पेट्रोलियम पदार्थको मुल्य घट्यो

पेट्रोलियम पदार्थको मुल्य घट्यो

  • बिहिबार, पुस १७, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशनले पेट्रोलमा प्रतिलिटर चार रुपियाँ १९ पैसा, डिजेलमा पाँच रुपियाँ छ पैसा र हवाई इन्धनमा प्रतिलिटर आठ रुपियाँ १५ पैसा घटाएको छ ।

एलपी ग्यासको खरिद मूल्य प्रतिसिलिन्डर १०० रुपियाँ ३५ पैसाले बढेर आएको छ। सेहीअनुसार निगम सञ्चालक समितिले खुद्रा बिक्री मूल्य समायोजन गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर चार रुपियाँ, डिजेल र मट्टितेल प्रतिलिटर पाँच रुपियाँले घटाइएको छ । आन्तरिक हवाई इन्धनमा प्रतिलिटर छ रुपियाँ र अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको छ ।

नयाँ मूल्य बिहीबार बिहानदेखि लागू हुनेछ । एलपी ग्यासको खरिद मूल्य बढे पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै ग्यासको खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

निगमका अनुसार डिपो वा कार्यालयदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १५६ रुपियाँ ५० पैसा, दोस्रो वर्गमा १५८ रुपियाँ र तेस्रो वर्गमा १५९ रुपियाँ कायम गरिएको छ । यस्तै, डिजेल, मट्टितेलको मूल्य क्रमशः १३४ रुपियाँ ५० पैसा, १३६ रुपियाँ र १३७ रुपियाँ प्रतिलिटर तोकिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी