सुनचाँदीको मूल्य आज पनि बढ्यो

सुनचाँदीको मूल्य आज पनि बढ्यो

  • बुधबार, माघ २८, २०८२
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौँ, २८ माघः स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ । मङ्गलबारको तुलनामा दुवै धातुको मूल्य आज पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ६०० र एक तोला चाँदीको मोल रु पाँच हजार २९० कायम भएको छ ।

मङ्गलबार प्रतितोला सुन रु तीन लाख पाँच हजार ५०० र एक तोला चाँदीको मोल रु पाँच हजार २४० कायम भएको थियो । गत सोमबार एक तोला सुन रु तीन लाख चार हजार ६०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २५० मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन पाँच हजार ६० र त्यति नै चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी