परम्परावादी कृषि प्रणालीबाट मात्र देश विकास हुन सक्दैनः सुमार्गी

परम्परावादी कृषि प्रणालीबाट मात्र देश विकास हुन सक्दैनः सुमार्गी

  • शनिबार, साउन २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

रौतहट साउन २८ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं कृषि उद्यम केन्द्रका अध्यक्ष अरुण राज सुमार्गीले परम्परावादी कृषि प्रणालीबाट मात्र देशको आर्थिक समृद्धि हासिल हुन नसक्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य संघ चन्द्र निगाहपुर नगरको अधिवेशनमा बोल्दै सुमार्गीले कृषिलाई नयाँ नयाँ प्रविधिसँग जोड्दै आधुनिकिकरण गर्नु पर्ने र नयाँ नयाँ उत्पादनलाई देशसँग जोड्नु पर्ने र आफूले पनि त्यसमा काम गरिरहेको बताए ।

सुमार्गीले तराई उर्वर भूमि भएकाले सिचाई, प्रविधि सबै व्यवस्थापन गर्न सके उत्पादन वृद्धि हुने पनि बताए ।

आफूले कृषि उद्यम केन्द्रबाट प्रशिक्षकहरु पठाएर भए पनि यस क्षेत्रको प्रवद्र्धनका लागि व्यवशायीहरुलाई सहयोग गर्ने बताए ।

उनले अधिवेशनबाट निर्वाचित पदाधीकारीहरुलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफल बनाउदै सबै क्षेत्रलाई समेटेर अघि बढ्न पनि सुझाव दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी