काठमााडैं, २५ जेठ । बागमती प्रदेशका सदस्य दिपेन्द्र श्रेष्ठको पहलमा सिभिल अस्पताललाई भेन्टिलेटर सहितका बिभिन्न स्वास्थ्य सामग्री प्रदान गरिएको छ । मंगलवार सांसद श्रेष्ठकै उपस्थितीमा अस्पतालका कार्यकारी निर्देशक डाक्टर बिधनिधि पौडेललाई १ करोड १८ लाखको स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।
सांसद श्रेष्ठको पहलमा एलडिएस च्यारिटिको सहयोगमा च्वाइस ह्युमनिटेरियन नेपालले भेन्टिलेटर, अक्सिजन सिलिण्डर, पिपिइ सेट, अक्सिमिटर,इमर्जेन्सी ट्रली लगायतका सामग्री अस्पताललाई हस्तान्तरण गरेको हो ।
च्वाइस ह्युमनिटेरियन नेपालका निर्देशक प्रतीक शर्माले उक्त स्वास्थ्य सामग्री हस्पिटलका कार्यकारी निर्देशक डा पौडेललाई हस्तान्तरण गरेका थिए ।
स्वास्थ्य सामग्री बुझ्दै निर्देशक डा. पौैडेलले कोरोना संक्रमणको दोस्रो लहर चलिरहेका बेला संक्रमितको उपचरमा सहज हुने इमर्जेन्सी ट्रली, भेन्टिलेटर लगायतका अतिआवश्यक सामग्री सहयोग स्वरुप पाएको खुशी व्यक्त गरे । पछिल्लो समय कोरोना संक्रमित हुनेको संख्यामा कमि आएपनि सिभिल हस्पिटलमा उपचारका लागि आउने संक्रमितको संख्यामा कमि नआएको सुनाउदैँ डा पौडेलले प्राप्त सवस्थ्य सामग्रीले ठुलो राहत पुगेको बताए ।
प्राप्त स्वास्थ्य सामग्रीमा भेन्टिलेटर १ थान, प्रोटेबल युएसजी १ थान, इमर्जेन्सी ट्रली ५ थान, अक्सिजन सिलिन्डर ४० थान, अक्सिजन कन्सेन्ट्रेटर १० थान, स्यानिटाइजर ५ सय लिटर, आरटी पिसिआर २ हजार थान, एन्टिजेन किट ५ सय थान, सर्जिकल मास्क १ लाख थान, एन ९५ मास्क २ हजार थान, सर्जिकल ग्लोब्स १५ सय थान, सर्जिकल क्याप ५ सय थान, पल्स अक्सि मिटर ३० थान, क्यानुला २ हजार थान, बेड सिट १ सय थान, अक्सिजन फ्लो मिटर ५० थान, थर्मोगन १० थान लगायतरहेको छ ।
सोहि क्रममा सांसद श्रेष्ठले च्वाइस ह्युमनिटेरियनले दिएको स्वास्थ्य सामग्रीले अस्पतालमा आउने बिरामी र स्वास्थ्यकर्मीलाई थप सुविधा हुने विश्वास व्यक्त गरे। उनले अस्पतालमा स्थापना गर्न लागिएको अक्सिजन प्लान्ट निर्माणमा पनि आफुले सहयोग गर्ने प्रतिबद्धता जनाए । संसदले दिँदै आएको स्थानीय पूर्वाधार विकास साझेदारी योजना अन्तर्गत आगामी आर्थिक वर्षको बजेटमा विनियोजहुने रकममध्ये प्रदेशसभाबाट आफूले पाउने रकमबाट अस्पताललाई सहयोग गर्ने सांसद श्रेष्ठको भनाई थियो ।
हाल बागमती प्रदेश सरकार मार्फत अस्पतालको शैय्या थप गर्न र भौतिक पूर्वाधार सुधारको लागि दुई करोड २५ लाख रूपैयाँ मात्र रकम दिईएको भन्दै उनले यस्तो बिषम परिस्थितीमा पनि प्रदेश सरकारबाट यति थोरै रकम उपलब्ध गराएकोमा असन्तुष्टि व्यक्त गरे ।
अहिलेको वजेटलाई कोरोना रोकथाम तथा नियन्त्रण बिरामीको उपचारमा लगाउनु पर्नेमा जोड दिए ।
https://www.facebook.com/sirjanatimsina/videos/476019950172572/
सांसद श्रेष्ठले सरकारले नीजि अस्पताललाई फाईदा पुग्नेगरि संकटपूर्ण अवस्थामा समेत निम्न बर्गका जनताको उपचारमा सक्रिय सरकारी अस्पताललाई आर्थिक र भौतिक रूपले कमजोर बनाउखोजेको समेत बताए ।
यस्तै च्वाइस ह्युमनिटेरियन नेपालका निर्देशक शर्माले कोरोना संक्रमितको उपचारमा सहयोग पुगोस् भन्नेहेतुले हस्पिटलमा आवश्यक रहेका स्वास्थ्य सामग्री उपलब्ध गराएको बताए । उनले सांसद श्रेष्ठको पहलमा १ करोड १८ लाखको स्वास्थ्य सामग्री १५ दिनमा नै आफुहरुले खरिद गरेर अस्पताललाई हस्तान्तरण गर्न सफल भएको बताए ।






