लक्ष्मी सनराईज बैंकको १० प्रतिशत बोनस शेयर प्रस्ताव पारित गर्दै साधारण सभा सम्पन्न

लक्ष्मी सनराईज बैंकको १० प्रतिशत बोनस शेयर प्रस्ताव पारित गर्दै साधारण सभा सम्पन्न

  • सोमवार, पुस १४, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

लक्ष्मी सन्राइज बैंक लिमिटेडको पच्चिसौं वार्षिक साधारणसभा काठमाडौंमा आज सम्पन्न भएको छ ।

साधारण सभाले बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु २६ अर्ब ७८ करोड पुगेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८२÷८३ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।

आ.व. २०८१/८२ मा रु ३७१ अर्ब निक्षेप र रु २८७ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार रु ४४३ अर्ब रहेको छ । सो आ.व.मा बैंकले ४ अर्ब ६ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी