सिलगढी । मृगौला पिडित डोटीको शिखर नगरपालिका वडा नम्बर १ कपल्लेकी ऐरी गाउँ निवासी उमेश सिंह ऐरको उपचारमा सहयोग गरिदिन परिवारले अपिल गरेको छ । डम्बर सींह ऐर र दुर्गा देवी ऐरका २७ वर्षीय छोरा उमेशको दुवै मिर्गौला फेल भएपछि उपचारमा समस्या भएको हो ।
सवारी चालकको रुपमा काम गरेर परिवारको जिम्मेवारी उठाउँदै आएका उमेशको आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि परिवारले सहयोगको अपिल गरेको छ ।
नव ज्योति अस्पताल धनगढीमा डाइलासिस गराइरहेका उनको मिर्गौला प्रत्यारोपण नै गर्नुपर्ने विकल्प चिकित्सकले दिएका छन् । तर आर्थिक अभावका कारण उनको मिर्गौला प्रत्यारोपणमा समस्या भएको भन्दै उमेशको जीवन बचाईदिन परिवारले आग्रह गरेका हुन् । चिकित्सकको सल्लाह अनुसार उनको भक्तपुरमा संचालन गरेको मानव अंग प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपणको तयारी गरिएपनि आर्थिक अभावले समस्या भएको छ । गाउँले तथा आफन्तको सहयोगमा उपचार गराईरहेका उमेशको उपचारमा रु १५ लाख भन्दा बढी खर्च लाग्ने बताइएको छ । उनलाई आमाले मृगौला दिने तयारी गरेको बताईएको छ ।
घरको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सहयोग गरिदिन उनका आफन्त चिरञ्जीवी ऐरले अनुरोध गरेका छन् । उनलाई सहयोग गर्न चाहनेले ९८११६१५९३६ र ९८१२६०५२६३ मा फोन गर्न अथवा नबिल बैङ्कमा चिरञ्जीवी ऐरको नाममा रहेको खाता नं. १३११००१७५०५८५३ मा जम्मा गर्न सक्ने छन् ।
