दाङमा बिपन्न समुदायको आयआर्जनमा सहयोग गर्न सामुदायिक वनको खाली जग्गामा कुरिलो खेती शुरु

दाङमा बिपन्न समुदायको आयआर्जनमा सहयोग गर्न सामुदायिक वनको खाली जग्गामा कुरिलो खेती शुरु

  • मङ्लबार, साउन ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

दाङ, साउन ३ । सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध बिपन्न समुदायको आयआर्जनमा सहयोग गर्ने उद्देश्यले डिभिजन वन कार्यालय दाङले सामुदायिक वनको खाली जग्गामा कुरिलो खेती शुरु गरेको छ ।
समूह÷सहकारी मार्फत जडिबुटी खेती विस्तार कार्यक्रम कार्यान्वयनका शिलसिलामा सामुदायिक वन समूहमा आवद्ध घरधुरी र कृषि सहकारीमा आवद्ध घरधुरीलाई केन्द्रित गरी बजार माग अत्याधिक रहेको तरकारी खाने कुरिलो (Asparagus officinalis) को अन्तगरवाली प्रणालीको अवधारणा अनुरुप व्यावसायिक खेती शुरु गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं १८ अखबरेमा रहेको बसन्त हरियाली सामुदायिक वनको खाली रहेको करिव २ हेक्टर क्षेत्रफलमा ६ हजार २ सय कुरिलोको बेर्ना श्रीखण्ड वृक्षारोपण गरिएको क्षेत्रमा रोपण गरिएको छ । यसैगरी घोराही उपमहानगरपालिका वडा नं. ४ मा रहेको श्रमजिवी कृषि सहकारी समूहमा आबद्ध ३१ घरधुुरीले आफ्नो कृषि वाली सँगसँगै तरकारी खाने कुरीलो ७ हजार ५ सय को संख्यामा लगायएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
वन, वातावरण तथा भ–ूसंरक्षण मन्त्रालयको ४ लाख र डिभिजन वन कार्यालयको थप २५ प्रतिशत लगानी तथा समूहका उपभोक्ताहरुको सहभागितामा ६ हजार दुई सय कुरिलोका बेर्ना रोपिएको छ । अहिले लगाएको कुरिलोका बेर्ना मध्ये २५ प्रतिशत मर्नसक्ने संभावनालाई विचार गर्दा करीव चार हजार ५ सय बढि बिरुवा वसन्त हरियाली सामुदायिक वनमा र करीव ५ हजार ७ सय श्रमजिवी कृषि सहकारी संस्था मार्फत गरिएको वृक्षारोपणबाट सजिलै हुर्कने आंकलन कार्यालयको छ ।
लगाएको २ वर्ष सम्म कुरीलोलाई राम्ररी मलजल र गोडमेल गरेको खण्डमा २ वर्ष पश्चात् प्रति १० वटा बोटबाट एक किलो कुरिलो संकलन हुने र एउटा बोटबाट बर्षमा कम्तिमा ६ देखी ८ हप्ता सम्म कुरीलोको टुसा संकलन गर्न सकिने भएकोले यसबाट बार्षिक कम्तिमा १ हजार ३ सय ५० किलो कुरिलो र बढीमा ४ हजार किलोग्राम वसन्त हरियाली सामुदायिक वनले र कम्तिमा २ हजार के.जी देखी बढीमा ६ हजार के.जी. सम्म श्रमजिवी कृषि सहकारी संस्थाको खेतीबाट उत्पादन हुने भएकोले अहिलेकै बजार थोक मूल्य अनुसार प्रति किलो ५ सय रुपैयामा बिक्रि हुँदा पनि वन समूहले बार्षिक कम्तिमा ६ लाख ७५ हजार देखी २० लाख सम्म र कृषि सहकारी संस्थाले वार्षिक १० लाख देखी ३० लाख आम्दानी गर्ने अनुमान गरिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर के.सी.ले जानकारी दिनुभयो ।
कुरिलो खेतीका लागि वन समूहको प्रस्तावना अनुसार मन्त्रालय र डिभिजन वन कार्यालयले आर्थिक तथा प्राविधिक सहयोग गरेका हुन । कुरिलोको संरक्षकाका लागि कार्यक्रमबाटै वसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूहलाई करिव २ सय मिटर मा मेस वायरबाट तारबार गरिएको छ भने श्रमजिवी कृषि सहकारी संस्थालाई संरक्षण एवं रोपण प्रोत्सहान सहुलियत भनि प्रति विरुवा रु २० का दरले अनुदान सहुलियत र कृषकको वारीसम्म ढुवानी खर्च समेत डिभिजन वन कार्यालयले उपलब्ध गराएको कार्यालय प्रमुख मोहन श्रेष्ठले जानकारी गराउनु भयो ।
समूह तथा सहकारी मार्फत जडिबुटीको व्यवसायिक खेती विस्तार मार्फत समूदायको जीपिकोपार्जनमा सहयोग गर्ने लक्ष्यका साथ यो बर्षदेखि कुरिलो खेतीको काम अघी बढाइएको सूचना अधिकारी के.सी.को भनाई छ ।
बसन्त हरियाली बन समूहले चार बर्षदेखि श्रीखण्डका विरुवा रोपेर जडिबुटी वाटीका वनाउन शुरु गरेको स्थानमा जमिनको उत्पादकत्व बढाई, श्रीखण्डको बिरुवाको समेत गोडमेल हुनेगरी कुरिलो खेती शुरु गरिएको डिभिजन प्रमुख श्रेष्ठले बताउनुभयो ।
सो स्थानमा रोपिएका श्रीखण्डका ६ सय बिरुवाको जिपिस प्वाइन्ट, डायमिटर र हाइट लिएर गरेको छ । श्रीखण्डको बिचको खाली जग्गामा कुरिलो रोप्दा स्याहारसुसार हुन गइ श्रीखण्ड हुर्कने, खाली भएको जमिनको उत्पादकत्व बढ्ने वन समूहका बिपन्न बर्गको आर्थिक अवस्थामा सुधान हुने लक्ष्य कार्यालयको छ ।

श्रीखण्ड लोपउन्मुख प्रजाती भएकोले यसको स्वस्थानिय संरक्षण गर्न श्रीखण्ड बगंैचाका रुपमा विकास गर्ने लक्ष्य अनुसार काम गरेको जनाएको छ कार्यालयले जनाएको छ । बजारमूल्य उच्च रहेको र लोपन्मुख श्रीखण्डलाई भविष्यमा शैक्षिक अनुसन्धान केन्द्रका रुपमा समेत विकास गर्ने सकिने योजना रहेको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

बोट बिरुवाको संरक्षणका लागि वन समूहले १२ हजार रुपैया मासिक दिएर चौकिदारको ब्यवस्था पनि गरेको छ । वन कार्यालयको प्राविधिक र आर्थिक सहयोगले आँफूहरुले श्रीखण्डको बगैचा र कुरिलोको खेति थालेको वन समूहकी सचिव राममाया घर्ति मगरले बताउनुभयो । ५ सय ४० जना उपभोक्ता रहेका बसन्त हरियाली वन समूह २ सय ८८ हेक्टर क्षेत्रफलमा फैलिएको छ भने ३१ घरधुरी सम्मिलित श्रमजिवी कृषि सहकारी संस्था घोराही ४ का कृषकहरुको करीव ३.५ हेक्टर क्षेत्रफलमा कुरीलो खेती विस्तार कार्य सम्पन्न भएको छ । नमूनाको रुपमा अगाडी बढाईएको यस कार्यक्रमको सफलता पछि क्षेत्र विस्तार गरी यसको व्यवसायिकतालाई प्रोत्सहान र प्रबद्र्धन गर्दै लैजाने डिभिजनल वन अधिकृत मोहन श्रेष्ठले वताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी