क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन्। आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो।
नेपालमा पनि पछिल्लो समय क्रिश्चियन धर्म मान्नेको संख्या बढ्दै गएसँगै यो दिन सरकारले सार्वजनिक विदा दिन थालेको छ ।
हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी रहेको अनुमान गरिएको छ । ख्रीष्टियन महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठानमा क्रिसमस महोत्सव, २०७८ आयोजना गरिएको छ।
पछिल्लो समय मुख्य शहरका प्रमुख स्थलमा क्रिसमस ट्रि सजाउने गरेको देखिन्छ। विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको छ। पर्यटक आउने क्रम सुरु भएकाले पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा,सौराहालगायत स्थलमा क्रिसमसको रमझम देखिन्छ ।