बुद्धनगरमा शुशिल कोइराला आइसोलेसन सेन्टर सन्चालन

बुद्धनगरमा शुशिल कोइराला आइसोलेसन सेन्टर सन्चालन

  • मङ्लबार, जेष्ठ २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

काठमाडौं, २५ जेठ ।काठमाडौंको बुद्धनगरमा शुशिल कोइराला मेमोरियल आइसोलेसन सेन्टर स्थापना भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० स्थित बुद्धनगरस्थित मेरो हस्पिटललाई काठमाडौं क्षेत्र नम्बर १ (क) का बाग्मती प्रदेश सभा सदस्य दीपेन्द्रश्रेष्ठको पहलमा बुद्धनगरमा शुशिल कोइराला मेमोरियल आइसोलेसन सेन्टरको रुपमा सञ्चालनमा ल्याइएको हो ।
कोरोना संक्रमण बढीरहेका बेला संक्रमितले सहज रुपमा अस्पतालमा बेड र अक्सिजन नपाउने गरेको घटनालाई मध्यनजर गर्दै शुशिल कोइराला मेमोरियल सामुदायिक अस्पताललाई आइसोलेसन सेन्टरको रुपमा सञ्चालनमा ल्याइएको सांसद श्रेष्ठको भनाई छ ।
उनका अनुसार काठमाडौं महानगरपालिकाको १० वडा, ११ वडा र २९ नम्बर वडाको कोरोना संक्रमित बिरामीहरूलाई सेबा दिने हेतु त्यस स्थानमा आइसोलेसन सेन्टर खोलिएको हो ।
आइसोलेसन सेन्टरमा आएर सेवा लिन नसक्ने अशक्त र घरैमा बसेर उपचार गर्न चाहने कोरोना संक्रमितहरूलाई घरमै नर्सिङ्ग सेवा एवं डाक्टरी सेवा समेत उपलब्ध गराईने सांसद श्रेष्ठले जानकारी दिए ।
उक्त आइसोलेसनमा भर्ना भएका संक्रमित बिरामीलाई अक्सिजन उपलव्ध गराई चौबीसै घण्टा नर्सिङ सेबा उपलव्ध गराइने अस्पतालका कार्यकारी निर्देशक डा. रुपनारायण शाहले बताए ।

नेपालका सादगी नेता तथा पूर्व प्रधानमन्त्री स्वर्गिय शुशील कोईरालालाई स्मरण गर्दै उहाँको नाममा आईशोलेसन वार्ड खोलिएको र यसलाई पछि अस्पताल बनाउने लक्ष राखिएको डा शाहले बताए ।
उक्त आइसोलेसन सेन्टर थप व्यवस्थित बनाउन ११ नम्बरका वडाध्यक्ष हीरालाल तण्डुकार (काका ) , वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसी दुबै वडाका वडा सदस्यहरु, समाजसेवी, बुद्धिजीवी , व्यापारी लगायत त्यस क्षेत्रकाका नागरिकहरूकोसमेत महत्वपूर्ण भूमिका रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी