भोजपुर, ६ फागुनःसङ्घीयता कार्यान्वयनपछि जिल्लाका विभिन्न भागमा प्रदेश सरकारले १३ वटा पक्की र १७ वटा झोलुङ्गे पुल निर्माण गरेको छ ।
पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार पिखुवा खोलामा रु सात करोड ५० लाख, आरीखोलामा रु तीन करोड, वेहेरे खोलामा रु तीन करोड ५० लाख, खाल्डे पिखुवा खोलामा रु दुई करोड ५० लाख, राउते खोलामा रु तीन करोड ५० लाख, कावाखोला रु सात करोड ५० लाख र श्यामखोला रु तीन करोड ४२ लाखको लागतमा पक्की पुल निर्माण भएका हुन् ।
त्यसैगरी, बङ्खुवा खोलामा रु दुई करोड २५ लाख, गङ्खुवा खोलामा रु चार करोड ५० लाख, सिक्तेल खोलामा रु चार करोड, एखुवा खोलामा रु छ करोड ६० लाख, चिरखुवा खोलामा रु पाँच करोड ६३ लाखमा पक्की पुल निर्माण भएका हुन् । तामुटारमारु छ करोड ३५ लाखमा निर्माणाधीन पुल अन्तिम चरणमा छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline