जेनजी आन्दोलनका नाममा ध्वस्त बनाईएको कोटेश्वर स्थित भाटभटेनी आजबाट सञ्चालनमा

जेनजी आन्दोलनका नाममा ध्वस्त बनाईएको कोटेश्वर स्थित भाटभटेनी आजबाट सञ्चालनमा

  • शनिबार, माघ २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाण्डौ । जेनजी आन्दोलननका नाममा भदौ २४ गतेको विध्वंशको शिकार भएको भाटभटेनी सुपरमार्केटका ध्वस्त आउटलेटहरु पुननिर्माणसँगै पुनः सञ्चालन हुन थालेका छन् ।

भाटभटेनीले यो कामको सुरुवात केही समयअघि वेयरहाउसबाट गरेको थियो । ध्वस्तमध्ये सबैभन्दा अगाडि पुननिर्माण सम्पन्न भएको कोटेश्वर शाखाको पुनः सञ्चालन घटनाको ५ महिनापछि आजबाट भएको छ ।

एक समारोहका बीच ब्राम्हणहरुको स्वस्ती वाचन र पूजाआजका साथमा कोटेश्वरस्थित आउटलेटको पुनः सञ्चालन कार्यको आरम्भ भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुंगले पानसमा दीप प्रज्वलनसँगै गरे ।

सो क्रममा उनले भदौ २४ गते ध्वस्त भएका भाटभटेनीका देशभरका १२ आउटलेटहरु पुननिर्माण भई पुनः सञ्चालनको क्रम अब सुरु भएको जानकारी दिए ।

कोटेश्वरबाहेकका ध्वस्त बाँकी ११ शाखाहरु समेत क्रमशः पुनः सञ्चालन हुनेछन् । नक्सालबाहेकका सबै शाखाहरु आगामी असारभित्रै पुनः सञ्चालनमा ल्याइसक्ने कम्पनीको योजना रहेको छ ।

ुफागुन दोश्रो साताभित्र महाराजगञ्ज, बैशाखमा बौद्धको चुच्चेपाटी शाखा पुनः सञ्चालन गर्ने कम्पनीको योजना छ । नक्साल बाहेकका सबै शाखा असारभित्रै सञ्चालनमा ल्याइसक्ने योजना छ ।ु भाटभेटनीका प्रतिनिधि पानु पौडेलले बिजशालासँग भने(ुनक्सालको आउटलेट पनि आगामी भदौभित्र सञ्चालनमा ल्याइसक्ने हाम्रो योजना छ ।ु

२०८२ भदौ २४ गतेको विध्वंशका क्रममा पूर्ण रुपमा ध्वस्त बनेको कोटेश्वर शाखालाई पहिलाभन्दा अझ अत्याधुनिक र व्यवस्थित बनाएर पुनः सञ्चालनमा ल्याइएको छ ।

भूइँतलामा सुरक्षाका मजबुत उपायहरुसहितको नयाँ र अत्याधुनिक भवन निर्माण गरिएको छ ।

यस्तै, चौथो तलामा अन्य केही आउटलेटको जस्तै फूडपार्क थपिएको छ । कोटेश्वरको पहिलाको भाटभटेनीको मुख्य भवनमै पहिला फूडपार्क थिएन । फूडपार्कसँगै बालबच्चाहरुका लागि छुट्टै प्लेइंग जोन समेत राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी