११ प्रतिशतले बाणिज्य बैंकहरुको नाफामा बृद्धि

११ प्रतिशतले बाणिज्य बैंकहरुको नाफामा बृद्धि

  • बिहिबार, माघ १५, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

चालु आवको यो अवधिमा बैंकहरुले ३० अर्ब ५९ करोड ३९ लाख रुपैयाँ बराबरको नाफा कमाएका छन् । गत आर्थिक वर्ष अर्थात् २०८१र८२ को यही अवधिमा बैंकहरूले कुल २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ नाफा कमाएका थिए ।

अर्थतन्त्रमा देखिएको सुस्तता, बढ्दो खराब कर्जा र कर्जा प्रवाहमा आएको संकुचनका बाबजुद बैंकहरूले आफ्नो नाफामा दोहोरो अंकको वृद्धि कायम राख्न सफल भएका हुन् । विवरण अनुसार २० वाणिज्य बैंकमध्ये ११ बैंकको नाफा बढेको छ । आठ बैंकको नाफा घट्दा एक बैंक भने नोक्सानमा रहेका छन् ।
यो अवधिमा नाफाको आधारमा नबिल बैंकले अग्र स्थानमा देखिएको छ । उक्त बैंकले पुस मसान्तसम्म ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नबिलको यो नाफा गत वर्षको तुलनामा ४६.७१ प्रतिशत बढी हो ।

केही समय अघि मात्रै नयाँ नेतृत्व ल्याएको बैंकले त्यसपछिको पहिलो रिपोर्टमै उत्साहजनक प्रदर्शन गरेको हो । बैंकको ४१ औं साधारणसभाबाट बैंकको अध्यक्ष निर्वाण चौधरी नियुक्त भएका छन् भने पूर्व सीईओ अनिलकेशरी शाह सञ्चालकको रुपमा आएका छन् ।

दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबल आईएमईले यो अवधिमा ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यही अवधिमा कमाएको नाफाभन्दा ६.५० प्रतिशत बढी हो ।

यस अवधिमा नाफामा सबैभन्दा धरै प्रतिशत सुधार कुमारी बैंकको रहेको देखिएको छ । गत वर्षको पुससम्म मात्र २७ करोड ५७ लाख रुपैयाँ नाफा गरेको यस बैंकले यसपालि ८८६.५० प्रतिशतको वृद्धि गर्दै २ अर्ब ७२ करोड रुपैयाँ नाफा पुर्‍याएको हो ।

खराब कर्जाको वृद्धि रोकिएसँगै इम्पेरिमेन्ट चार्जबापत छुट्याउनुपर्ने रकम घट्दा नाफामा सुधार आएको देखिन्छ । योसँगै कुमारी सर्वाधिक नाफा गर्ने सूचीमा तेस्रो स्थानमा उक्लिएको छ ।

नेपाल बैंकले १८३.०४ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले १३२.०४ प्रतिशतले नाफा बढाएका छन् ।

ती बैंकहरूले पुराना खराब कर्जा उठाउन सफल हुनु र सञ्चालन खर्चमा गरेको कटौतीले नाफामा सकारात्मक प्रभाव पारेको देखिन्छ ।

यीबाहेक सिद्धार्थ बैंकले नाफामा १५० प्रतिशत सुधार गरेर १ अर्ब ३२ करोड रुपैयाँ पुर्याएको छ । माछापुच्छ्रे बैंकले २५.२५ प्रतिशत, सानिमा बैंकले १६.६७, नेपाल एसबीआई बैंक १४.५६ प्रतिशत, प्राइम कमर्सियल बैंकले ९।२७ प्रतिशत र एभरेस्ट बैंकले २.०४ प्रतिशत नाफा बढाएका छन् ।

२० वाणिज्य बैंकमध्ये ८ वटा बैंकको खुद नाफामा गिरावट आएको छ । सिटिजन्स बैंक इन्टरनेशनलको ४५.७८, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४३.०५ र प्रभु बैंकको नाफामा २४.०८ ले संकुचन आएको छ । यी बैंकहरूमा यो अवधिमा बैंकले थप प्रोभिजनिङ गर्नुपर्दा नाफा घटेको देखिन्छ ।

त्यस्तै, कृषि विकास बैंकले २६.१२ प्रतिशत, एनएमबि बैंकले १७.१७ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १६.२९ प्रतिशत, हिमालयन बैंकले १४.८९ प्रतिशत र एनआईसी एशिया बैंकले १३.५४ प्रतिशत गुमाएका छन् ।

यो अविधमा लक्ष्मी सनराइज बैंक भने नोक्सानमा छ । गत वर्ष यही अवधिमा १ अर्ब १६ करोड नाफामा रहेको बैंक चालु आवको छ महिनामा २७ करोड ३६ लाख रुपैयाँ नोक्सानमा गएको हो । इम्पेरिमेन्ट चार्मा ४ अर्ब ४७ करोड छुट्याउनुपर्दा बैंक नोक्सानको अवस्थामा पुगेको हो ।

यी विवरणहरुले बैंकहरु अझै पनि खराब कर्जा, कर्जाको मागमा कमी, ब्याजदर अन्तरले बढेको देखिएको छ । अर्थतन्त्रको शिथिलताका कारण ऋणीहरूले समयमा सावाँ–ब्याज तिर्न नसक्दा बैंकहरूको निष्क्रिय कर्जा बढेको छ।

बजारमा तरलता पर्याप्त भए पनि नयाँ लगानीका क्षेत्रहरू नखुल्दा कर्जा प्रवाह सुस्त छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी