नेपाल वेयर हाउजिङको व्यवशाय शुरुवात

नेपाल वेयर हाउजिङको व्यवशाय शुरुवात

  • आइतवार, चैत्र २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

नेपाल वेयरहाउजिड्ग कम्पनी लिमिटेड मातहत सुनसरी जिल्ला गढी गाउँपालिका वडा नं २ औरावनीमा निर्माण सम्पन्न भएको खाद्यान्न भण्डारण गृहको व्यवसायिक शुभारम्भ भएको छ ।

यो भण्डारण गृहको कूल क्षमता १५ हजार मेट्रिक टज रहेको छ। यस भण्डारण गृहमा तत्काल गहूँ, मकै र भटमास भण्डारण गरिने छ।

साथै कम्पनीले पर्सा र कपिलवस्तु जिल्लामा निर्माण भईरहेको भण्डारण गृहहरु पनि छिट्टै सञ्चालनमा आउने क्रममा रहेको कम्पनीले जनाएको छ ।

यो कम्पनी संस्थापन गर्नका उद्देश्यहरु मध्येको प्रमुख उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु रहेको छ।
कृषकको आवश्यकता वमोजिमको सुरक्षित तथा बैज्ञानिक तबरको भण्डारण गृह हाल सम्म सञ्चालनमा नरहेको हुँदा आफ्नो उत्पादनलाई तत्काल सस्तो मूल्यमा वजारमा विक्री गर्नुपर्ने वाध्यता कृषकसंग रहिरहेको छ।अर्कोतर्फ त्यहि खाद्यान्न केहि महिनाको छोटो अन्तरालमा महँगो मूल्यमा कृषक समेतले दैनिक उपभोगका लागि खरिद गर्नुपर्ने अवस्था छ। यो समस्याको समाधानका लागि नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले देशका तीन वटा जिल्ला सुनसरी, पर्सा र कपिलवस्तुका औद्योगिक महत्वका शहरहरुमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औधोगिक प्रतिष्ठान तथा दाना उत्पादकहरुलाई सेवा प्रदान गर्ने लक्ष्य लिएकोछ।

कृषकहरुबाट उत्पादित खाद्यान्न भण्डारण गर्नका साथसाथै कृषकहरुलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्त हुने अवसर प्रदान गर्न कम्पनीले ती तीनवटै जिल्लामा निर्माण हुने भण्डारण गृहको परिसरमा वोलकवोलको माध्यमबाट खाद्यान्न किनवेच हुने वातावरण र पध्दत्तिलाई समेत व्यवस्थित गर्ने लक्ष्य राखेकोछ।साथै कम्पनीले कृषक तथा खाद्यान्न संकलकहरुलाई घर खर्च तथा अर्को वालीका लागि आवश्यक पर्ने पूँजीको अभाव हुन नदिन निजहरुले कम्पनीको भण्डारण गृहमा राखेका खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा वैंक तथा वित्तीय संस्थाहरु मार्फत ऋण प्राप्त गर्ने उचित व्यवस्थापन गरिएको छ।

यस कम्पनीले संचालन गर्न लागेको र निर्माण भईरहेका परियोजनाहरुको लागत रु १३९ करोड रहेकोमा सो लगानी मध्ये रु ९४ करोड ऋण र बाँकी स्वपूँजी परिचालन गरिनेछ । ऋणको व्यवस्थापन एभरेस्ट बैंक को अगुवाइमा नेपाल एसविआइ बैंक, हिमालयन बैंक, बैंक अफ काठमाडौँ, कृषि विकास बैंकको सहवीत्तीयकरणमा गरिएको छ।यस कम्पनीमा निम्बस समूह, शिखर ईन्स्योरेन्स, प्रोबियोटक ईन्डस्ट्रिज, श्रीनगर एग्रो फार्म, एनएमवि बैंक, टिम भेन्चर्स, टिएनआई इन्भेस्टले लगानी गरेका छन् । पछिल्लो चरणमा नेपाल इन्फ्राष्ट्रक्चर वैंक लि।, मुक्तिनाथ कृषि कम्पनी, हिमालयन क्यापिटल, आइएमई जनरल इन्स्योरेन्स, हाथवे इन्भेस्टमेन्ट, अल्फा क्यापिटल, आध्यानता फन्ड म्यानेजमेन्ट समेतले पूँजी लगानी गरेका छन्।यस कम्पनीमा उपरोक्त लगानीकर्ताहरुबाट रु कूल चालु पूँजी रु ६८.७५ करोडको ८० प्रतिशतले हुन आउने रु ५५ करोडको शेयर लगानी भइसकेकोछ। साथै, आगामी आर्थिक वर्ष २०७९÷८० मा सार्वजनिक निष्काशनबाट कूल जारी पूँजीको २०५ बराबरको रकम रु १३.७५ करोड जम्मा गरिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी