एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा राम कृष्ण खतिवडा नियुक्त

एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा राम कृष्ण खतिवडा नियुक्त

  • सोमवार, पुस २१, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगाल्नुभएका राम कृष्ण खतिवडा एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालक पदमा नियुक्त हुनुभएको छ । बैंकको सञ्चालक समितिको बैंठकले आगामी ४ वर्षको लागि वहाँलाई उक्त पदमा नियुक्त गरेको हो ।

चार्टर्ड फाइनान्सियल एनालिष्ट (सीएफए) तथा चार्टर्ड इकोनोमिष्ट (सीएचई) गर्नु भएका वहाँले पूर्वाधार विकास, परियोजना विकास तथा व्यवस्थापन, उर्जा नियमन, सार्वजनिक निजी साझेदारी (पीपीपी) लगायतका क्षेत्रमा दुई दशक भन्दा लामो व्यवसायिक अनुभव संगाल्नु भई वित्त तथा व्यवस्थापन विज्ञका रुपमा परिचित हुनुहुन्छ ।

वहाँ यसअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको संचालक, प्रमुख कार्यकारी अधिकृत, विद्युत नियमन आयोगको सदस्य, एनआईबीएल एस क्यापिटल लिमिटेडको महाप्रबन्धक तथा कम्पनी सचिव, हाइड्रोइलेक्ट्रिसिटी ईन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीयल)को फाइनान्सियल एनालिष्ट तथा सहायक महाप्रबन्धक, लगानी बोर्ड नेपाललगायतका विभिन्न संस्थामा उच्च पदमा रहेर काम गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी