काठमाडौँ महानगरबाट ५३ लाख मूल्यका थप २ थान भेन्टिलेटर छत्रपाटी चिकित्सालयलाई प्रदान

काठमाडौँ महानगरबाट ५३ लाख मूल्यका थप २ थान भेन्टिलेटर छत्रपाटी चिकित्सालयलाई प्रदान

  • बिहिबार, जेष्ठ २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

जेठ २० काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज छत्रपाटी निःशुल्क चिकित्सालय (महानगरको विशेष कोविड अस्पताल) लाई थप २ थान भेन्टिलेटर प्रदान गरेको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अस्पतालका निर्देशक डा. मनोजमान श्रेष्ठलाई उपकरण हस्तान्तरण गर्नुभएको हो । यसअघि गएको जेठ ८ गते भीजी ७० मोडलका २ वटा भेन्टिलेटर दिइएको थियो । यी भेन्टिलेटर महानगरलाई भगिनी सहर ल्हासाबाट प्राप्त भएका थिए । आज हस्तान्तरण गरिएका भेन्टिलेटर महानगरको अनुदानमा अस्पतालले खरिद गरेको हो । जर्मनमा उत्पादन भएका यी उपकरणको मूल्य प्रतिगोटा करीब २६ लाख ५० हजार रुपैयाँ रहेको अस्पतालले जनाएको छ ।

उपकरण हस्तान्तरण गरिसकेपछिको प्रतिक्रियामा प्रमुख शाक्यले, अहिले कोविड नियन्त्रणको अभियानमा समुदायदेखि सरकारसम्मका सबै संयन्त्र एकै ठाउँमा भएको बताउनुभयो । जसरी हुन्छ, संक्रमण घटाउने र उपचार गर्नुपर्ने व्यक्तिलाई गुणस्तरीय सेवा दिनेमा महानगर केन्द्रीत छ । प्रमुख शाक्यले भन्नुभयो, ‘कोविड नियन्त्रणका लागि कम लगानीमा धेरै प्रतिफल प्राप्त गर्न महानगरले सरकारी र सामुदायिक अस्पतालहरुसँग सहकार्य गरेको छ । यसबाट संक्रमणमा परेका हरेक व्यक्तिले सहज उपचार पाउन सक्ने हामीले अपेक्षा गरेका छौँ । हाम्रा सहकार्यमा रहेका अस्पतालहरुले यसलाई मनन गर्नुहुनेछ ।’

कोविड संक्रमणमा परेका विरामीको व्यवस्थापनका लागि महानगरका प्रयासका बारेमा कुरा गर्दै उहाँले भन्नुभयो, ‘महानगरका मातहतमा रहेका १४ वटा आइसोलेसन सेन्टरका ५ सय ७४ वटा वेडमध्ये आज विहानसम्ममा १ सय ४३ वेडमा विरामी हुनुहुन्छ । बाँकी खाली नै छन् । आवश्यक पर्नेले आफ्नो वडाध्यक्षलाई सम्पर्क गरेर निःशुल्क खाना र उपचारसहितको सेवा लिन सक्नुहुनेछ ।’

महामारीमा आफू बाँच्न जति कठिन छ । अरुलाई बचाउन उति नै कठिन छ । यसकालागि मानवीय र भौतिक स्रोतको समान परिचालन आवश्यक पर्ने रहेछ । त्यस अवसरमा वडा १७ का अध्यक्ष नविन मानन्धरले भन्नुभयो, महामारी नियन्त्रण गर्न अहिलेको महामारी नियन्त्रण गर्न प्रभावकारी प्रतिकार्य गर्नुपर्छ र सिकाईबाट भावी पुस्तालाई उपयोग हुने संयन्त्र तयार पार्नुपर्छ ।

अस्पतालमा अहिले कोविड भएर अक्सिजन दिनुपर्ने ५ जना विरामी एचडीयूमा र ९ जना विरामी साधारण वेडमा उपचार गराइरहनु भएको छ । महानगरको कोविड अस्पतालका बारेमा जानकारी दिँदै अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले भन्नुभयो, ‘कोविड उपचारका लागि नर्सिङ् स्टाफहरु धेरै आवश्यक पर्ने भयो । यसका लागि हामीले अनुभवी नर्सहरुलाई साथमा लिएका छौँ ।’

त्यस अवसरमा महानगरका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र वडा सदस्यहरु सहभागी हुनुहुन्थ्यो ।

अस्पताललाई एनेस्थेसिया मेसिन प्राप्त
आजै अरनिको समाजले अस्पतालाई १ थान एनेस्थेसिया मेसिन र आकस्मिक उपचारका लागि आवश्यक पर्ने सामान तथा उपकरण प्रदान गरेको छ । यसमध्ये एनेस्थेसियाको मूल्य करीब २६ लाख ५० हजार रुपैयाँ हो ।

यी सामाग्री तथा उपकरण नेपाल र चीनको दौत्य सम्बन्धबाट प्राप्त भएका हुन् । सामान प्रदान गरिसकेपछि बोल्दै समाजका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले भन्नुभयो, ‘चीनबाट महामारी नियन्त्रणमा सघाउन निरन्तर सहयोग प्राप्त भइरहेको छ ।’

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी