माघ २७ । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान कम्पनीको आईपीओ बाँडफाँट भएको हो।
कम्पनीले गत माघ १२ गतेदेखि १५ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा २५ लाख ७९ हजार ९२० जनाले कुल २ करोड ८४ लाख ४१ हजार ६८० कित्ता शेयरका लागि आवेदन परेको क्यापिटलले जनाएको छ। सोमध्ये २५ लाख ३९ हजार ८९२ आवेदन स्वीकृत भएको छ भने ४० हजार २८ आवेदन रद्द भएका छन्।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार कुल ८३ हजार आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline