुत्रनलीको पत्थरी ग्रामिण भेगमा भन्दा शहरी भेगका मानिसमा बढी पाईन्छ भनिन्छ यो कत्तिको बास्तविकता हो ?

यो सत्य हो । तपाईहरुले विचार गर्दा वा ध्यान दिनुभयो भने गााउ घरमा बसेको मानिस भन्दा शहरमा बस्ने मानिसमा पथ्थरीको समस्या बढी देखिएको छ । यसको प्रमुख कारण भनेको हम्रो परिवर्तीत जीवनशैली नै हो । हामी बिस्तारै अहिले २१ औ शताब्दीमा होमिदै गइरहेका छौ र यो सागसगै हाम्रो रहनसहन र खानपिनमा ज्यादा परिवर्तन आईसकेको छ । पहिलेको साधा र स्वस्थय खाना थियो त्यसबाट हामि बिमुख हुदै यो पश्चिमा खानपान तर्फ बढी अग्रसर हुदै गईरहेका छौ । त्यसले निम्त्याएको मोटोपन र खानामा हुने बिकारहरु यी सबै चिजले गर्दा सहरी भेगमा बस्ने मान्छेको ढुङगा बन्ने अर्थात पथ्थरी हुने सम्भावना बेसि देखिएको छ ।

मुत्रनलीमा हुने पत्थरीका कारणले मृगौलालाई असर गर्ने हो अथवा मृगौलामा कुनै संक्रमण भएपछि पत्थरी हुने हो ? सर्वसाधारण बिरामीमा नै अन्यौल छ ।

यसमा मृगौला ,मुत्र नली र पथ्थरीको बीचमा गहिरो अन्तरसम्बन्ध छ । अब मैले भने जस्तै ढुङगा बन्नलाई कि त मृगौलामा कुनै प्रकारको बिकार हुनु पर्यो ।त्यो भएपछि ढुङगा बन्न सक्ने सम्भावना बढी हुन्छ । साथसाथै पिसावमा हुने संक्रमणहरु बारम्बार जुन महिलामा हुने पत्थरीमा देख्छौ ,पिसाबमा बारम्बार महिलाहरुमा संक्रमण हुन सक्ने सम्भावना भएका कारणले उहााहरुमा त्यस्तो अबस्थामा ढुङगा बन्न सक्ने सम्भावना हुन्छ । अब यो ढुङगा बनिसकेपछि यसले मृगौलाको बिभिन्न भागमा गएर जमेर बस्छ र पछि यी ढुङगाहरु कहिलेकाहि झरेर मुत्र नलिमा पनि आउन सक्छ । मृगौलामा भएको ढुङगा बढ्दै जान सक्छ र मुत्र नलीमा भएको ढुङगाले बिस्तारै मृगौलाको मुत्र नलीको पिसावको प्रवाहलाई रोकिदिन्छ र दोस्रो बढ्दै गएको ढुङगाले मृगौलामा पनि पिसावको प्रवाहलाई रोक्न सक्ने प्रवल सम्भावना छ । साथमा रोवट भएपछि पिसाममा संक्रमण हुने , बिभिन्न थरिका ब्याक्टेरीयाले पिसाबमा ईन्फेक्सन पनि साथसाथ गर्ने हुदा मृगौलाको सम्पुर्ण संरचना नै खराब गर्न सक्ने सम्भावना रहन्छ । र बिश्वमा हाम्रो जस्तो राष्ट्रमा ढुङगाको कारणले कमसेकम १५ देखि २० प्रतिशत मान्छेको किड्नी फेल भएको पनि पाईएको छ । हुनत बिदेशी राष्ट्रहरुमा किड्नी ट्रान्सप्लान्ट (प्रत्यारोपण ) का लागी जानलाइ यो त्यत्ति सामान्य कारण हैन तर हाम्रो राष्ट्रमा ढुङगाको कारणले किड्नी फेल हुदा प्राय २० प्रतिशत मान्छेहरुमा किड्नी प्रत्यारोपण गर्नु पर्ने अवस्था समेल आउन सक्छ ।

पत्थरी भईसके पछि क्यान्सर पनि हुनसक्छ भनिन्छ। यो कसरी हुने हो ?

पत्थरीबाट क्यान्सर हुन एकदम कम सम्भावना हुन्छ । सय मा एक जनालाई हुन सक्छ । तर यो लामो समयसम्म पत्थरीको उपचार नगरि बसिरह्यो भने त्यसले मुत्र नलिको भित्री सतह अर्थात न्युकोसा लाई ईरिटेड (ष्चचष्तबतभ ) गरिहन्छ र त्यो ईरिटेड गर्ने बाहेक म्युकोसाको प्रकृति परिवर्तन हुन जान्छ । र त्यस्तो परिवर्तन हुदा बिस्तारै त्यो क्यान्सरमा परिणत हुन सक्ने पनि सम्भावना पनि छ । ढुङगाको कारणले बिश्वमा जति मृगौला फेल हुन्छ त्यो भन्दा धेरै कम मृगौला र पिसावको थैलीको क्यान्सर ढुङगाको कारणले भएको दखिएको छ ।

पत्थरीको कुरा गरिरहदा ढुङगा भन्ने गरिन्छ । यो पथ्थरी भएपछि ढुङगा नै हुन्छ कि कुनै पदार्थ हो ?

मान्छेले अचम्म मान्छन् तर यो ढुङगा नै हो । खोलानालामा बग्ने जस्तो ठुलो ढुङगा त हुदैन । तर यसमा जुन तत्वहरु छन् ती सामान्य खनिजहरु नै हुन् । जस्तो प्रचुर मात्रामा क्याल्सीयम हुन्छ । र क्याल्सियम भएकोले यसले जुन बनोट र आकृति लिन्छ त्यो हेर्दा बास्तबिक रुपमा खोलामा बग्ने ढुङगा हुन्छ त्यस्तै देखिन्छ । र पिसाबको थैलीको ढुङगाहरु कहिलेकाहि उपचार नहुदा खेरि ८ देखि १० सेन्टिमिटर सम्मको भाको पाईएको छ । हाम्रो देशमा भने अझै पनि यो समस्या यथावतै छ ।

पत्थरीको उपचारको कुरा गरिरहदा शहरी क्षेत्रमा समस्या आउनासाथ हस्पिटल जान्छन चिकित्सकको परामर्श अनुसार औषधि सेवन गर्छन तर ग्रामिण भेगमा यो अबस्था कम छ । उनीहरु आयुर्वेदिक औषधि खाएपछि पथ्थरी गयो भन्ने गरेको भएपछि पुन पछि बल्झिने गरेको छ । पत्थरीलाई पुर्ण रुपले निको पार्न कस्तो उपचार पद्धति अपनाउन सकिन्छ ?

सबैभन्दा मुख्य कुरा भनेको पत्थरी हुन नदिनु नै हो । पत्थरी हुन नदिनु नै यसको मुख्य उपचार मान्दछु । किनभने सबैभन्दा धेरै युवाहरुलाई नै बढी पथ्थरी भएको देखिएको छ । यसले गर्दा देशको आर्थिक विकासमा नै असर परिहेको छ । काम गर्न सक्ने उमेर भएका २० देखि ५० बर्ष सम्मका युवाहरुलाई बढी पत्थरी हुने गरेकाले आफ्नो पारिवारी र देशको अर्थतन्त्रमा योदान दिन नसक्ने हुदा यसलाई हुन नदिनु नै राम्रो उपचार हो ।

पत्थरी हुन नदिनलाई के के उपायहरु अपनाउन सकिन्छ ?

त्यसमा मुख्य दुई तीन वटा कुरा छन् । सबैभन्दा महत्वपूर्ण भनेको पानीको प्रयोग हो । किनभने हामिले साधारणतया तर्कपुर्ण रुपमा सोच्दा पनि कुनै पनि बस्तु जुन पानीमा घुल्न वा मिसिन सक्छ ( जस्तो पत्थरी बन्ने खनिजहरु छन् ती सामान्यतया पानीमा घुल्न सक्छन् ।जुन पिसाबको मुख्य कम्पोनेन्ट हो ) र यी पानीको अर्थात पिसाबको मात्रा बढ्न गयो भने यी चिजहरु घुलेको अबस्थामा रहन सक्छन् भने पानीको मात्रा कम हुदा यी चिजहरु नघुलेर ढुङगा बन्नमा अग्रसर हुन्छन् । त्यसैले सबैभन्दा महत्वपूर्ण भनेको हामिले आफुलाई पुग्ने मात्रामा पानी पिउनु पर्यो ।
अब पानी कति मात्रामा पिउने भनेर मापन नै भने गरिएको छैन । हाम्रो देशमा कोहि लिटरको लिटर पानी पिए भन्छन् तर यसरि पानी पिएर त खासै फाईदा छैन । मुख्य कुरा भनेको पिसाबको मात्राका आधारमा पानी कति पिउने हो बिचार गर्नुपर्छ । हामीले नर्मली भन्दा दिनमा (२४ घण्टामा ) दुई देखि अढाई लिटर सम्म पिसव भयो भने ढुङगा भईरहन रोक्दछ । जसले ढुङगा बनाउन मदत गर्छ ती चिजहरु पानी अर्थात पिसावमा घुलेकै अवस्थामा रहन जान्छ र ढुङगा बन्ने सम्भावना रहदैन । त्यसैले २४ घण्टामा २ लीटरको हाराहारीमा पिसाव हुनेगरि पानी पिउनुपर्छ ।

अब गर्मिमा कति पानि पिउने भन्नेमा सो समय पसिना बढी आउछ र जाडोमा कम पसीना आउने भएकाले सोहि अनुसार पानी पिउनुपर्छ । र कसरि आफुले दुई लिटर पानी पिए भनेर मापन गर्न त गाह्रो नै हुन्छ । तर एउटा नर्मल मानिसले पिसाव लागेको अबस्थामा तीन सय एम एल देखि पाच सय एम एल सम्मको पिसाव फेर्ने गर्दछ । त्यो हिसाबमा हामीले २४ घण्टामा सात आठ पटक राम्ररी पिसाव लागेर फेरेको अबस्थामा यतिमात्रामा पिसब हुन्छ भन्ने अनुमान गर्नुपर्यो ।

पत्थरी भईसकेपछिका उपचार पद्धतिहरु के के छन् ?

पत्थरी भईसकेपछिका उपचार पद्धतिहरु धेरै छन् ।सबैभन्दा फलदायी उपचार पद्धति अहिलेसम्म सर्जरी नै हो । अब यो सर्जरी पतरिकाहरु पनि धेरै छन् । ढुङगा कुन ठाउमा भएको हो ,कुन ठाउमा छ जस्तो किड्नीमा छ कि ? मुत्र नलिमा छ कि ? पिसाव थैलिमा छ त्यो अनुसारले उपचार पद्धतिहरु फरक फरक पर्न जान्छन् । साथसाथै ढुङगाको साईज कत्रो छ , कहिलेकाहि साना साना ढुङगाहरु पानी राम्ररी पिउदा र केहि औषधिहरु छन् ती औषधिको सेवनले पिसावको माध्यमबाट बाहिर निकाल्नलाई मदत गर्छ र आफै फुटेर पथ्थरी बाहिर निस्कन्छ । बिशेषगरी ५ mm भन्दा सान ढुङगाहरुलाई पिसावबाट निकाल्नमा पानी र त्यस्ता औषधिले मदत गर्छ । यस्ता धेरै अवस्थामा आफै ढुङगा बाहिर पनि गएको छ ।यसलाई कन्जभेटिभ उपचार भनिन्छ ।

कुनै पनि प्रकारको ढुङगाहरु जस्तो युरिक एसिड भएका मानिसहरुमा कहिलेकाहि युरिक एसिडको ढुङगा बन्न जान्छ जुन सहजै एक्स्रेमा देखा पर्दैन । र यो कहिलेकाहि सहि औषधि उपचारको प्रयोग भयो भने आफै घुलेर जान पनि सक्ने अवस्था हुन्छ ।

युरिक एसिड भएको बिरामिलाई युरिक एसिडबाट कसरि पत्थरी बन्ने हो ?

युरिक एसिड भएको बिरामिलाई युरिक एसिड बढ्ने मात्र हैन अरु समस्याहरु पनि हुन्छ । जसलाई हामि मेटापोलिक सिन्डोम भन्छौ । यी मेटापोलिक सिन्डोम भएका बिरामिलाई पिसाबमा हुने अम्लपना बढ्न जान्छ र युरिक एसिड जस्ता तत्वहरु पिसाबमा नघुलेर यी कृष्टल बन्न जान्छन् । यस्तो हुदा यी युरिक एसिडको ढुङगा बन्न सक्ने सम्भावना हुन्छ । अब यसले आफै पनि ढुङगा पनि बनाउछ साथसाथै अरु तत्वहरुको ढुङगा बनाउन पनि मदत गर्दछ । त्यसैले युरिक एसिड भएका बिरामिले ढुङगासाग सधै सतर्क रहनुपर्ने अबस्था आउछ ।

अहिले वालवालिका होस या युवाहरु सबै मानिसले जङफुडको अत्याधिक प्रयोग गर्ने गरेका छन् यसले पत्थरी हुनलाई कत्तिको प्रभाव पार्छ ?

जङफुडले नै पत्थरी बनाउने त हैन तर यसले शरीरकमा धेरै परिवर्तन ल्याउछ जसले पत्थर बनाउन बनाउछ । सबैभन्दा महत्वपुर्ण कुरा भनेको नियमित जङफुड खाने मान्छेहरुको वजन त्यहि अनुसारले बढ्दै गएको देखिन्छ । यो अन्तराष्ट्रिय स्तरका धेरै जङफुड स्टलहरु हामिकहा खुलिसकेका छन् । त्या नियालेर हेर्ने हो भने त्यहा बस्ने मानिसहरु मोटा घाटा चाहिनेभन्दा धेरै वजन भएकाहरु बढी पाईन्छ । हाम्रो देशमा मात्र हैन बिदेशमा पनि यहि समस्या हो । जङफुडले गराउने यो मोटोपना पनि रोग नै हो । मोटोपनाले गर्ने समस्या मेटापोलिक सिम्डोम हो । यसले गर्दा शरिरमा युरिक एसिड बढ्न सक्ने ,पिसाबमा युरिक एसिडको मात्रा बढ्ने र पिसाबको अम्लपना बढ्न (एसिडिक ) हुन जाने गर्दछ । यहि कारणले ढुङगा बनाउन सक्ने क्षमता बढाउछ ।

दोस्रो कुरा जङफुडमा सोडियम अर्थात नुनको मात्रा अत्याधिक रहेको हामिले पाएका छौ । र नुन ( सोडियम) ले अत्याधिक सोडियमले पिसाबमा ढुङगा बनाउनलाई मदत गर्ने पनि धेरै अनुसन्धान ,अन्वेशषणले पनि पत्ता लगाईसेको र सत्य कुरा हो ।
तेस्रो चिज एनिमल प्रोटिन अर्थात माछा मासुको प्रयोग बढी हुन्छ ।त्यसमा पनि रातो मासु ( खसि ,रागा र सुगुरको मासुलाई रातो मासु भनिन्छ ) को प्रयोग बढी हुनाले त्यसको प्रयोगले सोहि मात्रामा युरिक एसिड र पिसावमा अम्लपना बढ्ने सम्भावना अत्याधिक बढेर जान्छ । जङफुडमा यी सबै तत्वहरु मिलेको हुनाले यसले ढुङगा बनाउने समस्या गराउन सक्छ ।

मृगौला र मुत्र नलिमा पत्थरी भएर उपचार पछि ठिक भईसकेका बिरामिहरुमा पुन पत्थरी हुने सम्भावना कत्तिको हुन्छ ?

सबैलाई सुन्दा डर पनि लाग्न सक्छ तर एक पटक पत्थरी भईसकेका बिरामिलाई पुन बल्झन्छ । संसारभर भएका अनुसन्धानमा पनि एक पटक पत्थरी भईसकेपछि फेरी दोहोर्याएर पत्थरी हुने सम्भावना १० बर्ष ५० प्रतिशत सम्भावना छ । भनेको एकपटक उपचार गराएर पत्थरी मुत्त भईसकेका मान्छेहरुलाई १० बर्ष फेरी दोहोर्याएर पत्थरी हुन्छ । यो सबैभन्दा ठुलो समस्या हो । यसको कारण भनेको आफ्नो जीवन शैलीमा परिवर्तन गर्न सकेनौ ,त्यहि हिसावले पानीको मात्रा लिन या पर्याप्त पानी पिएनौ या शरीरमा कुनै समस्या वा कुनै संयन्त्रमा खराबि छ भने दोहोर्याएर पत्थरी गराउन सक्ने सम्भावना छ ।

पत्थरीका बिरामीहरुलाई बिभिन्न लक्षण वा स्वास्थ्य समस्या देखिएर बिभिन्न हस्पिटल गएर उपचार गराउदा सुरुमै रोग पत्ता नलाग्दा र उपचार प्रक्रियामा समस्याभईरहेको गुनासाहरु बढी सुनिन्छन् । नेपालमा हाल कुन कुन हस्पिटलमा पत्थरीको सहजै उपचार गराउन सकिन्छ ?

अहिले नेपाल अधिराज्य भरी नै धेरै जना मुत्र रोग बिशेषज्ञहरु आईसक्नुभएको छ । ७५ वटै जिल्लामा नभएपनि कमसेकम नेपालका पाच मध्ये चार विकास क्षेत्रमा मुत्ररोग विशेषज्ञ अहिले कार्यरत हुनुहुन्छ । र काठमाण्डौमा ठुला सान अस्पताल गरेर कमसेकम ४०/४२ वटा अस्पताल छन् । ती मध्ये एक तिहाई भन्दा बढी अस्पतालमा मुत्र रोगको पत्थरी सम्बन्धि उपचारको सुबिधा उपलब्ध छ । यस्तै हामी अहिले गरिरहेको निदान अस्पतालमा पनि बिगत दुई बर्षदेखि मुत्र रोग सम्बन्धिी पत्थरीको उपचार भईरहेको छ ।

कुन कुन पद्धतिबाट मृगौला र मुत्र नलिमा लागेको पत्थरीको उपचार गरिन्छ  ?

मृगौलाको पत्थरी र मुत्र नलिको पत्थरी धेरै तरिकाको हुन सक्छ । एउटा अप्रेसनबाट गरिन्छ त्यसमा पनि चिरेर गर्ने र नचिरि गर्ने दुई प्रकारको हुन्छ । तेस्रो पद्धती हो बिना अप्रेसन जुन मेसिनबाट फोडेर गरिन्छ । त्यसमध्ये मृगौलामा जुन पत्थरी छ त्यसलाई पछाडि ढाडमा ५ mm देखि १ सेन्टिमिटर सम्मको सानो प्वाल बनाएर सिधै किड्नीमा गई त्यहाको पत्थरीलाई मेसिनद्धारा फोडेर पत्थरीलाई निकालेर किड्नीलाई क्लियर गर्ने गर्दछौ । त्यस्तै मुत्र नलिमा र पिसाबको थैलीमा भएको पत्थरीका लागि चिर्नु र प्वाल पार्नु आवश्यक छैन ।

सिधै पिसब फेर्ने नलिबाट दुर्बिन हालेर पिसबको थैली र मुत्र नलिको पत्थरीको मेसिनद्धारा फोडेर निकालेर क्लियर गर्ने उपचार पद्धती अपनाईन्छ । मुत्र नलि र पिसाबको थैलीको पत्थरीको उपचार गर्ने पद्धतीलाई युआरएस भनिन्छ ।

प्राकृतिक रुपमा नै अप्रेसन भन्ने बित्तिकै सबै डराउने गर्छन् । केहि समयसम्म बेहोस पनि पार्नु पर्छ तर अहिले बिज्ञानले धेरै प्रगति गरिसकेको छ । हामी काठमाण्डौ र नेपालमा तथा निदान अस्पतालमा पनि यो प्रगतिबाट धेरै पछि रहेका छैनौ । हामिले पहिला पहिला कमसेकम दुई भित्ता लामो चिरेर अप्रेसन गर्नुपर्थो ढुङगा निकाल्न तर अहिले पाच एमएम देखि एक सेन्टिमिटरको प्वाल भनेको खासै ठुलो अप्रेसनको समस्या हैन । अहिले अप्रेसन गरेको भोलीपल्ट वा पर्सिपल्ट नै डिस्चार्ज भएर घर जान सक्छ । त्यसमा पनि मुत्र नलिको अप्रेसन गरेका बिरामी त अप्रसन गरेको सोहि दिन पनि डिस्चार्ज गर्न सकिन्छ । त्यसैले अप्रेसनलाई लिएर त्यति आत्तिनु पर्ने अवस्था पहिले जस्तो छैन ।

निदान हस्पिटल, पुल्चोक ललितपुरमा कार्यरत मुत्र रोक विशेषज्ञ तथा सर्जन डा सुबोध रेग्मी सग सिर्जना तिम्सिनाले गर्नु भएको कुराकानिमा आधारीत ..

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी