तस्करीको गोदाममा छापा मार्न पुगेको शसस्त्र प्रहरीको टोलीमाथि तस्कर समुहको आक्रमण

तस्करीको गोदाममा छापा मार्न पुगेको शसस्त्र प्रहरीको टोलीमाथि तस्कर समुहको आक्रमण

  • सोमवार, माघ २६, २०८२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

वीरगन्ज । पर्सामा अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तस्कर समूहले आक्रमण गर्दा ३ जना सशस्त्र प्रहरी घाइते भएका छन् । वीरगन्ज महानगरपालिका–१० स्थित एक गोदाममा आज छापा मार्ने क्रममा तस्कर समुहले हमला गरकेो थियो ।

सशस्त्र प्रहरीले वीरगन्जको आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपले गोदाम गरी राखिएको कपडा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साको सीमा सुरक्षा गुल्म र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार बिहान गोदाममा छापा मारेको थियो । सो क्रममा अवैध रुपमा भण्डार गरी राखेको ७ लाख मूल्य बढीको कपडा बरामद गरिएको छ ।

कपडा बरामदपछि तस्कर समूह आक्रमणमा उत्रिएका थिए । तस्कर समूहको ढुंगामुढा प्रहारबाट सशस्त्र प्रहरीको एउटा वानटन र एउटा स्कार्पियो गाडीमा समेत क्षति पुगेको र ३ जना सशस्त्र प्रहरी घाइते भएका सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी