कालिकोट । विश्व वित्तीय सप्ताह (ग्लोबल मनि विक)को अवसरमा कृषि विकास बैंकले दुर्गम जिल्ला कालिकोटमा पुगेर स्थानीय सर्वसाधारण तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी तालिम दिएको छ । शुक्रवार उप–महाप्रबन्धकमा प्रताप सुवेदीको उपस्थितिमा कालिकोटको नरहरीनाथ गाउँपालिकास्थित नन्दादेवी बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई कृषि विकास बैंकले वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण दियो ।
कार्यक्रममा बैंकका उप–महाप्रवन्धक सुवेदीले प्रविधिमैत्री वैकिङ कारोवार नै आजको आवश्यक्ता बनेकाले यसबारेमा सबैले ज्ञान लिन जरुरी रहेको बताए । विद्यार्थीहरुले वित्तीय साक्षरता सम्बन्धी ज्ञान राख्नु पर्नेमा पनि सुवेदीले जोड दिए । विद्यार्थी जीवनमा नै वित्तीय साक्षरता सम्बन्धी ज्ञान हुदाँ विद्यार्थीलाई बैंक खाताको महत्व,खाताबाट कारोबार गर्दा हुने फाईदा कारोबारो गर्दा अपनाउनु पर्ने सावधानीबो पनि राम्रो ज्ञान प्राप्त हुनेभएकाले अझ धेरै राम्रो हुने उनको भनाइ थियो ।
बैंकका सेवाहरु, विद्युतिय वैंकिङ सेवा, कर्जा निक्षेप, एजेन्सी सेवा लगायत अन्य विषयका सम्बन्धमा प्रकाश पार्दै उप–महाप्रवन्धक सुवेदीले विद्यार्थीलाई बैंक खाताको महत्व,खाताबाट कारोबार गर्दा हुने फाईदा कारोबारो गर्दा अपनाउनु पर्ने सावधानी,पारिवारिक खर्चको लेखा पालनबारेमा पनि जानकारी दिएका थिए ।

केद्रियस्तरको उक्त ग्लोबल मनि वीक कार्यक्रममा नरहरीनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्ट, विभिन्न वडाका वडाध्यक्षहरु, नन्दादेवी बहुमुखि क्याम्पसका संचालक समितिका अध्यक्ष, क्याम्पस प्रमुख, प्राध्यापक, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र,नेकपा समाजवादी पार्टी लगायत विभिन्न राजनीतिक दलका जिल्लास्तरका नेता तथा प्रतिनिधि र स्थानीय सर्वसाधारण गरी तीन सय बढीको उपस्थिती थियो ।

बैंक तथा वित्तीय संस्था मार्फत अनलाइन कारोबार गरी नगद रहित समाजको सृजना गर्दै हरित मुद्राका माध्यमबाट वातावरण संरक्षणमा योगदान दिने यस कार्यक्रमको उद्देश्य रहेको कार्यक्रमका अध्यक्ष तथा बैंकका प्रदेश निर्देशक डा.सुरोज टण्डनले बताए । बैंकले ‘नुन देखी सुनसम्मस बहुआयामिक सेवा प्रवाह गर्दै आइरहेकाले बिद्यार्थिहरुलाइ बैकमा खाता खोली बैंक संग जोडिन समेत उनले आग्रह गरे ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर विष्टले बैंकले हाल प्रदान गर्दै आएको सेवा प्रभावकारी बन्दै आएको र अव वडा कार्यालयमा समेत सामाजिक सुरक्षाको भत्तालाई पुगाउनु पर्ने धारणा व्यक्त गरे ।
यस्तै नन्दादेवी बहुमुखी क्याम्पसका प्रमुख अग्रबहादुर विष्टले वित्तिय कारोबारले विद्यार्थी मात्र नभएर आम नागरिकलाई सहज पुग्ने बताए । उनले भने, पहिला वैंकका कर्मचारीले मात्र वित्तिय कारोबार ’बारे जानकारी हुन्थ्यो अहिले विद्यार्थी आम जनमानसलाई समेत थाहा दिनको लागि यसले नेपाल सरकारले लिएको वित्तिय कारोबार लक्ष्यलाई सहयोग पुग्ने छ ।
क्याम्पस प्रमुख विष्टले कृषि विकास वैंक ग्रामिण क्षेत्रको विकासल भएकोले ‘सुरक्षित र भरपर्दो विश्वासशिलो र शहरदेखी गाउँसम्म बृहत शाखा सञ्जाल भएको तपाई हाम्रो घर आँगनको कृषि विकास बैंक सँग कारोबारो गरि आधुनिक वैकिङ सुविधाहरु उपयोग गरि लाभ लिन आग्रह गरे ।
त्यसैगरि रामबहादुर बटालाले वैंकको सेवा गुणस्तरिय थप सेवा विस्तारका लागि अनुरोध गरे ।

विश्व वित्तीय सप्ताह ‘(ग्लोबल मनि विक) किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्वबारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रुपमा मनाइने अभियान हो । यस सप्ताह अन्तर्रगत नेपालमा पनि मार्च २२ देखि २८ सम्म विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । बाल तथा युवाहरुमा वित्तीय ज्ञान, सीप र अभिवृत्तिका साथै व्यावहारिक रुपमा सक्षम बनाउँदै अन्ततोगत्वा उनीहरुमा विवेकशील वित्तीय निर्णय लिन अभिप्रेरित गर्ने उद्देश्यमा यो सप्ताह केन्द्रित रहन्छ ।
सन् २०१२ देखि मनाउन सुरु गरिएको यो सप्ताह १७५ वटा राष्ट्रका ४ करोड बालबालिका तथा युवामाझ पुगिसेकेको छ । ग्लोवल मनी विकको स्थायी स्लोगान ‘सिक, बचत गर र कमाउ’ रहेको छ भने ग्लोवल मनी विक, २०२१ को स्लोगान ‘टेक केयर अफ योर सेल्फ, टेक केयर अफ योर मनि’ रहेको छ । यस स्लोगानले वर्तमान समयमा वित्तीय लचकता र स्वस्थता कायम राख्न अभिप्रेरित गर्दछ ।

यस वित्तीय सप्ताहमा सहभागीको हैसियतले नेपालले पनि यस वर्ष विभिन्न कार्यक्रम गरी मार्च २२ देखि २८ सम्म मनाउँदैछ । यसमार्फत मुलुकमा वित्तीय शिक्षाको प्रवद्र्धन मार्फत वित्तीय साक्षरता एवम्जागरण अभिवृद्धि गरी वित्तीय समावेशिता प्रवर्द्धन मार्फत स्वरोजगार सिर्जना, उत्पादन तथा आय अभिवृद्धि गरी अन्ततोगत्वा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।यो सप्ताह हरेक वर्ष अर्गनाइजेसन अफ इकनमिक कर्पोरेसन एण्ड डेभलपमेन्टको संयोजनमा मनाउने गरिन्छ ।
यस सप्ताह अन्तर्गत कृषि विकास बैंकले देशकै दुर्गम मध्ये कालिकोटमा केन्द्रिय स्तरको कार्यक्रम नै आयोजना गरेको हो । त्यसअघि बैंकले सुर्खेतमा पनि कार्यक्रम सम्पन्न गरिसकेको छ ।