शिखर ईन्स्योरेन्स कम्पनीले सूर्खेत जिल्ला भेरी नगरपालिकामा बाली तथा पशूपंक्षी बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा कम्पनीको सूर्खेत शाखा प्रमूख नवराज ढुंगानाले नेपालमा कृषि बीमाको इतिहास, बीमालेख, दावी प्रकृयाबा?े जानकारीमुलक प्रस्तूति गरेका थिए । कर्णाली प्रदेशको जूम्ला, मूगू, कालिकोटमा भईरहेको शिखर ईन्स्योरेन्सको मौसम सूचकाड्ढको आधारित स्याउ खेती बीमा, हालसालै शूरु गरिएको कर्णाली खोलाको बाढीमा आधारित मौसम सूचकाड्ढ बीमाको समेत छलफल भएको थियो ।
स्थानिय सहकारीको प्रतिनिधि छविकला घर्तीका अनुसार हाल सम्म बीमा कम्पनी फेरेको फेरेकै गर्नु परेको, बीमा गर्ने अभिकर्ता समयमै नआएको , बीमा नविकरण र पछि थप भएको पशूको बीमा गर्दा क७िनाई आउने भएकोले बीमा कम्पनीले यस्ता समस्या समाधान गर्ने आग्रह गर्नू भयो ।
नेपाल सरकारको प्राथमिक्तामा रहेको कृषि, पशुपंक्षी र जडिबुट्टी बीमामा संघीय सरकारबाट बीमा बापतको ८० प्रतिशत अनुदानको समेत व्यवस्था रहेको हुँदा कृषकले २० प्रतिशत शुल्क बुझाई बीमा खरीद गर्न सक्नेछन् भने कृषकको बीमा वापत १०० रुपैया र अतिरिक्त २० रुपैया गरी १२० अतिरिक्त शुल्क तिुर्नू पर्दछ ।
यसबाट बीमित कृषकको दुर्घटनामा मृत्यु भएमा २ लाख रुपैया नजिकको आफन्तलाई दिईनेछ ।
स्थानीय निकायको छलफलमा समेत अत्याधिक माग भएको कृषि बीमा कार्यक्रमलाई कृषकहरुको घर दैलो कार्यक्रम गर्दे बीमाको दायरा फराकिलो बनाउदै बीमीतलाई सेवा दिन प्रतिबद्ध रहेको शिखर ईन्स्योरेन्स कम्पनीको कर्णाली प्रदेश प्रमुख गणेश प्रसाद जोशीले बताउनु भयो । बीमा अभिमुखीकरण कार्यक्रम लगतै कृषकको घर दैलो कार्यक्रम सूरु भई सोहि दिनमा १४ जना कृषकको गाई, भैसी तथा बंगुरको पशुधन बीमा गरिएको थियो ।