नेपालको निर्वाचनका लागि ५८ करोड सहयोग गर्ने चीनको प्रस्ताव

नेपालको निर्वाचनका लागि ५८ करोड सहयोग गर्ने चीनको प्रस्ताव

  • सोमवार, फाल्गुन ४, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आर्थिक सहयोग उपलब्ध गराउन चीनले पनि इच्छा देखाएको छ। निर्वाचनको सहयोगार्थ चीनले करिब ५८ करोड रुपैयाँ उपलब्ध गराउने गरी प्रस्ताव गरेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको हो।

अर्थमन्त्री रामेश्वर खनालले पनि निर्वाचन सहयोगार्थ चीनबाट आर्थिक सहयोगको प्रस्ताव आएको स्वीकार गरे। तर प्रस्तावको विषयमा भने हालसम्म सम्झौता नभएको बताएका छन्।

चुनावका लागि भारत, जापान र यूएनडीपीले भने सहयोग उपलब्ध गराइसकेका छन्। भारतले ६५० वटा सवारी साधन, जापानले ४० करोड रुपैयाँ र यूएनडीपीले निर्वाचन आयोगलाई सहयोग उपलब्ध गराएको छ।

भारतले उपलब्ध गराउने ६५० सवारीमध्ये तीन चरणमा ३१० भन्दा बढी सवारी साधन उपलब्ध गराइसकेको छ। जापानले यसअघि नेपाललाई उपलब्ध गराएको सहयोगबाट खर्च हुन नसकेको रकम उपलब्ध गराएको हो।

उक्त सहयोग रकम दुवै देशको सम्झौताको आधारमा टुंगोमा पुगिसकेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी